खड्का Khadka, जमुना Jamuna2022-06-232022-06-232019https://hdl.handle.net/20.500.14540/11492नेपाली समाजमा लिङ्ग, वर्ण, जातजाति, भूगोल, सामाजिक, आर्थिक स्थिति, धमउमेर आदि विभिन्न कारणले व्यक्ति र समुह बिच असमानता रहेको छ । लैङ्गिक अध्ययनउच्चजाति, वर्ग, शहरी शिक्षित समुदायमा गरिनुल आम नेपाली महिलाहरुको सामाजिकअवस्थाको प्रतिनिधित्व हुन सकेको छैन । अन्यधामिक सम्प्रदायका महिलाहरुको तुलनामामुसलमान महिलाहरुको अवस्था दयनीय छ । मुस्लिम समाजमा इस्लामिक धार्मिक ग्रन्थकुरान प्रदत्त न्याय, नियम, कानुन व्यवहारिक जीवनमा प्रयोग भै रहेको देखिन्छ । इस्लामसमुदायमा धर्मलाई चोखो र अपरिवर्तनीय रुपमा अपनाउने अभ्यास गर्दा धर्ममा रहेका पुरुषपक्षीय नियम कानन र न्यायले महिलाको अवस्था कमजोर हुन पुगेको छ । यसै सन्दर्भमा मुस्लिम महिलाहरुको वैवाहिक तथा पारिवारिक जीवनका विभिन्न पक्षहरु पत्ता लगाउन यस अध्ययनलाई अगाडि बढाइएको छ । यस अध्ययनका उद्देश्यहरु मुस्लिम समुदायमा छोरी बुहारीको शैक्षिक अवस्था पत्तालगाउने, विवाह प्रक्रियामा छोरीको निर्णय प्रकाश पार्ने साथै पारिवारिक जीवनमा महिलाकाअवस्था प्रकाश पार्ने रहेका छन । लङ्गिक सिद्धान्तलाई मुख्य आधार बनाइ यस अध्ययनलाइतयार पारिएको छ । कुल ५० घर परिवारमा सबैलाई समेटेर यस अध्ययनलाई अगाडिबढाइएको हो । यस क्रममा उत्तरदातालाई विभिन्न प्रश्न सोधी प्राप्त उत्तरका आधारमाशोधलाई अगाडि बढाएको छ । विस्तारै यो समुदाय संयुक्त परिवारबाट एकल परिवारकाढाँचामा प्रवेश गरेको छ । मुख्य पेसाका रुपमा कृषिलाई अगाल्दै आएको यो समुदायमावैदेशीक रोजगारलाई पनि अगालेको पाइन्छ । पुरुषको तलनामा महिला पछाडी परेका यससमुदायमा घरायासी कामकाज देखि सन्तानोत्पादन, सन्तानको शिक्षा, विवाह जस्ता पक्षमापुरुषको निर्णयको भूमिका रहेको देखिन्छ । पुरुष नभएको घरमा भने महिलाको निर्णायकभूमिका देखिन्छ । घरयासी काम देखि वाहेक गाउँमा हुने विभिन्न सभा समारोह, झारा, पमजस्ता कार्यमा पनि महिलाको तुलनामा पुरुषको उल्लेख उपस्थिति दखिन्छ । समयको परिवर्तन सँग यस समुदायका मानिसहरुमा पनि चेतनाको विकास हुदगएको पाइन्छ । छोरीलाई पनि छोरा सरह समान शिक्षाको आवश्यकतालाई बुझेका छन ।पुरुष सरह महिला पनि हरेक क्षेत्रमा अगाडि बढनु पर्छ भन्ने मानसिकताको विकास भएकापाइन्छ ।neमुस्लिम समुदाय Muslim Samudayeसमाजशास्त्रीय अध्ययन Sociological studiesमुस्लिम समुदायका महिलाका वैवाहिक तथा पारिवारिक जीवनको समाजशास्त्रीय अध्ययन(कास्की जिल्ला रूपा गाउँपालिका वडा नं ६ तालवेशीका एक समाजशास्त्रीयअध्ययन) {Sociological Study of Marital and Family Life of Women of Muslim Community (A Sociological Study of Rupa Village Municipality Ward No. 6 Talveshi}Thesis