धर्मराज सिंह Dharmaraj Singhदास, मनाेज कुमार Dash, Manoj Kumar2024-11-172024-11-172015https://hdl.handle.net/20.500.14540/23184शोध सार प्राथमिक तहमा निरन्तर मूल्याङ्कन प्रणाली शीर्षकको प्रस्तुत शोध अध्ययनको मुख्य उद्देश्य सामुदायिक विद्यालयको प्राथमिक तहमा निरन्तर मूल्याङ्कन प्रणालीको लेखाजोखा गर्नु रहेको छ । प्रस्तुत शोध अध्ययनबाट प्राप्त तथ्याङ्कहरूको विश्लेषन गर्न गुणात्मक तथा परिमाणात्मक मिश्रित अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यस अध्ययनलाई पूरा गर्नका लागि उद्देश्यमूलक नमूना छनौटका आधारमा छनौट गरी सप्तरी जिल्ला श्री सर्वोदय उ.मा.वि. स्रोत केन्द्र अन्तर्गत पर्ने ३६ वटा विद्यालयहरू मध्ये ३ वटा विद्यालयलाई अध्ययन क्षेत्रको रूपमा लिएको छ । त्यसैगरी शिक्षक, प्र.अ., स्रोत व्यक्ति, वि.नि., अभिभावकको छनौट सम्भाव्य नमूना छनौट पद्धतिका आधारमा गरिएको छ । सम्बन्धित विद्यालयका अभिलेखहरूको पुनरावलोकन गरी सहायक तथ्याङ्क सङ्कलन गरी विश्लेषन गरिएको थियो । प्राथमिक तहमा निरन्तर मूल्याङ्कन प्रणालीप्रति अधिकांश शिक्षक, प्रधानाध्यापक, स्रोतव्यक्ति तथा वि.नि.को सकारात्मक धारणा पाइयो । निरन्तर मूल्याङ्न प्रणाली सम्बन्धी तालिमको अपेक्षा राखेको, हाजिरीलाई प्रथम प्राथमिकतामा राखेको, सामयिक परीक्षालाई दोस्रो प्राथमिकतामा राखेको पाइयो । विद्यार्थी कार्यसञ्चयिका (पोर्टफोलियो) को व्यवस्थापन पूर्णरूपमा नगरिएको, मूल्याङ्कनका सबै साधनहरूको समुचित प्रयोग नभएको, आवधिक परीक्षा सङ्गै निरन्तर मूल्याङ्कनलाई पनि गतिशीलता नदिइएको, आत्म मूल्याङ्कन, परियोजना कार्य, अभिभावक सम्पर्क, अभिभावकलाई सिकाइ उपलब्धिको जानकारी न्यून रूपमा दिने गरिएको एवम् अभिभावक यस सम्बन्धमा अनभिज्ञ रहेको पाइयो । विद्यार्थीहरूको अनुपस्थितिलाई निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको प्रमुख बाधकको रूपमा स्वीकार गरिएको सबै पक्षबाट यसको प्रभावकारी व्यवस्थापन नभएकोले विद्यार्थीको सिकाइ उपलब्धि घटेको यथार्थ स्वीकार गरेको पाइयो । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको समुचित व्यवस्थापनका लागि विद्यार्थीको उपस्थितिमा ध्यान दिनुपर्ने, विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्ने, बेलावेलामा तालिम, पुर्नताजगी तालिम दिनुपर्ने, समय–समयमा अनुगमन हुनुपर्ने, माथिल्लो निकाय मौन नबसेर सक्रिय रूपमा लाग्नु पर्ने, अभिभावक सचेत हुनुपर्ने आदि कुरामा सबै पक्षको एकमत रहेको पाइयो । अन्त्यमा शिक्षा प्रणालीकै महत्वपूर्ण अङ्गका रूपमा लिई निरन्तर मूल्याङ्न प्रणालीको समुचित व्यवस्थापन गर्न सके प्राथमिक तह मात्र होइन हरेक तहको शैक्षिक उपलब्धिमा कायापलट हुन सक्ने तथा आमूल परिवर्तन ल्याउन सकिने हुनाले निरन्तर मूल्याङ्कन प्रणालीको समुचित व्यवस्थापन अपरिहार्य रहेको देखिन्छ ।neप्राथमिक तह prathamik tahaमूल्याङ्कन प्रणाली Mulyangkan pranaliप्रथामिक तहमा निरन्तर मूल्याङ्कन प्रणाली {Parthamik tahama nirantar mulyankan pranali}Thesis