पाठयक्रम अनुरुपताका दृष्टिले कक्षा दशको नेपाली पाठयपुस्तकमा समाविष्ट व्याकरण { Paṭhayakram Anurupataka Dr̥iṣhṭile kaksha Daskō Nepali Paṭhayapustakama Samabisṭ Vyakaraṇa}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली शिक्षाशास्त्र सङ्काय
Abstract
पाठ्यक्रम अनुरुपताका दृष्टिले कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समाविष्ट
व्याकरण शीर्षकको प्रस्तुत शोधपत्र स्नातकोत्तर उपाधिको प्रयोजनार्थ तयार पारिएको हो ।
यस शोधकार्यको उद्देश्य कक्षा दशको नेपाली पाठ्यपुस्तकमा व्याकरणात्मक अभ्यासका
अध्ययन गर्न पाठ्यक्रम अनुरुपताका दृष्टिले कक्षा दशको नेपाली पाठ्यपुस्तकमा
समाविष्ट व्याकरणको अध्ययन गर्नु रहेको छ ।
यो गुणात्मक प्रकृतिको अनुसन्धान भएकाले शाब्दिक रूपमा तालिका, सूचीपत्र,
टिपोटपत्र आदि साधनबाट सङ्कलन गरिएका असाङ्ख्यिक तथ्याङ्कहरूलाई पाठ्यपुस्तकका
व्याकरणिक विशेषताहरूमा आधारित भएर पुस्तकालीय र वर्णनात्मक विधिबाट विश्लेषण
गरिएको छ ।
यो शोधपत्रमा प्राथमिक र द्वितीय सामग्रीको छनोट गरिएको छ । प्राथमिक सामग्री
अन्तर्गत कक्षा दशको पाठ्यपुस्तक रहेको छ भने द्वितीय सामग्री अन्तर्गत प्रस्तावित
शोधपत्रसँग सम्बन्धित विभिन्न शोधपत्रहरू, प्रकाशित खोजमूलक लेखहरू, प ्र तिवेदनहरू र
भाषा शिक्षण सम्बन्धी पुस्तकहरूको उपयोग गरिएको छ । त्यसैगरी अन्तिममा अध्ययनका
लागि सामग्री सङ्कलन गरिसकेपछि पुस्तकालयीय, वर्णनात्मक विधिलाई उपयोग गरी
आवश्यकता अनुसार तालिकीकरण गरिएको छ । कक्षा दशको नेपाली पाठ्यपुस्तकमा रहेका
व्याकरणिक अभ्यासको अध्ययनका सीमाहरूमा कक्षा दशको नेपाली भाषा पाठ्यपुस्तक
(२०७४), पाठ्यपुस्तकका े व्याकरणिक अभ्याससँ ग मात्र केन्द्रित भर्इ व्याकरणका
विषयवस्त ु को मात्र विश्लेषणमा आधारित रहेको छ ।
कक्षा दशको नेपाली पाठ्यपुस्तकले विद्यार्थी रुचि, क्षमता र स्तर अनुरूप
व्याकरणिक अभ्यास राख्ने प्रयास गरिएको पाइन्छ तापनि भाषिक सिपहरूको विकासमा
समानुपातिक वितरण पाइँदैन । व्याकरण सिकाइमा आगनात्मक पद्धति अँगालिए पनि
यसलाई अझ बढाएर लैजानु पर्ने दे
खिन्छ ।
