दाहाल Dahal, प्रमिला Pramila2022-03-162022-03-162019https://hdl.handle.net/20.500.14540/9086प्रस्तुत शोधमा श्रवण घिमिरेद्वारा निर्मित ‘दर्पणछाया चलचित्रमा रहेका अङ्ग्रेजी भाषिक कोडमिश्रणको अध्ययन गरिएको छ । यसमा रहेका कोडहरूलाई भाषातत्वका आधारमा विश्लेषण गर्री पद, पदावली, उपवाक्य र वाक्यका तहमा गरी जम्मा १७५ वटा कोड रहेका छन् । यसरी आएका कोडहरू पदका तहमा ९१ वटा, पदावलीका तहका ६४ वटा, उपवाक्यका तहमा (७) वटा वाक्यका तहमा १३ वटा कोडहरू रहेका छन् । यसरी भाषिक एकाइमा विभाजित भई आएका कोडहरूको आवृत्तिको अध्ययन विश्लेषण गर्दा जम्मा आवृत्ति ३७२ पटक रहेको छ जसमा पदको आवृत्ति २६८ पटक, पदावलीको आवृत्ति ७५ पटक, उपवाक्यमा ७ र वाक्यमा २२ पटकसम्म आवृत्रि रहेको छ । यस बाहेक यस कृतिमा आएका कोडहरूलाई ोधगम्यताका आधारमा विश्लेषण गरी ती आवृत्तिको समेत विश्लेषण गरिएको छ । यसमा नेपाली चलचित्रमा कोडमिश्रणका कारणहरू बारेमा केही दर्शकहरूको अभिमत पनि लिइएको छ । यस चलचित्रमा शब्द÷पद, पदावली, उपवाक्य वाक्य जस्ता भाषिक तहहरूमा कोडमिश्रण भएको भएको छ । यस चलचित्रमा समग्र भाषिक तहमा १७५ वटा कोडमिश्रण भएको पाइन्छ, जसमा ९१ वटा शब्द÷पदमा, ६४ वटा पदावलीमा ७ वटा, उपवाक्य १२ वटा वाक्यका तहमा रहेका छन् । यसमा रहेका अङ्ग्रेजी कोडहरू पद तहमा ५२ प्रतिशत, पदावलीका तहमा ३६.५८ प्रतिशत, उपवाक्यका तहमा ४ प्रतिशत र वाक्यका तहमा ७.४२ प्रतिशत कोडहरू रहेका छन् । यस चलचित्रमा प्रयुक्त अङ्ग्रेजी कोणहरूको आवृत्तिको अध्ययन गर्दा जम्मा आवृत्ति ३७२ पटक रहेको छ, जसमा २६८ पटक अथात् ७२.०४ प्रतिशत पदका तहमा, ७५ पटक अर्थात् ७२.०४ प्रतिशत पदावलीका तहमा, ७ पटक अर्थात् १.८९ प्रतिशत उपवाक्य र वाक्यका तहमा २२ पटक अर्थात् ५.९२ प्रतिशत रहेका छन् । यस चलचित्रमा रहेका अङ्ग्रेजी भाषिक कोडहरू कम्तिमा १ पटकदेखि बढीमा ४० पटकसम्मको आवृत्ति रहेको छ । जसमा १७५ वटा कोडमध्ये १७४ वटा कोडको आवृत्ति २ पटकदेखि ४० पटकसम्म छ भने १२९ वटा कोडहरू १ पटक मात्र आएका छन् । यस चलचित्रमा अङ्ग्रेजी कोडहरू बोधगम्यताका रूपमा केही लामा वाक्यहरू, कतै छोटटा वाक्यहरूको प्रयोगले गर्दा केही साधारण दर्शकका लागि केही जटिल रहेको देखिन्छ ।neनेपाली चलचित्र Nepali chalchitraअङ्ग्रेजी कोडमिश्रण Angreji codemishranनेपाली चलचित्र दर्पणछायाँमा प्रयुक्त अङ्ग्रेजी कोडमिश्रणको अध्ययन {Nepali Chalchitra Darpanchhayanma Prayukta Angreji Codemishranko Adhyayan}Thesis