देवीप्रसाद गौतमसिलवाल, आनन्दराज Silwal, Ananda Raj2025-11-262025-11-262082https://hdl.handle.net/20.500.14540/25396साहित्यको समाजशास्त्रीय सैद्धान्तिक मान्यता प्रजाति, पर्यावरण र क्षणलाई आधार बनाएर मोहनबहादुर मल्ल(१९६८–२०३५) का उपन्यासको अध्ययन गर्नु यस शोधप्रबन्धको मुख्य विषय क्षेत्र हो । मल्ल साहित्य र साहित्यइतर बहुविधाका सर्जक भए पनि उनको सर्वाधिक सफलता उपन्यास विधामा रहेको छ । उपन्यास सौन्दर्ययुक्त र मनोरञ्जनपूर्ण आख्यानात्मक साहित्यिक विधा हो । यसमा अन्तर्निहित शिल्पपक्षको कलात्मक अनुभवबाट पाठकले जीवनमार्ग प्राप्त गर्दछ । यही विधामा मल्लका उजेली छामा(२००८), मायारानी२००९), पञ्चायत(२०१०), समयको हुरी(२०१५), भुमरी(२०१६), बहादुर नजर(२०३६), जेली(२०३९) र रामछायाँ(२०६२) गरी आठओटा सामाजिक तथा ऐतिहासिक यथार्थमा आधारित उपन्यासहरू प्रकाशित भएका छन् । तिनमा नेपाली समाजको सजीव चित्रण गरिएको छ । मल्लका उपन्यासमा समाजका सबै जातजातिले भोगेका शोषण, दमन, उत्पीडनजस्ता सामाजिक समस्यालाई प्रस्तुत गरिएको छ । तिनमा राष्ट्रप्रतिको माया, नारीवेदना र सामाजिक सुधारको चेतना प्रकट भएको पाइन्छ । मल्लका उपन्यासमा नेपाली समाजमा विद्यमान जातीय, लैङ्गिक र वर्गीय विभेद आएका छन् । उनका उपन्यासमा प्रजाति, पर्यावरण र क्षणअन्तर्गतका मान्यता घटित भएका छन् । मल्लका उपन्यासको यिनै मान्यतामा केन्द्रित भई शोधकार्य भएको छैन । उनका उपन्यास प्रजाति, पर्यावरण र क्षणका दृष्टिले यो क्षेत्र रिक्त रहेको छ । यसर्थ निर्दिष्ट रिक्तताको परिपूर्ति गर्नका लागि प्रस्तुत शोधकार्य गरिएको छ । प्रस्तुत शोधकार्यमा सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यद्वारा गरिएको छ । यस शोधकार्यका लागि प्राथमिक सामग्रीका रूपमा मल्लका प्रकाशित आठओटै उपन्यासलाई लिइएको छ । प्रजाति, पर्यावरण र क्षणसँग सम्बन्धित सैद्धान्तिक सामग्री र प्रायोगिक पूर्वकार्यका सामग्री तथा मल्लका बारेमा गरिएका समालोचनालाई यस शोधकार्यका लागि द्वितीयक सामग्रीका रूपमा प्रयोग गरिएको छ । प्रस्तुत शोधकार्य गुणात्मक पद्धतिमा आधारित छ । यसमा सामग्रीको विश्लेषण पाठमा आधारित विषयवस्तु विश्लेषणविधिमा केन्द्रित गरिएको छ । हिप्पोलाइट एडल्फ तेन(सन् १८२८–१८९३) ले हिस्ट्री अफ इङ्गलिस लिटरेचर कृतिको भूमिकामा प्रजाति, पर्यावरण र क्षणसम्बन्धी सैद्धान्तिक मान्यता प्रस्तुत गरेका छन् । प्रस्तुत सैद्धान्तिक मान्यतामा प्रजातिलाई वंशानुगत गुण, पर्यावरणलाई प्रजातिमा प्रभावित पार्ने तŒव र क्षणलाई युगचेतनाका रुपमा लिइएको छ । यिनै मान्यताका टआधारमा प्रजातिगत वैशिष्ट्य र मानसिकता, प्राकृतिक र सामाजिक पर्यावरण, क्षणगत युगसन्दर्भ र युगचेतना, प्रजाति र पर्यावरण तथा प्रजाति र क्षणगत अन्तःसम्बन्धलाई सूचकका रूपमा लिइएको छ । मल्लका उपन्यासमा प्रजातिगत पात्रका वंशाणुगत गुण, शारीरिक बनावट र स्वभाव प्रकट भएका छन् । उनका उपन्यासमा प्रजातिगत पात्रका बाह्य र आन्तरिक मनोभावगत सामूहिक वैशिष्ट्य र मानसिकता व्यक्त भएका छन् । उनका उपन्यासमा सृष्टिजगत्का प्रकृतिप्रदत्त भूगोल र जलवायु आएका छन् । मल्लका उपन्यासमा आएका यस्ता स्थान, खोला, नदीआदिको चित्रणमा प्राकृतिक पर्यावरण प्रकट भएका छन् । उनका उपन्यासमा ग्रामीण तथा सहरिया स्थानगत तराई, पहाड र हिमाली चित्रणमा प्राकृतिक पर्यावरण प्रकट भएका छन् । मल्लका उपन्यासमा आएका प्रजातिगत पात्रका रहनसहन, व्यवहार र कार्यशैलीमा सामाजिक पर्यावरण प्रकट भएका छन् । उनका उपन्यासमा मानवनिर्मित संरचना र संस्कृतिलाई सामाजिक पर्यावरणका रूपका उपयोग गरिएको छ । समय, स्थान र समाजका मुद्दा उनका उपन्यासमा सशक्त रूपमा उठाइएको छ । उपन्यासमा मानवनिर्मित संरचनाले पात्रको व्यवहारमा गहिरो प्रभाव पारेको छ । मल्लका उपन्यासमा राणा, पञ्चायत र प्रजातन्त्र कालखण्डका घटना युगसन्दर्भ र युगचेतनाका रूपमा आएका छन् । उनका उपन्यासमा नेपाली वीरता, राणाशासन अन्त्य, निशस्त्रक्रान्ति र नेपाल एकीकरणका घटना युगसन्दर्भ र युगचेतनाका रूपमा प्रकट भएका छन् । मल्लका उपन्यासमा प्रजातिगत पात्रमा मायाभाव, जीवनशैली, मातृत्व, सामूहिक एकता, बाह्य रूपाकृति र आन्तरिक मनोभावगत सामूहिक मानसिकतामा अन्तःसम्बन्ध प्रस्तुत भएको छ । उनका उपन्यासमा साम्राज्यवादी चेतनाका बिरुद्ध वीरताको चेतना र विकृतिप्रति सामूहिक प्रतिकारको चेतना प्रकट गरिएको छ । उनका उपन्यासमा नेपाली समाजमा विद्यमान भेदभावपूर्ण सामन्तवादी शासनको अन्त्य र जनमुखी शासनको स्थापना अपरिहार्य रहेको चेतना प्रखर बनेका छन् । उनका उपन्यासमा वस्तुअनुरूपका आर्य र अनार्य प्रजातिका पात्र, मिल्दो पर्यावरण र समय सान्दर्भिक क्षण तथा तिनमा अन्तःसम्बन्ध देखिन्छ । उनका उपन्यासमा आर्य र अनार्य प्रजातिका पात्रगत वैशिष्ट्य र मानसिकता, प्राकृतिक र सामाजिक पर्यावरण तथा युगसन्दर्भ र युगचेतना राणा, पञ्चायत र प्रजातन्त्र कालखण्डसँग सम्बद्ध रहेका छन् । यसर्थ प्रजाति, पर्यावरण र क्षणगत मान्यता र तिनका बिचको अन्तःसम्बन्धका दृष्टिले मल्लका उपन्यास प्रभावकारी छन् । प्रस्तुत शोधकार्य ठमल्लका उपन्यासमा केन्द्रित भए पनि यही ढाँचामा आधारित भई अन्य साहित्यिक कृतिको अध्ययनमा उपयोगी हुने देखिन्छ । यही नै प्रस्तुत शोधकार्यको नवीन महत्वपूर्ण प्राप्ति र योगदान हो । मल्लका प्रकाशित आठओटै उपन्यास प्रजाति, पर्यावरण र क्षणका दृष्टिले सशक्त छन् । यी सैद्धान्तिक मान्यता घटित हुनेगरी उपयोग गर्नु उनको औपन्यासिक योगदान हो । उनका उपन्यासमा मानवजातिभित्रका विविध प्रजाति र तिनका परिवर्तनशील विशेषता प्रकट भएका छन् । उपन्यासमा प्रकृतिप्रदत्त र मानवनिर्मित पर्यावरणले प्रजातिगत पात्रमा प्रभाव पार्नुका साथै राणा, पञ्चायत र प्रजातन्त्र कालखण्डविशेष क्षणका रूपमा आएका छन् । मल्लका उपन्यासमा कौतूहलता र औपन्यासिक कलासौन्दर्य सिर्जना गर्न प्रजाति, पर्यावरण र क्षणको यथोचित प्रयोग गरिएको छ । निष्कर्षतः विश्लेष्य उपन्यासमध्ये सामाजिक यथार्थमा आधारित उजेली छामा, पञ्चायत, समयको हुरी, भुमरी र जेली गरी पाँचओटा उपन्यास प्रजाति र पर्यावरणका दृष्टिले बढी प्रभावकारी छन् भने ऐतिहासिक यथार्थमा आधारित मायारानी, बहादुर नजर र रामछायाँ गरी तीनओटा उपन्यास क्षणका दृष्टिले बढी प्रभावकारी छन् । प्रजाति, पर्यावरण र क्षणगत अन्तःसम्बन्धका दृष्टिले सामाजिक तथा ऐतिहासिक यथार्थमा आधारित शोध्य आठओटै उपन्यास प्रभावकारी छन् । यसर्थ प्रजाति, पर्यावरण र क्षणको सफल प्रयोगका साथै तिनका बिचमा देखिएको अन्तःसम्बन्धका दृष्टिले मल्लका समग्र उपन्यास महŒवपूर्ण र उपलब्धिमूलक छन् ।neउपन्यासमा प्रजातिप्रजातिपर्यावरण र क्षणवंशाणुगत गुणमोहनबहादुर मल्लका उपन्यासमा प्रजाति, पर्यावरण र क्षणThesis