विश्वकर्मा Biswakarma, मान बहादुर Man Bahadur2022-07-062022-07-062021https://hdl.handle.net/20.500.14540/11569यो ज्येष्ठ नागरिक भत्ताले व्यास नगरपालिकाका ज्येष्ठ नागरिकहरूको सामाजिक र आर्थिक अवस्थामा पारेको प्रभाव सम्बन्धी गरिएको एक अध्ययन हो । यस शोधपत्रको मुख्य उद्देश्य ज्येष्ठ नागरिक भत्ताले ज्येष्ठ नागरिकहरूको सामाजिक र आर्थिक अवस्थामा पारेको प्रभाव, ज्येष्ठ नागरिकहरूलाई गरिने व्यवहारको वारेमा अनुसन्धान गरिएको छ । नेपाल सरकारले वि.स. २०५२ साल देखि प्रदान गर्दै आएको ज्येष्ठ नागरिक भत्ता वितरण गर्दै आएको यो भत्ताबाट ज्येष्ठ नागरिकहरूको आर्थिक तथा सामाजिक अवस्थामा कस्तो अवस्था आयो, यो भत्ताले लैङिक रुपमा कस्तो प्रभाव पारेको छ ,ज्येष्ठ नागरिकहरूले सामाजिक व्यवहार कस्तो भोगिरहेका छन जस्ता प्रश्नहरू उठेका छन । यी सवालहरूलाई प्रष्ट गर्न शोधपत्र अध्ययन गरिएको हो । यो शोधपत्र गण्डकी प्रदेश अन्तरगत तनह जिल्लाको व्यास नगरपालिका वडा नं १० र ११ का २ वटा वडालाई आधार मानी सो वडामा वसोवास गर्ने ज्येष्ठ नागरिकहरूलाई उद्देश्यमुलक नमुना छनौट विधिबाट सहभागी र अध्ययन क्षेत्र छनौट गरिएको थियो । सोही २ वटा वडाका ज्येष्ठ नागरिक भत्ता बुझिरहनु भएका ६० वर्ष भन्दा माथिका २० जना ज्येष्ठ नागरिकहरूसंग चेक लिष्ट बनाई गहिरो अन्तरवार्ता विधिको प्रयोग गरी घटना अध्ययन गरी तथ्याँक संकलन गरिएको थियो । भत्ताका लागि कार्ड बनाउँदाको अनुभव देखि हालको समय सम्मको समग्र आर्थिक तथा सामाजिक अवस्था लाई उहाँहरूको घरमा भेटेर अन्र्तवार्ता लिएर नोट रेकडिङ गरी प्राप्त भएका नतिजालाई विश्लेषण र व्याख्या गरिएको छ । यस अध्ययनमा लैङ्गिक रुपमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष सहभागी भएका थिए । जातिय रुपमा दलित वर्गका ३० प्रतिशत, जनजाति वर्गका २० प्रतिशत र अन्य वर्गका ५० प्रतिशत रहेका थिए । ८० प्रतिशत ज्येष्ठ नागरिकहरू निरक्षर र २० प्रतिशत साक्षर पाईयो । सामान्य रुपमा ६० वर्ष पुरा भए पछि (दलित) ज्येष्ठ नागरिक र (अन्य) ज्येष्ठ नागरिक ७० वर्ष पूरा भए पछि भत्ताका लागि योग्य र नागरिकताको फोटोकपि र पासपोर्ट साइजको फोटो सहित मंसिर मसान्त सम्म निवेदन पेश गरे पछि अर्को आर्थिक वर्षवाट ज्यष्ठ नागरिक भत्ता दिइने प्रावधान रहेको पाईयो । र कर्मचारी तथा परिवारका सदस्यले भत्ता कार्ड बनाउन सहयोग गरेको पाईयो । पचासी प्रतिशत ज्येष्ठ नागरिकहरूले रु. १२००० र १५ प्रतिशत ज्येष्ठ नागरिकहरूले रु.८००० चौमासिक रुपमा ज्येष्ठ नागरिक भत्ता बुझेको पाईयो । अध्ययनमा संलग्न ४५ प्रतिशत ज्येष्ठ नागरिकहरूको परिवारमा २ जनाले ज्येष्ठ नागरिक भत्ता र ५५ प्रतिशत ज्येष्ठ नागरिकहरूको ष्ख घरमा एक्लैले ज्येष्ठ नागरिक भत्ता बुझि रहेको पाईयो । शत प्रतिशत ज्येष्ठ नागरिकहरूको मुख्य आयश्रोत ज्येष्ठ नागरिक भत्ता भएको पाईयो । त्यस्तै गरी ३० प्रतिशत ज्येष्ठ नागरिकहरूलाई मात्र वडा कार्यालय संघसंस्थाले सम्मान गरेको पाईयो र यसवाट उहाहरू अत्यन्त खुशी भएको पाईयो । त्यस्तै गरी ६० प्रतिशत ज्येष्ठ नागरिकहरू छोराहरू संग वसोवास, २० प्रतिशत छोरीसंग, ५ प्रतिशत भाइसंग र एक्लै ५ प्रतिशत वसोवास गरेको पाईयो । अधिकाँश ज्येष्ठ नागरिकहरूलाई परिवारमा राम्रै व्यवहार गरेको पाईयो । त्यस्तै गरी लैङ्गिक रुपमा ज्येष्ठ नागरिक महिला पुरुष दुवैलाई किन्न चाहेको कुरा किन्न पाएको,दानदक्षिणा पकेट खर्च गर्न पाएको, खानाखान पाएको, बृद्धाभत्ता जागिर जस्तै भएको, आफूखुशी सुर्ती चुरोट किनेर खाना पाएको पाईयो, औषधी नियमित खाना पाएको पाईया,े भत्ता आफ्नो छोरा जस्तै छोराले मागेको वेलामा जसरी दिन्छन त्यस्तै भएको, आफूखुशी चाडवाडमा खर्च गर्न, कपडा किन्न, पैसाको चलन गर्न पाएकै भत्ताले भएको पाईयो । ज्येष्ठ नागरिक भत्ताले भत्ता पाएको वेलामा मनमा ढुक्क, एकदम खुशी र रमाईलो, योजना बनाउन, आशावादी भएको पाईयो । र ज्येष्ठ नागरिक भत्ताले शतप्रतिशत ज्येष्ठ नागरिक सन्तुष्ट भएको पाईएको छ । ज्येष्ठ नागरिक भत्ताको प्रभावले ज्येष्ठ नागरिकहरूमा आफै निर्णय गर्ने कुरामा तुलनात्मक रुपमा महत्वपूर्ण खालका निर्णय दलित ज्येष्ठ नागरिक ८३ प्रतिशतले आफै निर्णय गरेको पाईयो । गैरदलित ज्येष्ठ नागरिकहरू २९ प्रतिशतले मात्र घरमा महत्वपुर्ण निर्णय आफै गरेको पाईयो । नेपाल सरकारले दिंदै आएको भत्तालाई लिन जाँदा शत प्रतिशत पुरुष ज्येष्ठ नागरिकलाई सजिलो भएको पाईयो भने जम्मा महिला ज्येष्ठ नागरिकहरू मध्ये ८३ प्रतिशत ज्येष्ठ नागरिकहरूलाई मात्र सजिलो र वाँकी १७ प्रतिशत महिला ज्येष्ठ नागरिकहरूलाई पुरुषको तुलनामा अप्ठयारो भएको पाईयो । ज्येष्ठ नागरिक भत्ता ज्येष्ठ नागरिकहरूको मुख्य आम्दानीको श्रोत भएको पाईएको छ । पर्याप्त जमीन र वर्ष भरी आम्दानी नहुने र खाना नपुग्ने ज्येष्ठ नागरिकहरूलाई यो भत्ताले सामाजिक र आर्थिक रुपमा दानदक्षिणा, औषधीउपचार, धानचामल किन्न, ईच्छाएको ठाउँमा घुम्न भेटघाट तथा खाने कुराहरू किनेर दैनिक गुजारा चलाउन जस्ता आर्थिक र सामाजिक क्षेत्रमा महत्वपुण योगदान पु¥याई रहेको पाईएको छ । यसर्थ ज्येष्ठ नागरिक भत्ता उहाहरूको जीवन भर सहाराको रुपमा रहेको पाईएको छ । करीव आधा जति ज्येष्ठ नागरिकहरूको घरका दुई जना समेतले ज्येष्ठ नागरिक भत्ता बुझिरहेको पाईएकोले यसले हरेक सामाजिक तथा आर्थिक समस्या लाई सुल्झाउन मद्दत पुगेको पाईएको छneज्येष्ठ नागरिकआर्थिक अवस्थामाज्येष्ठ नागरिक भत्ताले व्यास नगरपालिकाका ज्येष्ठ नागरिकहरूको आर्थिक र सामाजिक अवस्थामा पारेको प्रभाव (व्यास नगरपालिका वडा नं १० र ११, तनह) ज्येष्ठ नागरिक सम्बन्धी एक अध्ययन {Senior Citizen Allowance for Senior Citizens of Byas Municipality Impact on Economic and Social conditions (Byas Municipality Ward No. 10 and 11, Tanahu) A study on senior citizens}Thesis