बस्नेत Basnet, निरु Niru2022-06-142022-06-142009https://hdl.handle.net/20.500.14540/11199वर्तमान समयमा ब्राह्मण क्षेत्री परिवारमा बुहारीहरूका अवस्थाको बारेमा अध्ययन गरिएकोछ । अध्ययन क्षेत्रका रुपमा कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६, बाटुलेचौरको चमेरी गुफा मार्गलाई छनौट गरिएको छ । बुहारीलाई सक्षम र सबल बनाउनको लागि विभिन्न समुह, सघ–संस्थाहरूको प्रायस अभिमुखीकरण तालिम, सेमिनारहरू भएतापनि महिलाको संलग्नता न्यून रहेको छ । यस अध्ययनको मुख्य उद्देश्यहरू निम्न छन ब्राह्मण क्षेत्री परिवारका बुहारीहरूका समाजिक आर्थिक स्थिति पत्तालगाउने र । दैनिक जीवनयापन एवंम पारिवारिक कार्य प्रक्रियामा बुहारीहरूको अवस्थाका विश्लषण गर्ने । यस क्षेत्रमा विवाहित महिला जुन विशेषगरी बुहारीहरूको वर्तमान अवस्थामा उनीहरूका भूमिकाको बारेमा यस भन्दा अगाडि कुनैपनि सङघसंस्था तथा व्यक्तिबाट अध्ययन नभएको कारणले यो शोधपत्र तयार गरिएको छ । यस शोधपत्रमा ब्राह्मण क्षेत्रीजातिका बुहारीहरूलाई मात्र समेटिएका छ र उनीहरूनै उत्तरदाताको रुपमा रहेका छन ।यस अध्ययनमा सैद्धान्तिक व्याख्या र विश्लेषणका लागि लैङिगक दष्टिकोणको प्रयोग गरिएकोछ । यसमा अन्वेषणात्मक एवम वर्णनात्मक ढाँचाको प्रयोग गरिएको छ भने एउटै वडाका ६२ घर परिवारलाई जनगणना विधिद्वारा अध्ययन गरिएको छ । तथ्याङ्ख संकलन गर्नकालागि प्राथमिक तथ्याङ्क र द्वितीय तथ्याङ्कको प्रयोग गरिएको छ । प्राथमिक तथ्याङकमा अन्र्तवार्ता अनुसूचि र वैयक्तिक अध्ययन रहेका छनभने द्वितीय तथ्याङकमा सघ संस्थाबाटप्रकाशित लेख, रचना, जर्नल, थेसिस आदि रहेका छन । प्राथमिक तथ्याङ्कबाट प्राप्तमात्रात्मक तथ्याङ्कहरूलाइ तालिकाको माध्यमद्वारा विश्लोषण गरिएको छ भने गुणात्मक तथ्याङ्कहरूलाई व्याख्यात्मक रुपमा विश्लेषण गरिएको छ । प्राप्ति परिवारमा शैक्षिक चेतनाको विकास भएको दखियो । पितृसत्तामा आधारित मुलकका कारण महिलाप्रतिको त्यवहारमा परिवर्तन आए तापनि धारणा अझै पनि त्यस्तै रहेको देखियो । छोरा र छोरी पनि बराबर छनभन्ने धारणाको विकास भएको पाइयो । विगतको तुलनामा छोरी बुहारी बराबरी छनभन्ने धारणाको विकास भएको पाइयो । बुहारीहरूले पनि आयार्जनका क्षेत्रमा लागेको देखियो । निष्कर्ष वर्तमान परिवेशमा ब्राह्मण क्षेत्री परिवारमा बुहारीको भूमिकामा परिवर्तन आएका छन् तरपनि हाम्रो समाज पितृपसत्तामा आधारित समाज रहेकाले बुहारीहरू अझै पनि घरभित्र सीमित भूमिकामा रहेको पाइयो । बुहारीहरूको व्यक्तिगत, समाजिक, आर्थिक, शैक्षिक क्षेत्रहरूमा केही सुधार भएता पनि उनीहरूको अवस्था अझै पनि कमजोर नै रहेको पाइयो ।neब्राह्मण क्षेत्री परिवार Brahmin Kshetri familyशैक्षिक चेतना Educational consciousnessवर्तमान समयमा ब्राह्मण क्षेत्री परिवारमा बुहारीहरूको अवस्था (कास्की जिल्ला, पो.ले.म.न.पा.वडा नं. १६ स्थित चमेरी गुफा मार्गका समाजशास्त्रीय अध्ययन){The Present situation of Daughters-in-law in the Brahmin Chhetri Family (Sociological Study of Chameri Cave Road Located at Kaski District, Po.L.M.N.P. Wada No. 16)}Thesis