मनिषकुमार थापा Manishkumar Thapaवस्ती, फडिन्द्र Wasti, Fadindra2025-01-012025-01-012017https://hdl.handle.net/20.500.14540/23542शोधसार धिमाल र क्षेत्री समुदायका विवाहित महिलाहरूमा सुरक्षित सुत्केरीज्ञान तथा अभ्याससम्बन्धी शीर्षकको यो शोधपत्रको उद्देश्य महिलाहरूको जनसांख्यिक स्थिति पत्ता लगाउनु, सुरक्षित सुत्केरी सम्बन्धी ज्ञान पत्ता लगाउनु र अभ्यासको स्थिति औल्याउनु रहेको छ । यो अध्ययन मुख्यतः प्राथमिक तथ्याङ्कमा आधारित छ । यसका लागि उर्लावारी न. पा वडा नं. ६, ८ र ९ का ४१२७ जना धिमाल र क्षेत्री महिलाहरु मध्ये १५ –४९ वर्षका ६० धिमाल र ६० क्षेत्री गरी १२० जना महिलामा सुविधाजनक नमुना छनौट विधिको प्रयोग गरी यो अध्ययन गरिएको छ । यस अध्ययनमा २० वर्ष भन्दा सानो उमेरमा विवाह गर्ने दुवै समुदायको सङ्ख्या बढी रहेको पाइयो । साक्षर महिला बढी भएता पनि ४ भन्दा बढी सन्तान जन्माउने धिमाल समुदायमा ३८.३३ प्रतिशत र क्षेत्री समुदायमा ३६.६७ प्रतिशत रहेका छन् । सुरक्षित सुत्केरी सामग्रीकोबारेमा जानकारी हुने धिमाल समुदायमा ४४.७ प्रतिशत र क्षेत्री समुदायमा ५४.७ प्रतिशत रहेका छन् । घरैमा सुत्केरी गराउनेहरूमध्ये उपयुक्त ठाउँमा सफा प्लाष्टिक र कपडाको प्रयोग गर्ने धिमाल ६५ प्रतिशत र क्षेत्री ६६.६७ प्रतिशत रहेका छन् । सुत्केरीसम्बन्धी डाक्टर तथा नर्सको सल्लाह लिने धिमाल २८.३३ प्रतिशत र क्षेत्री २० प्रतिशत रहेका छन् । प्रसव व्यथा लामो समयसम्म लाग्नेमा धिमाल ४१.६७ प्रतिशत र क्षेत्री ४५ प्रतिशत महिलाहरू रहेका पाइएको छ । यस क्षेत्रका जनसङ्ख्याको अनुपातमा सरकारी सुत्केरी गराउने अस्पताल तथा स्वास्थ केन्द नभएकोले आर्थिक अभावका कारण निजी अस्पतालमा जनताको पहुँच कम, अशिक्षा, सामाजिक कुरिती, पर्याप्त यातायात सुविधा नभएकाले उनीहरू सरकारी सुविधा पाउनबाट बञ्चित भएका छन् सुरक्षित सुत्केरी सामग्री बाकसको प्रयोग गर्ने धिमाल समुदायका महिला ३३.३ प्रतिशत र क्षेत्री समुदायमा महिला ४२.७ प्रतिशत रहेका छन् । अन्तिम पटकको बच्चा घरमै जन्माउने धिमाल ५८.७ प्रतिशत र क्षेत्री ५०.७ प्रतिशत रहेका छन् । बच्चालाई खोपको मात्रा पूर्ण गर्नेमा धिमाल ८३.३३ प्रतिशत र क्षेत्री ८५ प्रतिशतश रहेका छन् । गर्भवती अवस्थामा आइरन चक्की खाने धिमाल ४६.६७ प्रतिशत र क्षेत्री ६३.३३ प्रतिशत रहेका छन् । समग्रमा सुत्केरी सामग्री बाकसको प्रयोग गर्ने क्षेत्रीको तुलनामा धिमाल ९.४ प्रतिशत कमी रहेका छन् । त्यस्तै घरैमा बच्चा जन्माउने क्षेत्री भन्दा धिमाल ८ प्रतिशत बढी रहेका छन् । आइरन चक्की खानेमा धिमाल भन्दा क्षेत्री १६.६६ प्रतिशत बढी रहेका छन् । समग्रमा हेर्दा क्षेत्रीको अवस्था राम्रो रहेको छ भने क्षेत्रीको तुलनामा धिमालको अवस्था कमजोर रहेको छ ।neविवाहित महिला Bibahit mahilaसुत्केरी अवस्था Sutkeri awasthaविवाहित महिलाहरुमा सुरक्षित सुत्केरी ज्ञान तथा अभ्यास सम्बन्धी अध्ययन {Bibahit mahilaharuma surakshit sutkeri gyan tatha abhyas sambandhi adhyayana}Thesis