मुकुन्दप्रसाद गुरागाई Mukunda Prasad Guragaiलिम्बू, लोकराज Limbu, Lokraj2024-12-102024-12-102014https://hdl.handle.net/20.500.14540/23364शोधशीर्षकः साहित्यकार तथा गजलकार याम थुलङ (राई) को जीवनी, व्यक्तितव र कृतित्वको अध्ययन र विश्लेषण शोध प्रयोजनः त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङकाय स्नातकोत्तर तह दोस्रो बर्ष म.र.व. क्यामपस इलाम नेपाली विभाग दसौं पत्रको प्रयोजनको लागि । शैक्षिक सत्र प्रस्तुत मितिः २०७०÷११÷८ गते यस शोधपत्रलाई जम्मा ६ परिच्छेदमा विभाजन गरिएको छ । पहिलो परिच्छेदमा ‘शोधपरिचय’ राखिएको छ । यस परिच्छेद भित्र शोधशीर्षक, शोधकार्यको प्रयोजन, शोध विषयको परिचय, समस्या कथन, शोधपत्रको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोध कार्यको औचित्य, महत्व र उपयोगिता, शोधकार्यका सीमाङ्कन र सामग्री संकलन तथा अध्ययन विधि र शोधपत्रको रुपरेखा जस्ता उपशीर्षक राखेर चर्चा गरिएको छ । त्यसै गरी दोस्रो परिच्छेदमा साहित्यकार याम थुलुङको जीवनी मूल शीर्षक अन्तर्गत जन्म स्थान, बाल्यकाल, बाल्यकालको स्वभाव, शिक्षा दीक्षा, विद्यार्थी जीवनको प्रमुख गतिविधि, संस्कार कर्महरु, विवाह, कर्मक्षेत्रमा प्रवेश, दाम्पत्य जीवन र पारिवारिक स्थिति आर्थिक स्थिति, रुचि, साहित्यिक लेखन प्रेरणा र प्रभाव, प्रथम रचना प्रकाशित पुस्तकाकार कृतिहरु प्रकाशित कृतिहरुको सङक्षिप्त सूची पुरस्कार तथा सम्मान र जीवन र साहित्य सम्बन्धी धारणा अन्र्तगत रहेर याम थुलुङको जीव्नी अध्ययन गरिएको छ । शोधपत्रको तेस्रो परिच्छदेमा साहित्यकार तथा गजलकारका याम थुलुङको व्यक्तित्व शीर्षक अन्र्तगत बाह्य सम्बन्धी चर्चा गरिएको छ । साथै आन्तरिक व्यक्तित्वमा सम्पादनक व्यक्तित्व, कवि व्यक्तित्व, गीतकार व्यक्तित्व, रुवाई व्यक्तित्व, गीतकार व्यक्तित्व, धार्मिक व्यक्तित्व, सामाजिक व्यक्तित्व, साँस्कतिक व्यक्तित्व, निबन्धकार तथा कथाकार र समीक्षक व्यक्तित्व उपशीर्षक राखी याम थुलङको व्यक्तित्व अध्ययन गरिएको छ । चौथौं परिच्छेदमा साहित्यकार तथा गजलकार याम थुलुङको साहित्यिक यात्रा मूल शीर्षक अन्र्तगत पष्ठभूमि, लेखन कार्यको निमित प्रेरणा र प्रभाव, कविताको विकासक्रमका सन्दर्भमा याम थुलुङको उपस्थिति र योगदान, गजल विधाको विकासक्रमको सन्र्दभमा याम थुलुङको उपस्थिति र योगदान, साथै साहित्यिक सिद्धान्त याम थुलुङको साहित्यिक यात्राका विभाजन यस अन्र्तगत वहाँका पृष्ठभूमि काल पथम चरण र दोस्रो चरण आदिको चर्चा गरिएको छ । पाँचौ परिच्छेदमा साहित्यकार याम थुलुङको साहित्यिक कृतित्वहरुको अध्ययन मूल शीर्षक अन्र्तगत गजलको सैद्धानितक परिचय, गजल संरचना यस उपशीर्षक अन्र्तगत मतला, शायरी, मुक्ता र गजलका आन्तरिक उपकरण पर्ने काफिया, रदिफ, तखल्लुस, बहर तथा बहर निर्माणका लागि आवश्यक तत्वहरु, भाषा प्रयोग साथै उनका पुरस्काकार प्रकाशित कृतिहरुको विवेचना, गजल संरचना भाव तत्व र कविता सङग्रहको सामान्य अध्ययन र विश्लेषण गरिएको छ । शोधपत्रको छैटौं परिच्छेदमा याम थुलुङले कविता विधा र गजल विधामा दिएको योगदान बारेमा वहाँको समग्र मूल्याङ्कन (उपसंहार) को चर्चा गरिएको छ । शोधपत्रका समापन खण्डमा परिशिष्ट र सन्दर्भ ग्रन्थ साची राखेर शोधपत्रको अन्त्य गरिएको छ ।neसाहित्यिक यात्रा Sahitiyik yatraगजल सङग्रह Gajal sangrahसाहित्यकार याम थुलुङ (राई) को जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन र विश्लेषण {Sahitykar Yam Thuling (Rai) ko Jivni, byktitwa ra krititwako adhyayan ra bislesana)Thesis