लेखप्रसाद निरौलारिजाल, पुष्करनाथ2026-06-262026-06-262081https://hdl.handle.net/20.500.14540/27081माधव घिमिरेका गीतिनाटकमा ध्वनिविधान शीर्षकको प्रस्तुत शोधकार्य ने.सं.वि. अनुसन्धान केन्द्रअन्तर्गत रही विद्यावारिधि उपाधिको प्रयोजनका लागि पूरा गरिएको हो । नेपालका राष्ट्रकवि माधव घिमिरे मूलतः कवि हुन । यस शोधमा उनलाई गीतिनाटककारका रूपमा लिइएको छ । उनको नेपाली गीतिनाटकका क्षेत्रमा पनि उच्च योगदान रहेको छ । यस अध्ययनमा माधव घिमिरेका प्रकाशित गीतिनाटक शकुन्तला (२०३८), मालती मङ ् गले (२०३९), विषकन्या (२०५०), अश्वत्थामा (२०५३), हिमालपारि हिमालवारि (२०५४), देउकी (२०५५) र बालकुमारी (२०६१) लाई विवेच्य कृतिका रूपमा लिई ध्वनि सिद्धान्तका आधारमा तिनको विश्लेषण गरिएको छ । संस्कृत काव्य मान्यताका स्रष्टा माधव घिमिरेका सातवटा गीतिनाटक प्रकाशित भएका छन । प्रस्तुत शोधमा घिमिरेका गीतिनाटकमा ध्वनिविधानको स्थिति केकस्तो छ ? भन्ने प्राज्ञिक समस्या रहको छ । शोध समस्यासँग सम्बन्धित प्रश्नका रूपमा घिमिरेका गीतिनाटकहरूमा केकस्ता रसध्वनि पाइन्छन ? घिमिरेका गीतिनाटकमा कुनकुन अलङकारध्वनि प्रयोग भएका छन ? र घिमिरेका गीतिनाटकमा वस्तुध्वनिको प्रयोग कसरी गरिएको छ ? भन्ने रहेका छन । यस शोधकार्यको प्रमुख उद्देश्य माधव घिमिरेका गीतिनाटकमा पाइने ध्वनिको विश्लेषण गर्नु रहेका छ । यसै उद्देश्य प्राप्तिका लागि शोधप्रश्नसँग सम्बन्धित उद्देश्यहरूमा ः (क) माधव घिमिरेका गीतिनाटकहरूमा पाइने रसध्वनिको निरूपण गर्नु, (ख) घिमिरेका गीतिनाटकहरूमा प्रयुक्त अलङकारध्वनिको पहिचान गर्नु र (ग) माधव घिमिरेका गीतिनाटकमा पाइने वस्तुध्वनिको विश्लेषण गर्नु रहेका छन । यसअघि माधव घिमिरे र उनका गीतिनाटक र अन्य रचनाका विषयमा केही अध्ययन अनुसन्धान भएको देखिन्छ । माधव घिमिरे र उनका रचनाका बारेमा भएका पूर्वकार्यहरूबाट आआफनै अध्ययनक्षेत्र रहेको स्पष्ट देखिन्छ । अध्येताहरूले उनका कविता र खण्डकाव्यका विषयमा सर्वाधिक चर्चा गरेका छन । घिमिरेका गीतिनाटकमा ध्वनिसम्बन्धी अध्ययन भने हालसम्म भएको नपाइनु यस शोधको अन्तराल रहेको छ । यही रिक्ततालाई पूर्णता दिन प्रस्तुत अनुसन्धान गरिएको होे । ध्वनिकै अभिव्यञ्जन प्रक्रियाको विस्तृत अध्ययन हुन नसक्नु यी पूर्वकार्यहरूको सीमा भए पनि प्रस्तुत शोधकार्यमा समस्याको पहिचान, सामग्रीहरूको सङकलन, सैद्धान्तिक ढाँचाको निर्धारण तथा घिमिरेका गीतिनाटकहरूको विश्लेषण र मूल्याङकन गर्नाका लागि पूर्वकार्यहरू उपयोग गरिएको छ । प्रस्तुत शोध गुणात्मक प्रकृतिको रहेको छ । शोधको समस्यासँग सम्बन्धित सामग्रीहरू प्राथमिक र द्वितीयक स्रोतमा आधारित छन । यस अध्ययनमा माधव घिमिरेका प्रकाशित गीतिनाटकहरू प्राथमिक स्रोतका रूपमा उपयोग भएका छन । यसैगी ध्वनिका सैद्धान्तिक पुस्तक, विभिन्न विद्वानका अनुसन्धानमूलक लेख, पुस्तक, शोधपत्र, शोधप्रबन्धहरूलाई द्वितीयक स्रोतका रूपमा प्रयोग गरिएको छ । यी सामग्रीहरू विभिन्न पुस्तकालयमा पुगी पुस्तकालय कार्यबाट सङकलन गरिएको छ । सङकलित सामग्रीहरूलाई आवश्यकताअनुसार उद्धरण गरी, सारसंक्षेप गरी वा भावका रूपमा उपयोग गरिएको छ । माधव घिमिरेका प्रकाशित सातवटा गीतिनाटकमा विधान गरिएको रसध्वनि, अलङकारध्वनि र वस्तुध्वनिको विश्लेषणमा मात्रै केन्द्रित रहनु यस शोधका सीमा रहेका छन । यस अध्ययनमा पूर्वमा साहित्य विश्लेषणका लागि महत्त्वपूर्ण आधार मानिने ध्वनिसिद्धान्तलाई सैद्धान्तिक आधार मानी ध्वनिका प्रमुख भेद मानिने रसध्वनि, अलङ्कारध्वनि र वस्तुध्वनिका आधारमा माधव घिमिरेका गीतिनाटकहरूको विश्लेषण र मूल्याङकन गरिएको छ । घिमिरेका गीतिनाटकमा के कस्ता रसध्वनि पाइन्छन भन्ने समस्यामा केन्द्रित भई अध्ययन गर्दा यिनका शकुन्तला र मालती मङ्गल गीतिनाटकमा शृङगार अङ्गी रस ध्वनित सुन्दर किसिमले भएको छ । यिनका विषकन्या, देउकी र बालकुमारी गीतिनाटकमा करुण अङ्गी रसको अभिव्यञ्जना भएको छ । यस्तै घिमिरेका हिमालपारि हिमालवारि र अश्वत्थामा गीतिनाटकमा शान्त रस अङ्गी रूपमा ध्वनित भई यी रचनालाई आस्वाद्य र विशिष्ट ध्वनिकाव्य बनाएका छन । कवि घिमिरेका गीतिनाटकहरूमा सबैकिसिमका रस अङ्ग रसका रूपमा व्यञ्जित भएका छन । यिनका गीतिनाटकमा अनुकुल किसिमका विभाव, अनुभाव र सञ्चारीभावको संयोजन गरी रसाभिव्यञ्जना गरिएकाले रस ध्वनिविधानका दृष्टिले उत्कष्ट र सबल गीतिनाटक बनेका छन । विभिन्न रसका साथमा स्वभाविक किसिमले अनेक अर्थ ध्वनित गर्ने काव्यकौशल घिमिरेमा रहेको छ । माधव घिमिरेका गीतिनाटकहरूमा रसध्वनिको व्यापकता रहेकाले काव्यिक गुणस्तरका हिसाबले समेत यी रचना उत्तम कोटिका बन्न पुगेका छन । रसध्वनि प्रयोगका अधारमा घिमिरे सिद्धहस्त गीतिनाटककार रहेका छन । माधव घिमिरेका गीतिनाटकहरूमा अलङकार ध्वनिको विभिन्न किसिमका अलङकार ध्वनिको स्वाभाविक संयोजन पाइन्छ । यिनका गीतिनाटकमा भाव प्रकाशनका सन्दर्भमा उपमा, रूपक, दृष्टान्त, समासोक्ति, उत्प्रेक्षा, अतिशयोक्ति आदि अलङ्कारबाट विभिन्न गीतहरूमा स्तःसम्भवी, कविप्रौढोक्ति र कविनिबद्ध वक्तृपौढोक्तिसिद्ध ध्वनिको समेत व्यञ्जना पाइन्छ । यस किसिमका ध्वनिबाट काव्यिक चमत्कार उत्पन्न भएको छ । उनका गीतिनाटकमा पूर्वीय संस्कृतिको आदर्श, प्रेमप्रणय, नेपाली समाज र संस्कृति, नेपाली लोक जीवनशैली, राजनीतिमा हुने दाउपेच, नेपालको अनुपम प्राकृतिक सौन्दर्य, युद्धको दुष्परिणाम, मानवतावादजस्ता वस्तु अनेक सन्दर्भमा ध्वनित भएका छन । यिनका गीतिनाटकहरूमा ध्वनि अभिव्यञ्जनका व्यापकता रहेकाले काव्यिक गुणस्तरका हिसाबले सबल, आस्वाद्य उच्च मूल्यका ध्वनिकाव्य बन्न पुगेका छन । यसबाट घिमिरे ध्वनियुक्त गीतिनाटक रचनामा सिद्धहस्त प्रतिभा हुन भन्ने पुष्टि भएको छ ।neगीतिनाटकमाधव घिमिरेमाधव घिमिरेका गीतिनाटकमा ध्वनिविधानThesis