जयकृष्ण शर्मा (Jaykrishan Sharma)रायमाझी, धर्मेन्द्रजँग (Raymajhi, Dharmendrajang)2026-02-272026-02-272014https://hdl.handle.net/20.500.14540/25764“शिक्षकको पेशागत विकासमा तालिमको प्रयोग” विषयमा यो शोधपत्र तयार पारिएको छ जुन अध्ययन गर्नको लागि विद्यालय तहमा शैक्षिक सामाग्री निर्माण र प्रयोगमा पेशागत विकास तालिमको प्रभाव त्यसमा देखिएका समस्याहरु र शैक्षिक सामाग्री निर्माण, प्रयोग र प्रभावकारिता ल्याउनको लागि उपयुक्त विकल्पहरु पेश गर्ने उद्धेश्यहरु राखिएको छ । यस अध्ययनलाई सरल, सहज बनाउन एवं माथि उल्लेखित उद्धेश्यहरु पूरा गर्नको लागि संभावना सहित नमूना छनोट विधिका आधारमा पिठुवाको स्रोत केन्द्र अन्तर्गतका एक वटा सामुदायिक उच्च मा. वि. र तिन वटा सरकारी सहयोग प्राप्त गर्ने सामुदायिक नि.मा.विद्यालयहरु उद्धेश्यमुलक छनोट विधिको आधारमा छनोट गरिएको थियो । छनोटमा परेका प्रत्येक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरु, रोष्टर प्रशिक्षक, स्रोत व्यक्ति सँग विश्वासनियतामा र वैद्यता स्थापित भएका रुजु सूची अन्र्तवार्ता प्रश्नावली जस्ता अनुसन्धान उपकरणहरुको प्रयोग गरी प्राथमिक तथ्याङ्क एवं द्धितिय तथ्याङ्कमा विद्यालय सुधार योजना, दस्तावेजबाट प्राप्त तथ्याङ्कहरु संकलन गरिएको थियो । अध्ययनको क्रममा यससँग सम्बन्धित विभिन्न साहित्यको अध्ययन गरियो । उक्त साहित्यमा सम्वन्धित संस्थाहरुले तालिम प्रभावकारी बनाई यसबाट विद्यालयको कक्षा कोठामा उपयोग गरी वालवालिकालाई नविनतम ज्ञान तथा सीप प्रदान गर्न सकेमा मुलुकले कल्पना गरे अनुरुपको सक्षम जनशक्ति प्रदान गर्ने आशा गर्न सकिन्छ । तालिम प्राप्त, योग्य र लगनशिल शिक्षकहरुबाट नै स्थानीय तथा कम मूल्यका सामाग्रीहरुको अत्याधिक मात्रामा उपयोग हुनसक्ने र विश्वका वालवालिका सँग प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति निर्माण हुने कुरामा विश्वास गर्न सकिन्छ । सम्बन्धित साहित्य र प्राथमिक एवं द्धितिय स्रोतका आधारमा हामी शैक्षिक सामाग्रीको निर्माण र प्रयोग शिक्षकको पेशागत विकास तालिम लिनु अघि भन्दा यो तालिम लिई सके पश्चात सकारात्मक देखिएको पाइएको छ । र शैक्षिक गुणस्तरमा पनि सकारात्मक परिवर्तन भएको पाइएको छ । यसरी सबै विद्यालयहरुले शैक्षिक सामाग्रीहरुको निर्माण र प्रयोग गर्न भौतिक तथा मानविय पक्षको समायोजन गराई त्यसको निर्माण र प्रयोग को लागि विद्यालयमा कार्यरत सबै पक्षको समन्वयात्मक स्थिति सृजना गर्ने प्र.अ. भएमा सिकाई उपलब्धी वृद्धि हुन्छ भन्ने आम धारणा वनाउन सकिन्छ । शैक्षिक सामाग्री निर्माण र प्रयोगलाई व्यवस्थित गरी शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी गराउन आधार तयार हुन्छ भन्ने मान्यता स्थापीत हुन्छ ।neसाहित्यको पुनरावलोकन (Sahityako punrabalokan)कक्षाकोठा शिक्षण (Kakshakotha shikshan)शिक्षकको पेशागत विकासमा तालिमको प्रयोग {Shikshakko peshagat bikashma talimko prayog}Thesis