आङदेम्बे Angdembe, जसोदा Jasoda2022-03-312022-03-312018https://hdl.handle.net/20.500.14540/9625सुनसरी जिल्ला धरान उपमहानगरपालिकाका मधुमेह रोगीहरूमा मधुमेह रोगीहरूकाअवस्था र जटिलताका सम्बन्धमा गरिएको अध्ययन एक स्थलगत अध्ययन हो । यस अध्ययनकामुख्य उद्देश्यका रूपमा मधुमेह रोगीहरूलाई मधुमेह रोग लाग्नुका कारण पत्ता लगाउन, मधुमेहरोगका असर एवमजटिलताहरू पत्ता लगाउन, मधुमेह रोगीहरूको अवस्था र मधुमेह रोगसम्बन्धी ज्ञान भए नभएको पत्ता लगाउनु रहेको छ । यस अध्ययनमा वर्णनात्मक अध्ययन विधिप्रयोग गर्नुका साथै सम्भावना रहित नमुना छनोट विधि अन्तर्गतको उद्देश्यपर्ण नमुना छनोटविधिद्वारा १५० जना मधुमेह रोगीहरूलाई अध्ययन जनसंख्याका रूपमा लिइएको छ । यसअध्ययनमा सूचना तथा जानकारीहरूसङकलन गर्न संरचित अन्तरवार्ता सूची तयार पारीप्रत्यक्ष भेटघाटद्वारा आवश्यक तथ्याङकहरू लिइएको छ । उक्त तथ्याङकर उद्देश्यहरूकाआधारमा व्याख्या तथा विश्लेषण गरिएको छ । अध्ययन जनसंख्याका रूपमा रहेका धरानउपमहानगरपालिकाका १५० जना मधुमेहरोगीहरूको व्यक्तिगत, पारिवारिक, शैक्षिक, आर्थिक तथा मधुमेह रोगीहरूको अवस्था रजटिलताका सम्बन्धमा केन्द्रित रहेर अध्ययन गरिएको थियो । अध्ययन जनसंख्याका रूपमारहेका धरान उपमहानगरपालिकाका मधुमेह रोगीहरू विभिन्न जातजातिका रहेका पाइया ।जसमा बाहुन, क्षेत्री, नेवार, लामा, तामाङ, विश्वकर्मा, भुजेल, शाह, राजवंशी, चौधरी, राई,लिम्बू आदि जातजातिका व्यक्तिहरूस“ग अन्तरक्रिया गरिएको थियो । उक्त मधुमेह रोगीहरूलआफनो जातअनुसारको भाषा, धर्म, संस्कति मान्ने र बाल्ने गरेको पाइयो । उनीहरूको धर्मगतपक्षलाई अध्ययन गर्दा हिन्दू, धर्म मान्ने ५७५, किरात धर्म मान्ने २३५, कृश्चियन धर्म मान्न१०५, बौद्ध धर्म मान्ने ७५र मुश्लिम धर्म मान्ने ३५रहेको पाइयो । मधुमेह रोगीहरूको पारिवारिक बनोटलाई हेर्दा २९५, एकल परिवार र ७१५संयुक्तपरिवार रहेको पाइयो । जसमा ४३५ महिला र ५७५ पुरुष रहेका थिए । ती मधुमेहरोगीहरूमध्ये २१५ ले कुन पनि तहको शिक्षा नलिएको, ३४५ ले प्रा.वि.तहको शिक्षा लिएको,१०५ले नि.मा.वि.तहको र ३५५ले मा.वि.वा सोभन्दा माथिको शिक्षा हासिल गरेको पाइयो ।ती रोगीहरूको पेशा व्यवसाय सम्बन्धी अध्ययन गदा ३५ले कृषि,४१५ ले व्यापार, ११५लमजदुरी र ४५५ ले अन्य प्रकारका पेशाहरूअगाल्दै आएको पाइयो । ती मधुमेह रोगीहरूलाइमधुमेहका बारेमा वृश्तितरूपमा जानकारी नभए पनि धेरथोर जानकारी रहेको पाइयो । ४०–४५ वर्षमा १३५ लाई, ४५–५० वर्षमा, १७५ लाई, ५०–५५ वर्षमा २१५ लाई मधुमेह भएका ख पाइयो । ती रोगीहरूल मधुमेहका विविध लक्षणहरूजस्तै धेरै तिर्खा लाग्ने, धेर भोक लाग्न,धेरथकान महसस हुने इत्यादि लक्षणहरूदेखा परेपछि उनीहरूमध्ये ३५५ ले मेडिकल र ६५५ लअस्पतालमा स्वास्थ्य चेकजा“च गरेपछि आपूm मधुमेह रोगी भएको भनि थाहा पाएको पाइयो ।त्यस्तगरी ३५रोगीहरूले काम गर्न गाह्रो भएपछि पेशा परिवर्तन गरेको र ९७५ ले आफनापेशा व्यावसायलाई निरन्तरता नै दिएको पाइयो । त्यस्तै अध्ययनजनसङख्याका १५० जना मधुमेह रोगीहरूमध्ये ३३५ लाई वंशाणुगतगुणका कारण, २४५ लाई अत्याधिक मदिरा सवनका कारण र ४३५ लाई कमजोररोगप्रतिरोधात्मक क्षमताका कारण मधुमेह भएको पाइयो । मधुमेह रोगी भएको थाहा पाएपछिउनीहरूले आफनो खानपान एवम जीवनशैलीमा परिवर्तन ल्याएको र धेरै जसोल नियमितरूपमा डाक्टरको परामर्श लिइरहेको, ८८५ ले इन्सुलिनको सुई लिनु नपरको र १२५ लइन्सुलिनको सुइ लिनुपरेको बताए । तिनीहरूमध्ये १ पटक इन्सलिनको सई लगाउने ३५, २पटक लगाउने २५,३ पटक लगाउने ३५, र ४ वा सो भन्दा बढी पटक इन्सुलिनको सुइलगाउने ४५ रहेको पाइयो । उनीहरूलाई मधुमेह भएपछिआ“खामा बढी समस्या भएकाअनुभूति गन ६८५, कानमा ३५, जोर्नीमा १६५र शरीरका अन्यअङगहरूमा समस्या भएकाअनुभूति गर्ने १३५ रहेको पाइयो । उनीहरूमध्ये १३५ लाई ह्दयघात भएको, ८५ लाइअन्धोपना भएको, १५५ लाई मृगौलामा समस्या भएको र ६४५ लाई अन्य प्रकारका स्वास्थ्यजटिलताहरूभएको पाइयो । समग्रमा यस अध्ययनबाट मधुमेह रोगीहरूमा मधुमह रोगले गदाउनीहरूमा विविध प्रकारका स्वास्थ्य समस्याहरूसृजना भई आफना दैनिक क्रियाकलापहरूसञ्चालन गर्न कठिन भएको निष्कर्षमा पुग्न सकिन्छ ।neमधुमेह रोगी Madhumeh Rogiदैनिक क्रियाकलाप Dainik Kriyakalapस्वास्थ्य परिक्षण Swasthya Parikshanमधुमेह रोगीहरूको अवस्था र जटिलतासम्बन्धी गरिएको एक अध्ययन{A study of the condition and complications of diabetics}Thesis