राई, बिष्णु Rai, Bishnu2023-01-172023-01-172014https://hdl.handle.net/20.500.14540/14548पूर्वको पशुपति भनेर चिनिएको खोटाङ्ग जिल्लाको हलेसी महादेवस्थानको छिमेकी गा.वि.स. दुर्छिम गा.वि.स. खोटाङ्ग जिल्लाको ऐतिहासिक, राजनीतिक तथा साहित्यिक ठाउँ पनि हो । यस गा.वि.स.मा दलित अन्तर्गत कामी, दमाई र सार्की जातिको बसोबास रहेको छ भने गैरदलितमा राई जातिको बाहुल्यता रहेको छ भने क्षेत्री जाति जनसंख्याको हिसाबले दोस्रो स्थानमा देखिन्छ । यस गा.वि.स.को तीनवटा विद्यालयहरु नमुनाको रुपमा छनोट गरी यो अनुसन्धान पूरा गरिएको छ । छनोटमा परेका विद्यालयहरुको प्रा.वि. तथा कक्षा ५ मा अध्ययनरत शैक्षिक वर्ष २०६६ को वार्षिक परीक्षाको लब्धाङ्क नतिजा हेर्दा दलितको भन्दा गैरदलित विद्यार्थीहरुको शैक्षिक उपलब्धी बढी देखिएकोले यी दुई वर्गका विद्यार्थीहरुको शैक्षिक उपलब्धीमा भिन्नता देखाउनु र त्यस्तो भिन्नता ल्याउने कारणहरु पत्ता लगाउन यो अनुसन्धान पूरा गरिएको छ । यी उद्देश्यहरु पूरा गर्न छनोटमा परेका विद्यालयहरमा प्रा.वि. तहको कक्षा ५ मा अध्ययनरत शैक्षिक सत्र २०६७ र २०६८ का दलित र गैरदलित विद्यार्थीहरुको अंग्रेजी, गणित र विज्ञान विषयहरुको शैक्षिक उपलब्धी र विद्यालय उपस्थितिको तुलनात्मक विश्लेषण गरिएको साथै उपलब्धीमा प्रभाव पार्ने विद्यार्थीको पारिवारिक तथा शैक्षिक वातावरण सामाजिक वातावरण तथा व्यक्तिगत कारणहरुको पनि विश्लेषण यो अध्ययनमा गरिएको छ ।neदलित विद्यार्थी Dalit bidyarthiशैक्षिक उपलब्धि Shaikshik upalabdhiदलित र गैर दलित विद्यार्थीहरुको शैक्षिक उपलब्धिमा भिन्नता {Dalit ra gair dalit bidyarthiharuko shaikshik upalabdhima bhinnata}Thesis