सरोज दवाडीपौडेल, मिना2026-06-122026-06-122025https://hdl.handle.net/20.500.14540/26994यस शोधपत्रको शोधशीर्षक कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको कथा लेखन क्षमताको अध्ययनरहेको छ । कक्षा आठमा अध्ययनरत समग्र विद्यार्थीहरूको कथा लेखन क्षमता र लैङगिकताका आधारमा कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको कथा लेखन क्षमता विश्लेषण गर्नु प्रस्तुत शोधको उद्देश्य हो । यसरी प्रस्तुत गरिएका उद्देश्यहरूलाई व्यवस्थित, वस्तुपरक र वैज्ञानिक ढङगले अध्ययन विश्लेषण गर्दा सोद्देश्यमूलक नमुना छनोट पद्धति अपनाइएको छ । यसैगरी तथ्याङक सङकलन गर्ने कार्य गर्दा प्राथमिक स्रोतअन्तर्गत चितवन जिल्ला भित्रको भरतपुर महानगरपालिकालाई उपयोग गरिएको छ भने द्वितीयक स्रोतअन्तर्गत यसै शोधकार्यसँग सम्बन्धित विभिन्न शोधपत्र, सन्दर्भ पुस्तकहरू, इमेल, इन्टरनेट आदिको प्रयोग गरिएको छ । कथा लेखन क्षमताको समग्र स्थितिलाइ प्रतिशताङकको आधारमा हेर्दा १०० जना विद्यार्थीहरूमा२० प्रतिशतभन्दा कम कथा लेखन क्षमता भएका विद्यार्थी सङख्या ८ रहेको छ, जसको प्रतिशत पनि ८ नै रहेको देखिन्छ । २१ देखि४० प्रतिशत अङक ल्याउने विद्यार्थीहरूको सङख्या १३ नै रहेको छ, जसको प्रतिशत पनि १३ नै रहेको देखिन्छ । ४१ देखि६०प्रतिशत अङक ल्याउने विद्यार्थीहरूकोसङख्याा २८ रहेको छ,भनेप्रतिशत पनि २८ नै रहेको देखिन्छ । ६१ देखि ८० प्रतिशत अङक ल्याउने विद्यार्थीहरू सङख्या २७ रहेको छ,भनेप्रतिशत पनि २७ नै रहेको देखिन्छ । त्यसैगरी८१ प्रतिशतभन्दा माथि अङकल्याउने विद्याथीहरूको सङख्या २४ र प्रतिशत अङक पनि २४ रहकालेसमग्र विद्यार्थीहरूकोे कथा लेखन क्षमता मध्यम रहेको मान्न सकिन्छ । समग्र विद्यार्थीहरूको मध्यमान र मानक विचलनका आधारमा समग्र विद्यार्थीहरूको प्राप्ताङक मानक विचलनका २.०९ रहेको छ । मध्यमानभन्दा तल ५० प्रतिशत रमध्यमानभन्दा माथि ५० प्रतिशत रहेकाले समग्रमा विद्यार्थीको कथा लेखन क्षमता मधयम रहेको मान्न सकिन्छ । लैङगिकताको आधारमा छात्र विद्यार्थीहरूको कथा लेखन क्षमताको मानक विचलनका २.२२ रहेको छ । मध्यमानभन्दा तल १० प्रतिशत रमध्यमानभन्दा माथि ९२ प्रतिशत रहेकाले छात्र विद्यार्थीेहरूको कथा लेखन क्षमता मधयम रहेको पाइन्छ । छात्रा विद्यार्थीहरूको कथा लेखन प्राप्ताङकका आधारमा मानक विचलन २.४६ रहेको छ । मध्यमानभन्दा तल ६ प्रतिशत रमध्यमानभन्दा माथि ९४ प्रतिशत रहेकाले छात्रा विद्यार्थीहरूको कथा लेखन क्षमता उच्च रहेको छ । विद्यालय प्रकृतिका आधारमा संस्थागत विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमतामध्यमान ६.४ छ भने मानक विचलनका १.९८ रहेको छ । २० प्रतिशतभन्दा माथि १०० प्रतिशतसम्म अङक ल्याउने ९४ प्रतिशत रहेको छ । प्रतिशतको आधारमा संस्थागत विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमता उच्च रहेको छ । विद्यालय प्रकृतिकाआधारमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमतामध्यमान ६.१ छ भने मानक विचलनका २.०८ रहेको छ । २० प्रतिशतभन्दा माथि १०० प्रतिशतसम्म अङक ल्याउने ९० प्रतिशत रहेको छ । प्रतिशतका आधारमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमता राम्रै रहेको पाइन्छ । संस्थागत विद्यालयको प्रतिनिधि जनसङख्या ५० जनामध्ये ४८प्रतिशतको विद्यार्थीहरूको कथा लेखन क्षमता मध्यमानभन्दा तल रहेको छ भने ५२ प्रतिशत विद्यार्थीहरूको कथा लेखन क्षमता मध्यमानभन्दा माथि छ ।सामुदायिक विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमता मध्यमानभन्दा तल सङख्या २६ र प्रतिशत ५२ छ भनमध्यमानभन्दा माथि सङख्या २४ र प्रतिशत ४८ रहेको छ ।neसंस्थागत विद्यालयतथ्याङक सङकलनकक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको कथा लेखन क्षमताको अध्ययनThesis