महेश कुमार आचार्यजोशी, खिमानन्द Joshi, Khimananda2025-11-242025-11-242082https://hdl.handle.net/20.500.14540/25387दार्चुला जिल्लाको व्यासी जातिको सांस्कृतिक अध्ययन शीर्षकको शोधप्रबन्ध त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा संस्कृति विषयको उपाधि प्राप्त गर्न आंशिक आवश्यकता परिपूर्तिका निमित्त नेपाली इतिहास, संस्कृति तथा पुरातŒ व केन्द्रीय विभाग कीर्तिपुरमा प्रस्तुत गरिएको हो । दार्चुला जिल्लाको व्यासी जातिको जातिय परिचय के हो ? दार्चुलाको व्यासी जातिका मूर्त सांस्कृतिक सम्पदाहरू के कस्ता रहेका छन् ? दार्चुलाको व्यासी जातिका अमूर्त सांस्कृतिक सम्पदाहरू के कस्ता रहेका छन् ? भन्ने सन्दर्भ यो अध्ययनका समस्या हुन् । दार्चुलाको व्यासी जातिको जातीय परिचय खोजी गर्नु , दार्चुलाको व्यासी जातिका मूर्त सांस्कृतिक सम्पदाहरूको अन्वेषण गर्नु , दार्चुलाको व्यासी जातिका अमूर्त सांस्कृतिक सम्पदाहरूको खोजी गर्नु जस्ता विशिष्ट उद्देश्य यो अध्ययनले निर्धारण तथा परिपूर्ति गरेको हो । विषयवस्तुका दृष्टिकोणले यो अध्ययन व्यासी दार्चुलाको जातिको जातीय परिचय र मूर्त अमूर्त सांस्कृतिक सम्पदाहरूमा मात्रै केन्द्रित रहेको छ । भूगोलका आधारमा यो अध्ययन व्यासी जातिको मुलथाँत थलो व्यास गाउँपालिकामा पर्ने तिंकर, छाङरु, र महाकाली नगरपालिकाको खलंगा क्षेत्रमा मात्र केन्द्रित छ । प्रस्तुत शोधकार्यमा प्राथमिक तथा द्वितीयक दुवै किसिमका स्रोत तथा सामग्रीका साथै तथ्याङ्क एवम् सूचनालाई उत्तिकै महत्व दिइएको हो । विशेषतः यो अनुसन्धान कार्य प्राथमिक तथ्याङ्कमा आधारित छ । द्वितीयक सूचना प्रकाशित तथा अप्रकाशित उपलब्ध सामग्रीहरूको विवेचनाबाट र प्राथमिक तथ्याङ्कहरू स्थलगत अध्ययनबाट सङ्कलन गरिएका हुन् । प्राथमिक तथ्याङ्कहरू संकलनका लागि अवलोकन, जानकार व्यक्तिहरूसँगका अन्तर्वार्ता र फोटोग्राफी र भिडियोग्राफी प्रयोगमा ल्याइएको छ । यो गुणात्मक अध्ययन हो । विश्लेषणात्मक, वर्णनात्मक एवम् अन्वेषणात्मक अनुसन्धानको सैद्धान्तिक ढाँचामा यो शोधपत्र अनुबन्धित गरिएको छ । व्यासी जातिको बसोबास दार्चुलाको तिंकर, छाङरु, रपाङ,कुटी, नाबी, गुन्जी,स्याङकाङ र सदरमुकाम खलंगामा रहेको छ । वि.सं. २०७८ को जनगणना अनुसार देशभर व्यासी जातिको जनसङख्या ५,७१८ जना रहेकोमा दार्चुलामा १,२६४ जना रहेको छ (राष्ट्रिय जनगणना, वि.सं. २०७८)। यस जातिलाई सरकारी दस्तावेजमा ‘व्यासी’, क्षेत्री–बाहुनले‘व्यासी सौका’ तिब्बतीहरूले ‘ज्याङबा’ र उनीहरु आफैले ‘रँ’ भनेर चिनाएको पाईन्छ । यस अध्ययनका क्रममा भने सरकारी दस्तावेजकै शब्द‘व्यासी’ प्रयोग गरिएको छ । छालाको रङ् हल्का पहेँलो ,गोलो एवम् अण्डाकार मुखाकृति, भित्र गडेको सामान्यतया चिम्सो आँखा, कालो र सिधा कपाल,छोटो र फराकिलो नाकसामान्य जुङ्गा दाह्री यो जातिका मुख्य शारीरिक विशेषता हुन् । यस जातिमा ऐतवाल, बोहरा र लाला, तिङ्करी, बुढाथोकी,कल्याल,जोहारी जस्ता थर प्रचलनमा रहेको छन् । संयुक्त परिवार लामो समयसम्म संगोलमै बसेको यो समाजमा पाइन्छ । उनीहरुले समाज एक गाउँ हो र गाउँ परिवार हो भन्ने धारणा राख्छन् । परम्परागत रूपमा ढुङ्गाका छानो भएका घरहरू बनाउने चलन छ । परम्परागत पहिरनको रुपमा पुरुषहरूले रंगा बेन्ठूलो, र महिलाहरूले च्यूङ्बाला, लगाउने गर्दछन् । छाकु छम्मा ,क्वटो, दू, कलङ ,दाङती, ति–चेम्पेन, भार बरछ्याङ च्यक्ती, दलङ यो समुदायका परम्परागत परिकारहरू हुन् । कंच, गोकपर, एरती ग्व्अल्व्अकोस्यी ,दबस्यिन,, पाक्व, छ्य ,दुङपा ,ज्या दोङब्व ,बूति, दोङब्व खाङ ,जुगली , हरब्या,क¥या , दाबन,सा तिपरी,सा गरी,सा कलिन्चै,क्वचै , खाल्व ,घा ,चल्ला ,चरु,डी यो समुदायका परम्परागत भाडाकँडा हुन् । धम्ये, ब्यासली, छ्याँछ्याँ, ब्याँकुली, घोंघरौं, जङथर,ढौलक यस जातिका परम्परागत बाजा हुन् । यो जातिभित्र आफ्नै मिथक एवम् लोककथा, जनश्रुति, लोकगीतहरू, उखान टुक्काहरू,गाउँखाने कथाहरू लोकभाषा एवम् लिपि लोकगीत तथा सङ्गीत लोकनाचगान, लोकखेल, धामीझाँक्रीको प्रदर्शन रहेका छन् । सामाजिक भूमिकामा बढा ढाक्पा, ल्हेवा जस्ता पदीय जिम्मेवारी प्राप्त व्यक्तिहरू पनि हुने गर्दछन् ।् परिवारमा जेष्ठ पुरुषलाई घर मुली मानिन्छ भने जेष्ठ महिलालाई मुलिन रानीको रुपमा विशेष सम्मान छ । नारीको स्थान यहाँको परिवार र समाजमा उच्च छ । महिलामाथि हुने हिंसा र दाईजो, बहुबिबाह, देउकी प्रथा, छाउपडी प्रथा जस्ता कुनै प्रकारका विकृती यो समाजमा छैनन् । बालबालिकाको पनि निर्णय प्रक्रियामा अधिकार हुन्छ । रक्त सम्बन्ध, बैबाहिक सम्बन्ध र मितेरी लगायत अन्य समुदायमा जस्तै नातेदारी यहाँ पाईन्छ । परम्परागत न्याय प्रणालीका कारण समुदायभित्रका विवादहरु कमै मात्रै सरकारी निकायहरुमा पुग्छन् । व्यासी जातिमा छ्युसिमो (जन्म संस्कार), बुमो बोक्ने (बच्चालाई पिठ्युमा राखेर बोक्ने),दुक्लाङ छिमो (पास्नी), किपाङ कोर्मो (शिशुलाई मन्दिर लैजाने) बुढानी ठुमो (जेठो छोराको बुढानी पुजा), बिबाह संस्कार र मृत्यु संस्कार हुन् । यिनीहरुले कलिङ (पुजा गर्न राखिएको ढुङ्गा), व्यास ऋषि, महादेव, भुमि, मुलिन रानी (चुलो), ज्ञमराङ मूल ढोका), आदिको पुजा गर्दछन । यो जातिका मुख्य पर्वहरुमा व्यास पुजा, गबला, किर्जीबाम, नमज्युङको पुजा, चाँचिमो, दच्र्यो उभ्याउने पर्व, ग्युगरी आदि पर्दछन् । प्रकृतिसँग सम्वन्धित विद्या, ब्रह्माण्डसँग सम्वन्धित विद्या, लोकऔषधोपचारसम्बन्धी विद्या, झारफुक तन्त्रमन्त्रसम्वन्धी विद्या, कला, वास्तुकला पक्षसँग सम्बन्धित विद्या एवम् सीपजस्ता विधाहरु पनि यो जातिमा पाइन्छन् । यहाँ स्थानीय स्तरमा उपलव्ध हुने जडिबुटीहरूको प्रयोग तथा आफ्नै मौलिक परम्परागत उपचार पद्धति विकास गरिएको पाइन्छ । लमाले झारफुक गर्ने र तन्त्रमन्त्रको प्रयोग गर्ने परम्परा छ । ऊन तथा अल्लो लगायत रेसाबाट विभिन्न लुगा ,गलैँचा निर्माण गर्ने जस्ता हस्तकला सीप तथा प्रविधि पाइन्छन् । श्रृङ्गार एवम् सजावटसम्बन्धी, वाद्यवादन, गायन तथा नृत्यसम्बन्धी, झारफुक एवम् तन्त्रमन्त्रसम्बन्धी ज्ञानविज्ञान प्रविधिमा पनि यो जाति अग्रणी नै देखिन्छ । पछिल्लो समय आधुनिकताको प्रभावले व्यासी जातिका मूर्त, अमूर्त सम्पदामा ठूलो प्रभाव पारिरहेको छ । यी सम्पदाहरुको अध्ययन, अनुसन्धान, दस्तावेजीकरण एवम् संरक्षणको आवश्यकता देखिन्छ ।neव्यासी जातिसांस्कृतिक अध्ययननेपाली इतिहासदार्चुला जिल्लाको व्यासी जातिको सांस्कृतिक अध्ययन {Darchula jillako byasi jatiko sanskritik adhyayan}Thesis