न्यौपाने Neupane, झनक बहादुर Jhanak Bahadur2022-06-072022-06-072019https://hdl.handle.net/20.500.14540/10928उदारकक्षोन्नति नीतिको कार्यान्वयनले सिकाइ उपलब्धिमा पारेको प्रभाव शीर्षकमा सम्पन्न यस शोधपत्रको उद्देश्य उदारकक्षोन्नति नीतिको कार्यान्वयनले सिकाइ उपलब्धिमा पारेको प्रभाव विश्लेषण गर्नु रहेको छ । अध्ययनका क्रममा वर्णानात्मक प्रक्रिया अपनाई गुणात्मक ढाँचाबाट विश्लषण गरिएको छ भने विद्यार्थीको तीन शैक्षिक सत्रको वार्षिक परीक्षाफलको अभिलेख अध्ययन गरी त्यसको परिणात्मक विश्लषण पनि गरिएको हुँदा मिश्रित ढाँचाको प्रयोग गरिएको छ । अध्ययनमा काँकरभिट्टा स्रोतकेन्द्र अन्तर्गत पर्ने २२ वटा सामुदायिक विद्यालय ती विद्यालयका प्रधानाध्यापक, आधारभत तहका शिक्षक, विद्यार्थी, अभिभावक सम्बन्धित स्रोतव्यक्तिलाई जनसंख्याका रूपमा लिइएको छ भने ती मध्ये चारवटा विद्यालयलाई उद्देश्यमूलक नमना छनौट प्रक्रियाबाट नमुना छनौट गरिएको छ । प्रधानाध्यापक, विद्यार्थी, शिक्षक, स्रोतव्यक्तिबाट पश्नावली र अभिभावकबाट छलफलका माध्यमद्वारा साथै विद्यालयका निरन्तर विद्यार्थी मल्याङ्कन र उदारकक्षोन्नति नीतिसँग सम्बन्धित अभिलेखको अवलोकन र अध्ययन गरी प्राथमिक र द्वितीय दुवै स्रोतबाट तथ्यांक संकलन गरिएको छ । संकलित तथ्यांकहरूलाइ विभिन्न तालिका तथा अनुच्छेदमा प्रस्तुतीकरण गरी प्रश्नावली र छलफलका माध्यमद्वारा प्राप्त प्रतिक्रियाहरूलाई तथ्यांक शाास्त्रीय विधिबाट व्याख्या, विश्लषण गरिएको छ । उदारकक्षोन्नति नीतिको कार्यान्वयनले सिकाइ उपलब्धि पारेको प्रभावलाई विभिन्न अध्ययन गरेर तुलानात्मक विवरण प्रस्तुत गरिएको छ । विद्यालयहरूमा उदारकक्षोन्नति नीति कार्यान्वयन भइरहेकोले कक्षा, १, २ र ३ को सिकाइ उपलब्धि अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्षमा वृद्धि भएको पाइएको छ । त्यस्तै आवधिक परीक्षा र निरन्तर विद्यार्थी मूल्याङ्कनबाट कक्षोन्नति गरिएका कक्षाहरू ४ र ५ को पनि सिकाइ उपलब्धि अघिल्लो वर्षको तुलना पछिल्लो वषहरूमा वृद्धि भएको पाइएको छ । मूल्याङ्कनमा पाठ्यक्रमले निर्धारण गरेको मापदण्डलाई आधार बनाइएको छ र शिक्षकहरूल विद्यार्थी मूल्याङ्कनको यस पद्धतिलाइ झन्झटिलो रूपमा लिइएको पाइएको छ । उदारकक्षोन्नति नीतिले पनि विद्यालयमा भर्ना भएका सब विद्याथीहरू एक शक्षिक सत्रको अध्ययन पूरा गरेपछि उत्तीर्ण भई माथिल्लो कक्षामा अध्ययन गर्न सक्षम हुन नसकेका देखिन्छ । निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिलाई अझै प्रभावकारी बनाई कक्षोन्नति बढाउनका लागि विद्यार्थी कार्यसञ्चयिका निर्माण र पधानाध्यापक, शिक्षक, अभिभावकलाई थप तालिमको व्यवस्था गर्नु आवश्यक छ । यसलाई शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कनको आधार बनाई नीति निर्माण तहदेखि कार्यान्वयन तह सम्म निरन्तर विद्यार्थी मूल्याङ्कन गन स्पष्ट जिम्मेवारी तोकी उदारकक्षोन्नति नीतिलाई पूर्ण रूपमा सफल पार्न आवश्यक देखिन्छ ।neउदारकक्षोन्नति नीति Udarkakshonnati nitiसिकाइ उपलब्धि Sikai upalapadhiनीति कार्यान्वयन Niti Karyanayanउदारकक्षोन्नति नीतिको कार्यान्वयनले सिकाइ उपलब्धिमा पारेको प्रभाव {Udarkakshyananti Nitiko Kayanwayanle Sikai Upalabdima Pareko Prabhab}Thesis