गैरापिप्ली Gairapipli, सन्तोष Santosh2022-05-052022-05-052016https://hdl.handle.net/20.500.14540/10117प्रस्तुत शोधपत्रको शीर्षक ‘सर्लाही जिल्लाका कक्षा एघारका विद्यार्थीहरूकाप्रतिवेदन लेखन क्षमता’ रहेको छ । शोधसमस्याको समाधानका लागि सर्लाहीजिल्लाका कक्षा एघारका विद्यार्थीहरूको प्रतिवेदन लेखन क्षमता पहिचान गर्नु,विद्यालयको प्रकृतिका आधारमा विद्यार्थीहरूको प्रतिवेदन लेखन क्षमताको तुलनात्मकअध्ययन गर्नु, लैङगिकताका आधारमा छात्रछात्राको प्रतिवेदन लेखन क्षमताको तुलनागर्नु र नेपाली पहिलो भाषी र दोस्रो भाषी नेपाली छात्रछात्राहरूको प्रतिवेदन लेखनक्षमताको तुलनात्मक स्थिति पत्ता लगाउनु जस्ता उद्देश्यहरू राखिएका छन। यस अध्ययन अनुसन्धानका लागि सर्लाही जिल्लाका पाँच÷पाँच वटासामुदायिक र संस्थागत विद्यालयहरबाट १०÷१० जनाका दरले जम्मा गरी १००जनाकक्षा एघारमा अध्ययनरत विद्यार्थीहरूलाई प्रतिनिधि वा नमुना जनसङख्याका रूपमालिइ मानकीकृत प्रश्नावली प्रयोग गरेर प्राप्त भएको तथ्याङकलाई तालिकीकरण,व्याख्या र विश्लेषण गरिएको छ । प्रस्तुत शोध मूलतः क्षेत्रीय सामग्री सङकलन विधि रअंशतः पुस्तकालयीय विधिमा आधारित छ । उपलब्ध तथ्याङकको वस्तुगत अध्ययनकालागि समूहगत प्रतिशताङक श्रेणी निर्धारण गरी विद्यार्थीहरूको प्रतिवेदन लेखनक्षमताको पहिचान गरिएको छ । समग्र विद्यार्थीहरूको प्रतिवेदन लेखन क्षमताको प्रतिशताङक स्थिति गणना गदा५० प्रतिशत विद्यार्थीहरूले मात्र ४०–६० प्रतिशतसम्म प्रतिवेदन लेखन क्षमताकामापन गराउन सफल दखिनाले सर्लाही जिल्लामा कक्षा एघारका विद्यार्थीको प्रतिवेदनलेखन क्षमता मध्यम रहेको देखिन्छ । समग्र विद्यार्थीहरूको समग्र मध्यमानकाआधारमा प्रतिवेदन लेखन क्षमताका मापन गदा मध्यमान ४९.१३ भन्दा माथि ४७प्रतिशत विद्यार्थीहरू मात्र देखिनाले पनि प्रतिशत लेखन क्षमतामा मध्यम स्तरकास्थिति देखिन्छ । प्रतिशताङक स्थितिलाई आधार मानेर हेर्दा ४० देखि ५९ प्रतिशत ल्याउन छात्रा सङ्ख्या ४४ प्रतिशत रहनाले पनि छात्राहरूको प्रतिवेदन लेखन क्षमता छात्रका तुलनामा कमजोर देखिन्छ । छात्रहरूको प्रतिवेदन लेखन क्षमतालाई प्रतिशताङक गणनाका आधारमा हेर्दा मध्यमान भन्दा माथि ५२ प्रतिशत रहेकाले छात्राको तुलनामा छात्रको प्रतिवेदन लेखन क्षमता राम्रो देखिन्छ । भाषिक प्रकृतिका आधारमा पहिलो भाषी नेपाली विद्यार्थीहरूको प्रतिवेदन लेखनक्षमतालाई केलाएर हेर्दा ६० प्रतिशतभन्दा माथि क्षमतामापन गराउन सफल ४२ प्रतिशत अङकित गरिनाले पहिलो भाषी नेपाली विद्यार्थीहरूको प्रतिवेदन लेखन क्षमता सन्तोषप्रद नै मानिन्छ । दोस्रो भाषी नेपाली विद्यार्थीहरूको प्रतिवेदन लेखतनक्षमतालाई केलाएर हेर्दा ६० प्रतिशतभन्दा माथि देखिनाले दोस्रो भाषी नेपालीविद्यार्थीहरूको प्रतिवेदन लेखन क्षमता कमजोर रहेको देखिन्छ । समग्र विद्याथीसङख्याका आधारमा नेपाली पहिलो भाषी र दोस्रो भाषी विद्यार्थीहरूको तुलना गर्दा पहिलो भाषी नेपाली विद्यार्थीको तुलनामा दोस्रो भाषी विद्यार्थीहरूको प्रतिवेदन लेखनक्षमता कमजोर रहेको पाइन्छ । विद्यालयको प्रकृतिका आधारमा सामुदायिक र संस्थागत विद्याथीहरूका प्रतिवेदन लेखन क्षमताको मध्यमान वmमशः ४८.४४ र ४९.८२ रहेको देखिन्छ । यहीज्ञमध्यमानलाई आधार मानी तुलनात्मकरूपमा संस्थागत विद्यालयमा अध्ययनरत विद्याथीहरूको प्रतिवेदन लेखन क्षमता पनि मध्यम रहेको छ । संस्थागत विद्यालयका विद्याथीहरूको प्रतिवेदन लेखन क्षमतालाइ मापन गर्दा ४०.५९ प्रतिशत रहनाले सामुदायिक विद्यालयको तुलनामा राम्रा नै देखिन्छ ।neप्रतिवेदन लेखन Report writingलैङगिकता Sexualityमानक विचलन Standard deviationसर्लाही जिल्लाका कक्षा एघारका विद्यार्थीहरूको प्रतिवेदनलेखन क्षमता{Report Writing Ability of Class XI Students of Sarlahi District}Thesis