थापा Thapa, अप्सरा Apsara2022-06-062022-06-062020https://hdl.handle.net/20.500.14540/10860प्रस्तुत शोधपत्र ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्रतिको दृष्टिकोण र प्रयोग शैलीको बारेमा केन्द्रित रहेर पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीका अध्ययन गरिएका छ । यस अध्ययनमा ज्येष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्तालाई कुन कुन शिर्षकहरुमा खर्च गर्दछन ? भत्ता बाहेक उनीहरुको आम्दानीको स्रोतहरु छ की छैन ? उनीहरुको स्वास्थ्य अवस्था कस्तो किसिमको छ ? नियमित औषधी सेवन गर्न पर्छ कि पर्दैन ? नियमित औषधीमा कति रकम खर्च हुन्छ ? भत्ता प्रति ज्येष्ठ नागरिकहरु सन्तुष्टि छन कि छनन ? यदि भत्ताको व्यवस्था हुदैन्थ्यो भने ज्येष्ठ नागरिकहरुको जिवनमा कस्तो प्रभाव पर्ने थियो । इत्यादि प्रश्नहरुलाई आधार मानेर अध्ययनको उद्देश्य राखिएको छ । सामाजिक सुरक्षा भत्ता अन्र्तगत पर्ने ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिकको जिवन यापनमा परेको प्रभावको अध्ययन गर्नु यो शोधपत्रको साधारण उद्देश्य हो । ज्येष्ठ नागरिकका सामाजिक सुरक्षा भत्ताको प्रयोग शैली र दृष्टिकोणको जानकारी लिने यस शोधपत्रको विशिष्ट उद्देश्य हो । यस अध्ययनमा वुढयालीसगं सम्बन्धित सिद्धान्तको प्रयोग गरिएको छ । यस शोधपत्रमा वर्णनात्मक र विश्लेषणात्मक अनुसन्धानको ढाँचा प्रयोग गरिएको छ । प्राथमिक स्रोत र द्धितिय स्रोतवाट तथ्याङ्क संकलन गरिएको छ । अन्तरवार्ता अनुसुची, अवलोकन, वैयक्तिक अध्ययन साथ साथै गुणात्मक र संख्यात्मक अनुसन्धानको ढाँचा प्रयोग गरी आवश्यकता अनुरुप तथ्याङ्क संकलन गरिएका छ । यसरी संकलन गरिएका तथ्याङ्कलाई आवश्यकता अनुसार तालिका र वृत्त चित्रमा प्रस्तुत गरिएको छ । लैङ्गिक आधारमा हेर्ने हो भने पुरुष ३७.३३ प्रतिशत र महिला ६२.६३ प्रतिशत रहेको पाइयो । उत्तरदाताहरुको आम्दानीको स्रोत, भत्ता र कृषि आय स्रोत हुने ३६.५० प्रतिशत, भत्ता र पेन्सन हुने १६.८६ प्रतिशत, वृद्ध भत्ता मात्र हुने ५६.६२ प्रतिशत उत्तरदाताहरु रहेको पाइयो । भत्ता आपैैm खर्च गर्ने उत्तरदाताहरुको संख्या ३६.१४ प्रतिशत, घरपरिवारलाई दिनेको संख्या ६३.८५ प्रतिशत रहेको पाइयो । उत्तरदाताहरुको नियमित औषधीमा हुने खर्च ५०० – १००० खर्च हुने ३४.९३ प्रतिशत, १०००–२००० खर्च हुने ९.६३ प्रतिशत, २००० भन्दा माथि खर्च हुने ४.८१ प्रतिशत र नियमित रुपमा औषधीमा खर्च गर्न नपर्ने ५०.६० प्रतिशत रहेको पाइयो । भत्ता हुदैनथ्यो भने जेष्ठ नागरिकहरुको जिवनमा पर्ने प्रभाव, भोक भोकै मरिने थियो भन्ने उत्तरदाताहरुको संख्या १०.८४ प्रतिशत, गा¥हो हुने थियो भन्ने उत्तरदाताहरुको संख्या ५.०६ प्रतिशत, खासै प्रभाव पर्ने थिएन भन्ने उत्तरदाताहरुको संख्या २४.०९ प्रतिशत रहेको पाइयो ।neज्येष्ठ नागरिक Senior citizenसामाजिक सुरक्षा भत्ता Social security allowanceज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्रतिको दृष्टिकोण र प्रयोग शैली पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीको एक अध्ययन {Attitude and Usage Style Towards Senior Citizen Social Security Allowance Pokhara Municipal Corporation Ward no. 33 A Study of Bharatpokhari}Thesis