टाेलनाथ काफ्लेराई, देवकुमारी ( Rai, Devkumari)2026-04-082026-04-082015https://hdl.handle.net/20.500.14540/26233शिक्षा सिकाउने र सिक्ने निरन्तर प्रक्रिया हो भने सिकाई पस्चात निस्चित उपलब्धि प्राप्त गर्नु यस प्रक्रियाको उदेश्य रहेको हुन्छ । जसले कुनै पनि शिक्षित ब्यक्तिलाई जीवन र जगत प्रतिको दृष्टिकोण निर्माण गर्न र ब्यवहारिक ज्ञान, जीवन उपयोगि सीप र आर्थिक दक्षता हा“सिल गरी गुणस्तरीय जीवन जिउने मद्दत पु¥याउ“दछ । यस शिक्षण सिकाई पद्धतीमा शिक्षक, विद्यार्थीको महत्वपुर्ण सम्बन्ध रहनुका साथै अभिभावक शिक्षाले पनि विद्यार्थीका कक्षागत उपलब्धि बढाउनमा उत्तिकै सहयोग गर्ने कुरालाई यस अध्ययनले पुष्टि गर्ने प्रयास गरेको छ । हाम्रो समाजमा रहेको सामूदायिक तथा संस्थागत विद्यालयहरुको उपलब्धिहरुलाई तुलना साथै अभिभावका शैक्षिक स्तरस“ग विद्यालय र विद्यालयको सम्पुर्ण वातावरणलाई कसरी प्रभाव परिरहेको छ भन्ने कुराको खोज तथा सर्वेक्षण अध्ययन गरी आउ“दा दिनहरुमा विद्यार्थीको उपलब्धि स्तर बृद्धि गराउन सूझाव गरिने कार्य योजनाहरुलाई पनि यस अध्ययनले मार्ग निर्देशन गरेको छ । यस अध्ययनले शैक्षिक स्तर अनुसार अभिभावक र उनीहरुको बालबच्चाको उपलब्धि स्तरको सम्बन्धलाई स्पष्ट पारिदिएको छ । अभिभावक शिक्षा कै कारण विद्यार्थी अनियमित हुने तथा सिप सिक्ने स्तर निर्धारण हुने तथा अन्तरक्रियात्मक ब्यवहारको विकास हुने, अनुशासन कायम गर्ने, भाषिक ज्ञानको क्षमता निर्धारण हुने, आफ्नो स्वाभावको परिवर्तन गर्न सक्ने र आफ्नो वरपरको ब्यक्ति तथा परिवेशस“ग अन्तरसम्बन्धित ब्यवहारलाई सन्तुलित रुपमा प्रदर्शन गर्न सक्ने जस्ता क्षमताको बिकास गर्न सहयोग पु¥याउने कुराको जानकारी यस अध्ययनको निष्कर्शले बताएको छ । त्यसैले एक सिकारुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने कार्य शिक्षक लगायत अभिभावक दुबैको उत्तिकै जिम्मेवारपुर्ण भूमिका रहेको कुरालाई यस अध्ययनले प्रमाण स्वरुप प्रस्तुत गरेको छ भने विद्यालय र घर वरपरको आर्थिक सामाजिक वातावरणले पनि विद्यार्थीको उपलब्धि स्तरलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पारेको तथ्य यस अध्ययनबाट प्राप्त भएको छ ।neअभिभावक शिक्षाविद्यार्थी सिकाईविद्यार्थी सिकाईमा अभिभावक शिक्षाकाे प्रभावThesis