जयकृष्ण शर्मा (Jaykrishna Sharma)के.सी., रुम बहादुर (K.C., Rum Bahadur)2026-02-242026-02-242014https://hdl.handle.net/20.500.14540/25678सामुदायिक विद्यालयमा विद्यार्थी नियमितता नामक शीर्षकमा गरिएको प्रस्तुत शोधपत्रमा विद्यालयमा विद्यार्थी नियमितताको स्थिति पहिचान गर्नु, विद्यार्थीको नियमितता र शैक्षिक उपलब्धि बीचको सम्बन्ध अध्ययन गर्नु, विद्यार्थीलाई विद्यालयमा नियमित हुन प्रभाव पार्ने तत्वहरु पत्ता लगाउनु, जस्ता उद्देश्यमा केन्द्रित गरिएकोछ । अब्राहम मास्लोको अभिप्रेरणा सम्बन्धी सिद्धान्तलाई आधार मानी गरिएको यस अध्ययन अनुसन्धान मुलतः गुणात्मक ढाँचामा आधारित छ । अध्ययनलाई उद्देश्य अनुसार पूर्णता प्रदान गर्नका लागि यो अध्ययन दाङ जिल्लाको सिसनिया गा.वि.स., का जम्मा १३ ओटा विद्यालयहरु मध्ये लालमटिया स्रोतकेन्द्र अन्तर्गतका ४ ओटा विद्यालयबाट अभिभाक ४।४ दरले, विद्यार्थी १०।१० का दरले, शिक्षक २।२ का दरले, प्र.अ. १।१, वि.व्य.स. अध्यक्ष १।१ र दुईओटा स्रोतकेन्द्रका स्रोतव्यक्ति १।१ गरी जम्मा ७४ जनालई यो अध्ययनको जनसंख्याको रुपा छनोट गरिएको छ । विद्यालयमा बालबालिका भर्ना भएर मात्र हुँदैन दिगो सिकाइका लागि विद्यालयमा भर्ना भएर नियमित रुपमा अध्यापन गर्नुका साथै घरमा समेत उनीहरुलाई पढ्नका लागि उचित वातावरण तय हुनु उत्तीकै आवश्यक रहन्छ । बालकको औपचारिक शिक्षाको शुरुवात भनकै विद्यालयबाट हुने भएको हुँदा गुरु गुरुआमाहरुबाटै नै उसले शिक्षा प्राप्त गर्नुका साथै भोलिका दिनमा एउटा सफल मार्ग पहिल्याउने अवसर प्राप्त गर्न सक्दछ । कुनै पनि बालक विद्यालयमा नियमित उपस्थित हुँदैन भने उसको सिकाइमा पनि प्रत्यक्ष वा परोक्ष रुपमा नकरात्मक असर पर्दै गएको हुन्छ । एउटा बालकलाई नियमित विद्यालयमा आउने वातावरण सृजना गर्नका लागि शिक्षक, अभिभावक, विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समिति उत्तिकै जिम्मेवार पक्षहरु हुन् । घरबाट बालकका लागि अध्ययन गर्नमका लागि पठाइए पनि विद्यालयमा उचित वातावरण सृजना हुन सक्दैन भने बालकले अध्ययन गर्न नसक्नुका साथै विद्यालय अनुपस्थित हुने, कक्षा छाडने, कक्षा दोहो¥याउने समस्या विकराल रुपमा देखा पर्दछन् । यसरी बालबालिकाको दिगो सिकाइका लागि विद्यालयमा निरन्तर उपस्थित हुनु अपरिहार्य रहन्छ भन्ने कुरा प्रस्तुत शोधपत्रबाट जानकारी प्राप्त भएको छ । छनोटमा परेका विद्यालयमा छोरा र छोरी बीच लैंगिक विभेद, आर्थिक अवस्थाको अभाव जस्ता कारणहरुले गर्दा भर्ना भएका बालबालिकाहरु आफ्नो अध्ययन कार्यलाई नियमितता दिन नसकेको पाइयो । छनोटमा परेको अध्ययन स्थलका विद्यालयहरुमा अभिभावकलाई जनचेतना प्रदान गर्नुका साथै शिक्षकले सबै विद्यार्थीलाई समान व्यवहार गर्न सकेको खण्डमा विद्यार्थी नियमिततामा वृद्धि हुने तथ्य प्राप्त भएको छ । विद्यालयमा नियमित उपस्थित हुने विद्यालयका विद्यार्थीहरुको शैक्षिक उपलब्धि पनि राम्रो देखिएको छ । अनुसन्धानकर्ताको अध्ययन अनुसन्धान अनुसार कुनै पनि विद्यार्थी विद्यालयमा नियमित उपस्थित भएर अध्ययन गरेको खण्डमा उसको सिकाइ दिगो हुनुका साथै केवल परीक्षामुखी नभई भोलिका दिनहरुमा पनि प्रभावकारी हुने निष्कर्ष निकालिएको छ ।neसामुदायिक विद्यालय (Samudayik bidyalay)साहित्यको पुनरावलोकन (Sahityako punrawalokan)सामुदायिक विद्यालयमा विद्यार्थीको नियमितता { Samudayik bidyalayma bidyarthiko niymitta}Thesis