आचार्य Aacharya, तुलसा Tulsha2022-02-202022-02-202020https://hdl.handle.net/20.500.14540/8349शोधशीर्षक - सिद्धिचरण श्रेष्ठको भीमसेन थापा खण्डकाव्यको विधातात्विक अध्ययन शोधनिर्देशक - सह. प्रा. रामप्रसाद गुरागाईँ शोधार्थी - तुलसा आचार्य तह -स्नातकोत्तर तह, नेपाली विभाग,महेन्द्ररत्न बहमुखी क्याम्पस, इलाम शैक्षिक सत्र -२०६७\०६८ क्रमाङक -१ १. पहिलो परिच्छेदको सार यस परिच्छेदमा प्रस्तुत शोधकार्यको विषय परिचय, समस्याकथन, शोधको उद्देश्य,पूर्वकार्यको समीक्षा, अध्ययनको औचित्य, अध्ययनको सीमाङ्कन, सामाग्री सङ्कलनविधि,शोधविधि र शोधपत्रको रूपरेखाजस्ता उपशीर्षकअन्तर्गत शोधपरिचय प्रस्तुत गरिएको छ । २. दोस्रो परिच्छेदको सारयस परिच्छेदमा सिद्धिचरण श्रेष्ठको परिचय, कविता यात्रा, खण्डकाव्यगत प्रवृत्ति तथा विशेषताको निरूपण गरिएको छ । यस क्रममा मानवतावादी प्रकृतिप्रेमी,स्वतन्त्रतावादी कविका रूपमा सिद्धिचरण श्रेष्ठलाई चिनाउँदै उनका व्यक्तित्व रकृतित्वमाथि प्रकाश पारिएको छ । ३. तेस्रो परिच्छेदको सारयस परिच्छेदमा खण्डकाव्यको सैद्धान्तिक स्वरूपमाथि प्रकाश पारिएको छ । यस क्रममा खण्डकाव्यगत तत्वको सङक्षेपमा व्याख्या र विश्लेषण गरिएका छ र तिन खण्डकाव्यगत तत्वका आधारमा यस शोधमा भीमसेन थापा खण्डकाव्यको विश्लेषण प्रस्तुतगरिएको छ । यसरी खण्डकाव्य पूर्वीय साहित्य परम्परामा जन्मिएको एउटा काव्य रूप हाभने नेपालीमा पूर्वीय र पश्चिमी दुवै प्रकारका काव्य रूप पाइने हुँदा पूर्वीय एवं पश्चिमीपरम्परामा संबद्र्धित मझौला काव्य ढॉंचाका खण्डकाव्यहरू पाइन्छन । ४. चौथो परिच्छेदको सारइतिहास पुरुष भीमसेन थापाको मृत्युको क्षणलाई प्रस्तुत गर्ने सन्दर्भमा कवि श्रेष्ठद्वारा इतिहासको विशिष्ट एक पक्ष र त्यसबाट मृत्युको पीडालाई यहॉं देखाइएको छ । इतिहास पुरुष भीमसेन थापालाई आलम्बन बनाएर उनको दुःखद एवं कारुणिक मृत्युवरणका प्रसङ्गबाट नायक थापाप्रति श्रद्धाभाव यसको मुख्य पक्ष हो । यसमा नायकपति श्रद्धाभावव्यक्त गरिए पनि कवि श्रष्ठका देशप्रेम, मानवतावादी चिन्तन, जीवनदर्शनजस्ता पक्षहरूव्यक्त हुनपुगका छन । भीमसेन थापाले गरेका प्रशासनिक सुधारका कार्यहरू, धरहरा आदिको निर्माण, साम्रज्यवादी अङग्रेजहरूसँग लडनका निम्ति एसिया स्तरमा गरेकादूरदर्शीपूर्ण सहकार्य आदि पक्ष कविद्वारा प्रशंसा गरिएको छ । यति हुँदाहुँदै पनि तत्कालीनराज्यव्यवस्थामा देखिने चाकरी, षडयन्त्र, हत्याहिसाजस्ता पक्ष प्रबल हुँदा देखिन प्रशासनिकअविवेकीपनले मानवतालाई निर्ममता साथ दबाएको कुरा भीमसेन थापाको मृत्युकाप्रसङ्गबाट प्रस्तुत गरिएको छ । भीमसेन थापाको मृत्यु इतिहासको एउटा कालो पक्ष हो जुनअमानवीय, क्रर एवं त्रासद रहेको छ । यसरी इतिहास प्रसिद्ध विषयवस्तुका माध्यमद्वारानायकप्रति श्रद्धा, राष्ट्रप्रेम, जीवनदर्शन एवं मत्युको दुःखद पक्ष, इतिहासका अनेक घटना,मानवतावादी चिन्तन जस्तापक्ष यस काव्यमा व्यक्त भएका छन । ५. पाँचौँ परिच्छेदको सारकवि सिद्धिचरण श्रेष्ठद्वारा लेखिएको खण्डकाव्य भीमसेन थापा झिनो आख्यानतन्तुमा रचिएको विचारप्रधान काव्य हो । कवि श्रष्ठको प्रौढकालमा रचिएको हुँदा यसमा उनको प्रौढजीवन चिन्तन व्यक्त भएको पाइन्छ । स्वच्छन्दतावादी भावधाराको प्रबलता रहेको यसकाव्यमा अनुपाद्य विषयवस्तुमा आधारित भई इतिहास पुरुष भीमसेन थापाप्रति श्रद्धाभावव्यक्त गरिएको छneविधातात्विक अध्ययन Theological Studyखण्डकाव्य Khandakavyaसिद्धिचरण श्रेष्ठको भीमसेन थापा खण्डकाव्यका विधातात्विक अध्ययन Theological Study of Siddhicharan Shrestha's Bhimsen Thapa Khandakavya}{Thesis