शर्मा Sharma, सोमनाथ Somnath2022-06-142022-06-142009https://hdl.handle.net/20.500.14540/11205उपेन्द्रप्रसाद आचार्यका कविता कृतिको अध्ययन शीर्षकको शोधपत्रलाई निम्नलिखित पाँच परिच्छेद भित्रको मूल र्शीर्षकमा बिभाजन गरी आवश्यक विभिन्न उपर्शीषकहरुमा राखेर अध्ययन गरिएको छ । प्रस्तुत शोधपत्रको पहिलो परिच्छेदमा शोधपत्रको परिचय मूल शीर्षक राखिएको छ । जस अन्तर्गत शोधशीर्षक, शोध प्रयोजन, विषय परिचय, समस्याकथन, शोधकार्यको उद्देश्य,पूर्वकार्यको समीक्षा, औचित्य, महत्व र उपयोगिता, प्राक्कल्पना, अध्ययनको सीमा, सामग्री संकलन विधि, सैद्धान्तिक ढाँचा÷रुपरेखा जस्ता उपशीर्षक दिएर यो परिच्छेद तयार पारिएको छ । दोस्रो परिच्छेदमा उपेन्द्रप्रसाद आचार्यको जीवनी, व्यक्तित्व राखिएको छ जीवनी अन्तर्गत जन्म, पृष्ठभूमि, शिक्षादीक्षा, विवाह÷सन्तान, कार्यक्षेत्र, रुचि तथा स्वभाव, आर्थिक स्थिति, साहित्यिक क्षेत्रमा प्रवेश, प्रकाशित कृतिको सची, साहित्यिक मान्यता र जीवन दर्शन उपेन्द्रप्रसाद आचार्यका विविध पाटा मध्ये साहित्यक व्यक्तित्व अन्तर्गत, कवि व्यक्तित्व, आख्यानकार व्यक्तित्व राखिएको छ । साहित्येतर व्यक्तित्व अन्तर्गत, शैक्षिक व्यक्तित्व, प्रध्यापक व्यक्तित्व र राजनीतिक व्यक्तित्व राखिएको छ । सम्मान तथा पुरस्करकोे सूची पनि यस परिच्छेदमा राखिएको छ । तेस्रो परिच्छेदमा कविताको सैद्धान्तिक परिचय एवम कवि उपेन्द ्रप्रसाद आचार्यका स्थान निर्धारण राखिएको छ । जस भित्र कविताको परिचय, कविताको पर्वीय मान्यता, कविताको पाश्चात्य मान्यता, कविताको परिभाषा, कविताको तत्व, कविताका वर्गीकरण, नेपाली कविताको विकासक्रम, उपेन्द्रपसाद आचार्यको साहित्य यात्रा, आधुनिक नेपाली कविताको क्षेत्रमा कवि उपेन्द्रप्रसाद आचार्यको स्थान निधारण राखी तेस्रो परिच्छेद तयार परिएको छ । चौथो परिच्छेदमा उपेन्द्र प्रसाद आचार्यका कविता कृतिको अध्ययन र बिश्लेषणलाइ यहाँ राखिएको छ । जसभित्र भाव विधानको आधारमा कृतिको अध्ययन विश्लेषण गरी चौथा परिच्छेद तयार पारिएको छ । यसै क्रममा पहिला केही उखानहरुलाई लयमा कैद गर्दा कविता सङग्रहको, त्यस पछि मेरो गाउँको कहानी कविता सङग्रहको र अन्त्यमा दर्गण कविता सङग्रहको अध्ययन गरिएको छ । पाँचौ परिच्छेदमा सारांश र उपसंहार राखिएको छ त्यसैगरी भावि कार्यको सम्भावित शोध शीर्षक राखिएको छ । यस्तै गरेर यस शोधपत्रको अन्त्यमा शोधपत्र तयार पार्दा सन्दभ सामाग्रीहरूको रुपमा लिएको सन्दर्भ सामाग्रीहरूको सूची सन्दर्भ सूचीलाई राखिएको छ ।neकविता कृति Kabita Kritiकवि व्यक्तित्व Poet personalityउपेन्द्रप्रसाद आचार्यका कविता कृतिको अध्ययन {Upendraprasad Acharyaka Kabita Kritiko Adhyayan}Thesis