घिमिरे Ghimire, दिनेश Dinesh2022-02-272022-02-272007https://hdl.handle.net/20.500.14540/8576शोधशीर्षक ः प्रयोगात्मक नेपाली शब्दकोशमा शब्दहरूको प्रयोग पक्षको अध्ययन शोधार्थी ः दिनेश घिमिरे शोधनिर्देशक ः प्रा.डा. केदारप्रसाद शर्मा विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, त्रि.वि., कीर्तिपुर शैक्षिक वर्ष ः २०६१÷०६३ ः पृष्ठ संख्या ः ६१ + २०; अध्याय ः पाँच शोधप्रक्रिया ः प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविालय शिक्षाशास्त्र सङ्काय नेपाली भाषा शिक्षा विभागअन्तर्गत एम.एड. नेपा.शि. ५९८ पाठ्यांशको प्रयोजनको लागि तयार गरिएको हो । अर्थ विधानका दृष्टिले प्रयोगात्मक नेपाली शब्दकोशको अध्ययन गर्ने, प्रनेशका विशेषताहरू पहिचान गर्ने, यसको प्रयोग पक्षको अध्ययन गर्ने, प्रनेशको प्रयोग पक्षको सबल र दुर्वल पक्षहरूको अध्ययन गर्ने जस्ता प्रमुख उद्देश्यमा यो शोधकार्य केन्द्रित रहेको छ । विशेषतः पुस्तकालय विधिलाई नै मूल रूपमा अवलम्बन गरिएको प्रस्तुत शोधपत्रमा प्राथमिक श्रोतको रूपमा प्रयोगात्मक नेपाली शब्दकोशबाट सामग्री सङ्कलन गरी उक्त सामग्रीको अध्ययन विश्लेषणका लागि वर्णनात्मक पद्धति र विश्लेषणात्मक पद्धतिलाई अँगालिएको छ । पाँच अध्यायमा संगठित शोधकार्यलाई क्रमशः शोधको सामान्य परिचय, शब्दकोशमा अर्थविधान, प्रयोग विधान र प्रयोगात्मक नेपाली शब्दकोश, प्रनेशका मुख्य विशेषताहरू, निष्कर्ष÷उपसंहार खण्डमा विभाजित गरिएको छ ।neनेपाली शब्दकोश Nepali shabdakoshवर्णविन्यास Barnabinyasप्रयोगात्मक नेपाली शब्दकोशमा शब्दहरुको प्रयोग पक्षको अध्ययन {Prayogatmak Nepali Shabdakoshama Shabdaharuko Prayog Pakshako Adhyayan}Thesis