सरोज दवाडीओझा, सिर्जना2026-07-062026-07-062025https://hdl.handle.net/20.500.14540/27159यस शोधपत्रको शोधशीर्षक कक्षा बाहमा अध्ययनरत विद्यार्थीहरूको विज्ञापन लेखन क्षमताको अध्ययन रहेको छ । कक्षा बाहमा अध्ययनरत समग्र विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता, लैङगिकताका आधारमा कक्षा बाहमा अध्ययनरत विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता र विद्यालय प्रकृतिका आधारमा कक्षा बाह्रमा अध्ययनरत विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता विश्लेषण गर्नु प्रस्तुत शोधको उद्देश्य हो । यसरी प्रस्तुत गरिएका उद्देश्यहरूलाई व्यवस्थित, वस्तुपरक र वैज्ञानिक ढङगले अध्ययन विश्लेषण गर्दा सोद्देश्यमूलक नमुना छनोट पद्धति अपनाइएको छ । यसैगरी तथ्याङक सङकलन गर्ने कार्य गर्दा प्राथमिक स्रोतअन्तर्गत चितवन जिल्ला भित्रको भरतपुर महानगरपालिकालाई उपयोग गरिएको छ भने द्वितीयक स्रोतअन्तर्गत यसै शोधकार्यसँग सम्बन्धित विभिन्न शोधपत्र, पुस्तकहरू, इमेल, इन्टरनेट आदिको प्रयोग गरिएको छ । विज्ञापन लेखन क्षमताको समग्र स्थितिलाइ प्रतिशताङकको आधारमा हेर्दा १०० जना विद्यार्थीहरूमा २० प्रतिशतभन्दा कम विज्ञापन लेखन क्षमता भएका विद्यार्थी सङख्या ४ रहेको छ, जसको प्रतिशत पनि ४ नै रहेको देखिन्छ । २१ देखि ४० प्रतिशत अङक ल्याउने विद्यार्थीहरूको सङख्या ४१ नै रहेको छ, जसको प्रतिशत पनि ४१ नै रहेको देखिएको छ । ४१ देखि ६० प्रतिशत अङक ल्याउने विद्यार्थीहरूको सख्या ४५ रहेको छ भने प्रतिशत पनि ४५ नै रहेको देखिन्छ । ६१ देखि ८० प्रतिशत अङक ल्याउने विद्यार्थीहरू सङख्या १० रहेको छ, भने प्रतिशत पनि १० नै रहेको देखिन्छ । त्यसैगरी ८१ प्रतिशतभन्दा माथि अङक ल्याउने विद्यार्थीहरूको सङख्या शून्य र प्रतिशत अङक पनि शून्य रहेकाले समग्र विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यम रहेको मान्न सकिन्छ । समग्र विद्यार्थीहरूको मध्यमान र मानक विचलनका आधारमा समग्र विद्यार्थीहरूको प्राप्ताङक मानक विचलनका ०.९४ रहेको छ । मध्यमानभन्दा तल ५५ प्रतिशत र मध्यमानभन्दा माथि ४५ प्रतिशत रहेकाले समग्रमा विद्यार्थीको विज्ञापन लेखन क्षमता मध्यम रहेको मान्न सकिन्छ । लैङगिकताको आधारमा छात्रा विद्यार्थीहरूको विज्ञापन लेखन क्षमताको मानक विचलनका १.३१३ रहेको छ । मध्यमानभन्दा तल ६४ प्रतिशत र मध्यमानभन्दा माथि ३६ प्रतिशत रहेकाले छात्रा विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यम रहेको पाइन्छ । छात्र विद्यार्थीहरूको विज्ञापन लेखन प्राप्ताङकका आधारमा मानक विचलन २.२५८ रहेको छ । मध्यमानभन्दा तल ४६ प्रतिशत र मध्यमानभन्दा माथि ५४ प्रतिशत रहेकाले छात्र विद्यार्थीहरूको विज्ञापनलेखन क्षमता उच्च रहेको छ । विद्यालय प्रकृतिका आधारमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको विज्ञापनलेखन क्षमता मध्यमान ४.४८ छ भने मानक विचलनका १.३६३ रहेको छ । २० प्रतिशतभन्दा माथि १०० प्रतिशतसम्म अङक ल्याउने ४७ प्रतिशत रहेको छ । प्रतिशतको आधारमा संस्थागत विद्यालयका विद्यार्थीहरूको विज्ञापनलेखन क्षमता उच्च रहेको छ । विद्यालय प्रकृतिका आधारमा संस्थागत विद्यालयका विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यमान ४.९४ छ भने मानक विचलनका १.३२२ रहेको छ । २० प्रतिशतभन्दा माथि १०० प्रतिशतसम्म अङक ल्याउने ९८ प्रतिशत पाइएका छ । प्रतिशतका आधारमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता रामो रहेको पाइन्छ । सामुदायिक विद्यालयको प्रतिनिधि जनसङख्या ५० जनामध्ये ५० प्रतिशतको विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यमानभन्दा तल रहेको छ भने ५० प्रतिशत विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यमानभन्दा माथि छ । संस्थागत विद्यालयका विद्यार्थीहरूको विज्ञापनलेखन क्षमता मध्यमानभन्दा तल सङख्या २० र प्रतिशत ४० छ भन मध्यमानभन्दा माथि सङख्या ३० र प्रतिशत ४८ रहेको छ ।neसामुदायिक विद्यालयचितवन जिल्लाका कक्षा बाह्रमा अध्ययनरत विद्यार्थीहरूको विज्ञापन लेखन क्षमताको अध्ययनThesis