पाण्डे, नमिता Pande, Namita2023-09-042023-09-042016https://hdl.handle.net/20.500.14540/19599विप्रेषणले वैदेशिक रोजगारमा संलग्न महिलाहरूको पारिवारिक आर्थिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदान महेशपुर गा.वि.स. झापा शीर्षकको यो शोधपत्रको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा संलग्न महिलाको विदेश जानु अघि र पछिको आर्थिक अवस्था, वैदेशिक रोजागरीमा जानुका कारण र उनीहरूको बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको प्रभाव पत्ता लगाउनु रहेको छ । यस अध्ययनमा वैदेशिक रोजागारमा संलग्न महिलाहरूको अभिभावक र वैदेशिक रोजगारबाट फर्किएको महिलालाई नमूना छनोटको रूपमा छनोट गरिएको छ । यस अध्ययनमा महेशपुर गा.वि.स. को वडा नं. १, ३, ५ र ६ मा रहेका वैदेशिक रोजगारमा संलग्न महिलाहरूको अध्ययन गरिएको छ । यस अध्ययनमा प्राथमिक र द्वितीय स्रोतका सामग्रीको प्रयोग गरिएको छ । तथ्याङ्क संकलनका साधन प्रश्नावली, अवलोकन फारम र छलफलनिर्देशिका र तथ्याङ्क संकलनका तरिकामा अन्र्तवार्ता, प्रत्यक्ष अवलोकन र लक्षित समूह छलफल आदि विधिको प्रयोग भएको छ । संकलन तथ्याङ्कको विश्लेषण गर्दा वैदेशिक रोजगारमा संलग्न महिलाहरूको आम्दानी र खर्च वैदेशिक रोजगारीमा जानु अघिका महिलाहरूको खर्च र आम्दानी भन्दा बढिरहेको छ भने वैदेशिक रोजगारीबाट कमाएको केही रकम बचत गरी सबैभन्दा बढी घर र जग्गाजमिनमा खर्च गरेको देखिन्छ । यस अध्ययनले वैदेशिक रोजगारमा संलग्न महिलाको घरपरिवारको आर्थिक अवस्था माथि उठेको छ भने बालबालिकाको शैक्षिक क्षेत्रमा पनि सकरात्मक सुधार आएको देखिन्छ । तर वैदेशिक रोजगारले महिला तथा युवाहरू विदेश पलायन भएकाले देशमा सक्रिय जनशक्तिको अभाव भई देश विकास कार्यमा बाधा उत्पन्न भएको देखिन्छ । त्यसैले देशका सक्रिय जनशक्तिलाई देशमा नै रोजगारी दिई देश विकास कार्यमा सहयोग पुर्याउनु आजको आवश्यकता देखिन्छ । यस अध्ययनमा वैदेशिक रोजगारी जानु अघि र पछिको आम्दानी, खर्च तथा बचतको अवस्थालाई देखाईएको छ । यहाँ जानु अघि आम्दानी रु. २६४०००००, खर्च रु. १८२००००० र बचत रु. ८२००००० रहेको छ भने वैदेशिक रोजगारीमा गएपछिको आम्दानी रु. १०४०३५०००, खर्च रु. ६९५००००० र बचत रु. ३४५३५००० रहेको छ । महिलाहरू वैदेशिक रोजगारीमा जानुका ५ वटा कारणहरु रहेका छन् । रोजगारी नपाएर ४० जना, आर्थिक अवस्था कमजोर भएर ६३ जना, धन कमाउन ४३ जना, राजनितिक कारणमा ३८ जना र बालबालिकाहरुको उज्वल भविष्यका लागि ३५ जना रहेका छन् । वैदेशिक रोजगारीमा जानु अघि बालबालिकाको शैक्षिक अवस्था सामान्य छ । प्रा. वि. मा अध्ययनरत ६० जना मध्ये सरकारीमा ४० जना, नीजिमा २० जना, नि. मा. वि. मा ५५ जना मध्ये सरकारीमा ३८ जना, नीजिमा १७ जना रहेका छन् । मा. वि. मा अध्ययनरत ४१ जना मध्ये सरकारीमा २६ जना र नीजिमा १५ जना, उच्च मा. वि. मा ३३ जना मध्ये सरकारीमा २३ जना र नीजिमा १३ जना, उच्च शिक्षामा ३ जना सरकारीमा अध्ययनरत देखिन्छन् । वैदेशिक रोजगारीमा गईसकेपछि बालबालिकाको शैक्षिक अवस्था केहि सुधारीएको देखिन्छ । प्रा. वि. मा अध्ययनरत ८३ जना मध्ये सरकारीमा १८ जना र नीजिमा ६५ जना, नि. मा. वि. मा ६५ जना मध्ये सरकारीमा १३ जना र नीजिमा ५२ जना, मा. वि. मा ६० जना मध्ये सरकारीमा ११ जना र नीजिमा ४९ जना, उच्च मा. वि. मा ४७ जना मध्ये सरकारीमा ९ जना र नीजिमा ३८ जना र उच्च शिक्षामा सरकारीमा २० जना देखिन्छन् । जुन वैदेशिक रोजगारीमा जानु अघिको शैक्षिक अवस्था भन्दा राम्रो देखिन्छ ।neविप्रेषण Bipresanवैदेशिक रोजगार Baideshik rojgarशैक्षिक क्षेत्र Saikshik kshetraविप्रेषणले वैदेशिक रोजगारमा संलग्न महिलाहरूको पारिवारिक आर्थिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदान : महेशपुर गा.वि.स., झापा (Bipresanle baideshik rojgarma sanlagna mahilaharuko pariwarik arthik tatha saikshik kshertama puryayeko yogdan; maheshpur ga.bi.sa. Jhapa)Thesis