पुलामी Pulami, धन बहादुर Dhan Bahadur2022-01-232022-01-232011https://hdl.handle.net/20.500.14540/7626शोधशीर्षक ः उच्च माध्यमिक तह कक्षा ११ को शिक्षक निर्देशिकाको प्रयोग रप्रभावकारीता सम्बन्धी अध्ययन । शोधाथी ः धन बहादुर पुलामीशोध निर्देशक ः प्रा. महेश्वर न्यौपानेविभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, विश्व विद्यालय क्याम्पस, कीर्तिपरशैक्षिक वष ः २०६४–०६६अध्याय ः छ शोध प्रक्रिया प्रस्तुत शोधपत्र नेपाली शिक्षा ५९८ पाठयांशको प्रयोजनको लागि गरिएका हो ।शोधकार्य स्नातकोत्तर उपाधिकालागि मात्र नभइ भाषा पाठयक्रमका अध्येता, निर्माताएवम विद्यालय शिक्षा सम्बद्ध शिक्षक, निरीक्षक, प्र. अ., व्यवस्थापक तथा प्रशासकलाई समेतविशेष उपयोगी हुने विश्वास लिइएको छ । सर्वेक्षण विधिका आधारमा तयार गरिएको यस अध्ययनले पाठयक्रम, पाठयपुस्तक रशिक्षक निदशिकाबिचको सम्बन्ध तथा पाठयक्रमद्वारा निर्धारित उद्देश्य पुरा गर्न निर्देशिकाकाभूमिका र प्रयोगको अवस्थालाई पहिल्याउने मुख्य उद्देश्यमा प्रस्तुत अध्ययन केन्द्रित रहेको छ ।अध्ययनको क्रममा सप्तरी र काठमाडौँका ५–५ वटा उच्च माध्यमिक विद्यालयहरू र प्रत्येकविद्यालयका १÷१ जना नेपाली शिक्षकहरूलाई नमुना शिक्षकको रूपमा लिइएको छ । प्रश्नावलीमार्फत तथ्याङक सङकलन गरी उक्त तथ्याङकहरूलाई प्रतिशतमा जनाइएको छ । आवश्यकताअनुसार पुस्तकालयीय विधिको समेत प्रयोग गरी निष्कर्ष दिइएको छ । ट शोध निष्कर्ष शिक्षक निर्देशिकाले पाठयक्रमको उद्देश्य पुरा गर्न सहयोग गरेको छ । निदशिकाले योजनाबद्ध, शिक्षणमा सघाउ पु¥याएको छ । तुलनात्मक रूपमा सप्तरी जिल्लामा भन्दा काठमाडौँ जिललामा निर्देशिका बढी प्रयोग गरिन्छ । विद्यालय निरीक्षण, प्रशासन तथा व्यवस्थापनले समेत निर्देशिका प्रयोगमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । तालिम प्राप्त, अनुभवि शिक्षकहरूको वेवास्ता नै निर्देशिका प्रयोग नहुनुका प्रमुख कारणहरू हुन ।otherउच्च माध्यमिक तह Higher secondary levelशिक्षक निर्देशिका Teacher's Guideउच्च माध्यमिक तह कक्षा ११ को शिक्षक निर्देशिकाको प्रयोग र प्रभावकारिता सम्बन्धी अध्ययन {Study on the Use and Effectiveness of Teacher's Guide for Higher Secondary Level Class 11}Thesis