पराजुली Parajuli, सविता Savita2022-05-202022-05-202019https://hdl.handle.net/20.500.14540/10499कक्षा दुईको मेरो नेपाली र व्यावहारिक नेपाली साहित्य तथा व्याकरणको तुलना शीर्षकको प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशात्र सङकाय, नेपाली भाषा शिक्षा विभाग अन्तर्गत एम. एड. दोस्रो वर्षको नेपा.शि. ५९८ पाठयांशको प्रयोजन पूर्तिका लागि तयार पारिएको हो । यस शोधकार्यको उद्देश्य आधारभूत तह अन्तर्गत पर्ने कक्षा दुईको नेपाली र व्यावहारिक नेपाली साहित्य तथा व्याकरण पाठयपुस्तकको प्राज्ञिक र भौतिक विशेषताका आधारमा तुलनात्मक अध्ययन गर्नु रहेको छ । यस अध्ययनलाई पूरा गर्नका निम्ति सामग्री सङकलनका रूपमा तालिका, सूचीपत्र, टिपोटपत्र आदि साधनबाट सङकलन गरिएका असाङख्यिक तथ्याङकहरूलाई पाठयपुस्तकका आन्तरिक र बाहय विशेषताहरूमा आधारित भएर तुलनात्मक विधिबाट विश्लेषण गरिएको छ । कक्षा दुईको नेपाली र व्यावहारिक नेपाली साहित्य तथा व्याकरण पाठयपुस्तकको तुलनात्मक अध्ययनबाट भौतिक पक्षका आवरण, कागजको गुणस्तर, मसीको प्रयोग, छपाइ, बँधाइ जस्ता विशेषताहरू व्यावहारिक नेपाली साहित्य तथा व्याकरणमा उपयुक्त रहेको र प्राज्ञिक पक्षका विधिको छनोट तथा विविधता, पाठको प्रस्तुतीकरण, भाषा, शब्दभण्डार, नमुना अभ्यास, भाषिक सीप सन्तुलन जस्ता विशेषताहरू नेपाली पाठयपुस्तकमा उपयुक्त रहेको देखिन्छ । दुवै पाठयपुस्तकको सुरुवात कविता विधाबाट भएको र दुवै पाठयपुस्तकमा कथा विधाका पाठहरूको आधिक्य रहेको छ । नेपाली पाठयपुस्तकमा पाठ तथा अभ्यास सङख्या बढी रहेको र व्यावहारिक नेपाली साहित्य तथा व्याकरणमा विधागत पाठ सङख्या कम रहेको पाइया । भाषिक सीपका सबै पक्षलाई विशेष जोड दिएको देखिन्छ तर दुवै पाठयपुस्तकमा तुलनात्मक रूपमा लेखाइ सीपको अभ्यास अत्याधिक रहेको देखिन्छ । बोलाइ सीपका लागि पूर्व पठनमा विभिन्न विभूति तथा विश्व सम्पदा सूचीमा परेका चित्रहरू वर्णनका लागि समावेश गरिएको छ । यस अध्ययनलाई जम्मा पाँच अध्यायमा विभाजन गरिएका छ । अध्याय एकमा शोध परिचय अन्तर्गत शोध शीर्षक, शोध प्रयोजन, समस्या कथन, उद्देश्यहरू, औचित्य, सीमाङ्कन, रूपरेखा उल्लेख गरिएको छ भने अध्याय दुईमा सैद्धान्तिक परिचयको चर्चा गरिएको छ । अध्याय तीनमा विधि तथा अध्ययनका प्रक्रिया अन्तर्गत तथ्याङ्क सङ्कलनको ख स्रोत, तथ्याङक सङकलनका साधन, तथ्याङक सङकलन र विश्लेषण विधि तथा अध्ययनको अवधारणाको ढाँचाको चर्चा गरिएको छ । अध्याय चारमा व्याख्या विश्लेषण अन्तर्गत बाहय, आधारमा कक्षा दुईको नेपाली र व्यावहारिक नेपाली साहित्य तथा व्याकरणको तुलना आवरण, आकार प्रकार, कागजको गुणस्तर, छपाइ र बँधाइ, अक्षराकार र ठाउँ छोडाइ र मूल्य सुलभताका आधारमा तथा आन्तरिक आधारमा प्रस्तुतीकरण, पाठको विविधता, भाषा, शब्दभण्डार, नमुना अभ्यास, चित्रहरू, अन्य विविध छन भने अध्याय पाँचमा सारांश, निष्कर्ष र सुझाव समावेश गरिएको छ । सुझाव अन्तर्गत, नीति निर्माण, कार्यान्वयन तहप्रति लक्षित गरिएको छ भन भावी अनुसन्धानको सम्भावना देखाइएको छ । अन्त्यमा सन्दर्भसूची प्रस्तुत गरिएको छ ।neनेपालीे साहित्यि Nepali literatureमेरो नेपाली Mero Nepaliकक्षा दुईको मेरो नेपाली र व्यावहारिक नेपाली साहित्य तथा व्याकरणको तुलना{Kaksha Duiko Mero Nepali ra Byabaharika Nepali Sahitya Tatha Byakaraṇako Tulana}Thesis