सापकाेटा, बिमा Sapkota, Bima2023-09-042023-09-042016https://hdl.handle.net/20.500.14540/19574ललितपुर जिल्लाको नल्लु गा.वि.स.मा सञ्चालनमा रहेको होस्टे हैसे बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको पारिवारिक आर्थिक तथा उनीहरुको बालबालिकाहरुको शैक्षिक क्षेत्रमा पारेको प्रभाव शीर्षकमा गरिएको अध्ययनमा सहकारीले सदस्यहरूलाई प्रवाह गरेको ऋणको अवस्थाको अध्ययन गर्नु, सहकारीमा संलग्न भएका र नभएका सदस्यहरूको आर्थिक अवस्थाको तुलनात्मक अध्ययन गर्नु र सहकारीमा संलग्न भएका र नभएका सदस्यका बालबालिकाकाहरूको शैक्षिक अवस्थाको अध्ययन गर्नु यस अध्ययनको उद्देश्यहरू रहेका छन् । उक्त उद्देश्यहरू पूरा गर्न परिमाणात्मक, गुणात्मक ढाँचाको माध्यमबाट प्राथमिक र द्वितीय स्रोतबाट प्राप्त तथ्याङ्कहरूलाई तालिकाको प्रयोग गरी विश्लेषण गरिएको छ । प्राथमिक तथ्याङ्क सङ्कलन गर्न तिन प्रकारका प्रश्नावलीहरू (सहकारीका अध्यक्ष, सहकारीमा संलग्न भएका सदस्य र संलग्न नभएका सदस्य) बाट तथ्याङ्क सङ्कलन गरिएको थियो । सहकारीमा संलग्न र असंलग्न सदस्यहरू गरी जम्मा १०० जनालाई स्तरीकृत सम्भावनायुक्त नमुना छनोट विधिको आधारमा छनोट गरिएको छ । जुन कुल जनसङ्ख्याको ८.०७ प्रतिशतका दरले हुन आउँछ । यही सदस्यको सङ्ख्यालाई प्राथमिक तथ्याङ्कको स्रोत बनाइएको र नल्लु गा.वि.स.को कार्यालय, होस्टे हैसे बचत तथा ऋण सहकारी संस्था लि., ललितपुर जिल्ला विकास समिति, केन्द्रीय तथ्यांक विभागलाई द्वितीय तथ्यांकको स्रोत बनाइएको थियो । अध्ययन क्षेत्रका नमुना छनोटमा परेका सहकारीमा संलग्न भएका सदस्यका प्रति घर परिवारको वार्षिक औसत आम्दानी रु.६४,०७४.३४, प्रति घर परिवार औसत खर्च रु.५४,८२४.२ र औसत बचत रु.९,२५०.१४ रहेको पाइयो । सहकारीमा असंलग्न सदस्यहरुको प्रति घर परिवारको औसत आम्दानी रु.३४,८२५.२२, औसत खर्च रु.२९,५७०.४४ र औसत बचत ५,२५४.७८ रहेको पाइयो । नमुना छनोटमा परेका सहकारीमा संलग्न भएका र नभएका सदस्यका घरपरिवारको तहगत आम्दानीलाई हेर्दा तल्लो र माथिल्लो आय बीचमा आय असमानता भएको पाइयो । साथै सहकारीमा संलग्न नहुनेको भन्दा हुने सदस्यहरुका घरपरिवारको आम्दानी, खर्च र बचत दोब्बर रहेको पाइयो । सहकारीमा संलग्न सदस्यहरूको सहकारीबाट ऋण लिई व्यावसाय संचालन गरेको पाइयोे जसको आम्दानी रु.११,२५,०००, खर्च रु.७,३०,००० र बचत रु. ३,९५,००० रहेको पाइयो । सहकारीमा संलग्न हुनु अघि साहुमहाजनबाट ७० र अन्य (इष्टमित्र, छिमेकी) बाट लिने ऋण १४ र बैङ्क तथा वित्तिय संस्थाबाट १६ प्रतिशत ऋण लिने गरेकोमा संलग्न पछि ७० प्रतिशतले सहकारीबाट १० प्रतिशत बैङ्कबाट १२ प्रतिशत साहुमहाजनबाट र ८ प्रतिशतले अन्यबाट ऋण लिएको पाइयो । अध्ययन क्षेत्रका नमुना छनोटमा परेका सहकारीमा संलग्न भएका र नभएका सदस्यहरूको शैक्षिक अवस्था हेर्दा संलग्न हुने १६ प्रतिशत निरक्षर र ८४ प्रतिशत साक्षर रहेको पाइयो र संलग्न नहुनेहरुमा २८ प्रतिशत निरक्षर र ७२ प्रतिशत साक्षर रहेको पाइयोे । सहकारीमा संलग्न सदस्यका बालबालिकाको शैक्षिक अवस्था हेर्दा ३३.३३ प्रतिशत सरकारीमा, ५८.७३ प्रतिशत निजीमा र संलग्न नहुनेका ५०.७५ प्रतिशत सरकारीमा र ३१.३४ प्रतिशत बालबालिका निजीमा पढाएको पाइयो । संलग्न नहुनेकोभन्दा संलग्न हुनेको २ गुणाभन्दा बढी बालबालिकाहरू निजी विद्यालयमा गएको पाइयो । यस सहकारीमा संलग्न भएका सदस्यहरूको सङ्गठनात्मक र सामूहिक भावनाको विकास भएको, नेतृत्व विकास, आत्मविश्वास वृद्धि, पारिवारिक खर्चको भूमिकामा वृद्धि, सदस्य सशक्तीकरणमा वृद्धि जस्ता उपलब्धीहरू पाइएता पनि आयआर्जन नभएका सदस्यले बढी मात्रामा ऋण माग्नु, निरीक्षण र अनुगमन सम्बन्धी समस्या र तालिम सम्बन्धी समस्याहरु रहेको पाइयो । यस्ता समस्याहरू समाधान गर्न र यस सहकारीलाई अझ प्रभावकारी तरिकाबाट कार्यक्रम सञ्चालन गर्न संलग्न नभएका विवाहित र अविवाहित सदस्यहरूलाई संलग्न गराउन सहकारीले योजना बनाउनु पर्ने, ऋणको समय अवधि तीन वर्षको बनाउनु पर्ने, लगानीमा रहेको रकम बढाउँदै लैजानु पर्ने, तल्लो तहको आम्दानी हुनेलाई सीपमूलक तालिम, रोजगारीको सिर्जना र आयआर्जनका कार्यक्रमहरू सहकारीले सञ्चालन गर्नुपर्ने जस्ता सुझावहरू यस अध्ययनमा प्रस्तुत गरिएका छन् ।neसहकारी संस्था Sahakari sasthaआर्थिक विकास Arthik bikashशैक्षिक अवस्था Saikshik awasthaहोस्टे हैसे सहकारी संस्थाले सदस्यहरुको पारिवारिक आर्थिक तथा उनीहरुको बालबालिकाहरुको शैक्षिक क्षेत्रमा पारेको प्रभाव (नल्लु गा.वि.स. ललितपुर) (Hoste haise sahakari sasthale sadasyaharuko pariwarik arthik tatha uniharuko balbalikahruko saikshik kshetrama pareko prabhab ( Nallu ga.bi..sa.Lalitpur)Thesis