माेची, सुरतलाल Mochi, Suratlal2022-05-182022-05-182017https://hdl.handle.net/20.500.14540/10407सामुदायिक विदयालयका एस.एल.सी.परीक्षामा गणित विषयको परिणाम एकअध्ययन शीर्षक अन्तर्गत गरिएको यस शोध कार्यको मुख्य उद्देश्य ः सामुदायिक विदयालयको एस.एल.सी.परीक्षामा गणित विषयको समस्या र समाधानको उपाय रहेको छ ।यस अध्ययनको परिसीमा मा सुनसरी जिल्लाका भा.सी.,इटहरी,र बालाहा स्रोतकेन्द्र भित्र सञ्चालित५ वटा सामुदायिक विदयालयमा शैक्षिक बर्ष २०६९, २०७० र २०७१ सालकाएस.एल.सी. परीक्षा परिणाममा मात्र सीमित गरिएको छ । सम्बन्धित साहित्यकापुनरावलोकन तथा सैध्दान्तिक खाकामा सरिड,प्याजे आदिको लेखलाइसमेटिएका छन । यस अनसन्धान कार्यमा परिमाणात्मक र गुणात्मक दुवै विधिको प्रयोग गरिएका छ ।तथ्याङकको सङकलनका लागि प्रश्नावली, स्थलगत अध्ययन अवलाेकन फारम,लक्षित समूह छलफल निर्देशिका र अन्तरवार्ता जस्ता साधनको प्रयोग गरिएको छ । जनसङख्या छनोटकालागि ५ ओटा सामुदायिक विद्यालयका, ५ जना प्रधानाध्यापक÷प्राचार्य, ५जना विद्यालयव्यवस्थापन समितिका अध्यक्ष, ५जना गणित शिक्षक र कक्षा १० का ४÷४जनाको दरले जम्मा २० जना विद्यार्थी र १जना स्रोत व्यक्ति गरी कुल जम्मा ३६जनालाई तथ्याङकका स्रोतका रुपमा प्रयोग गरिएको छ । तथ्याङकको स्रातको रुपमा प्राथमिक र द्वितीय स्रोतकाप्रयोग गरिएको छ । तथ्याङक विश्लेषण गरी तालिका र प्रतिशतमा प्रस्तुत गरिएको छ । याे अध्ययन पूरा गर्ने क्रममा उद्देश्यमुलक छनोट विधिको प्रयोग गरिएको छ । छनौटमा परेका विदयालयहरुको गणित विषयका परिणाम औषत रुपमा २३% रसिकाइउपलब्धि १८.०६ रहेकोले परिणाम ज्यादै न्यून देखिन्छ । गणित विषयमा देखिएका प्रमुख समस्याहरुमा विदयार्थीहरुको अनियमित उपस्थिति,पूर्वज्ञानको कमी, शिक्षण सामग्रीका अभाव,अभ्यासको कमी रहेका छन । समस्या समाधानका उपायहरुमा विद्याथीहरु नियमित उपस्थिति हुन वातावरण बनाउनुपर्ने, पूर्वज्ञान बढाउनमा जोड दिनुपर्ने, शिक्षण सामग्रीका ब्यवस्था हुनुपर्ने, पटक–पटक अभ्यासमा जोड दिनुपर्ने आदिरहेका छन । मुख्य प्राप्तिहरुमाविदयालयले अनियमित उपस्थिति रोक्न कुनै ठोस पहल नगरेको, आवश्यक र उपयुक्तशिक्षण समग्रीको ब्यवस्था नगरेको, पूर्वज्ञान बढाउनमा जोड नगरेको, गणित विषयकासिकाइ उपलब्धि ज्यादै न्यून रहेको, अभिभावकहरुको पढाइ प्रतिको अभिरुचि कम रहेका देखिन्छ । निष्कर्षमा अनियमित उपस्थिति, शिक्षण समग्रीको अभाव, पूर्वज्ञानका कमीले गदायोजना अनुसार काम नभइ गणित विषयको परिणाम एवं सिकाइ उपलब्धि ज्यादै न्यूनदेखिन्छ । प्रमुख सुझावहरुमा नीतिगत तहले पाठयक्रम, पाठयपुस्तक, शिक्षक निर्देशिका र सन्दर्भ सामग्री पर्याप्त मात्रामा सवै विदयालयमा उपलब्ध गराइगणित शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रमहरु र गाष्ठिहरु सञ्चालन गर्नुपर्ने देखिन्छ, पूर्वज्ञानलाइ ध्यान दिदै याेजनाका साथ शिक्षण गर्नुपर्ने देखिन्छ, गणित विषयको अन्य तहमा पनि अध्ययन अनुसन्धान गर्नुपर्ने दखिन्छ ।neसामुदायिक विद्यालय Samudayik bidyalayaगणित विषय Ganit bisyaसामुदायिक विद्यालयको एस.एल.सी. परीक्षामा गणित विषयको परिणाम एक अध्ययन{Samudayik bidyalayko S.L.C. parikshama ganit bisayako parinam eak adhyayan]Thesis