थापा Thapa, हरिबहादुर Haribahadur2022-03-042022-03-042011https://hdl.handle.net/20.500.14540/8695प्रस्तुत् शोधपत्र माध्यमिक विद्यालयको भौतिक सुधारमा व्यवस्थापन समितिको योगदान शीर्षकको मुख्य उद्देश्य विद्यालयको भौतिक सुधारमा व्यवस्थापन समितिको योगदानको विश्लेषण गर्नु रहेको छ । अनुसन्धानबाट प्राप्त उद्देश्य हासिल गर्न यो शोधपत्र गुणात्मक र परिमाणात्मक ढाँचामा आधारित छ । यो शोधकार्य १० वटा माध्यमिक विद्यालयलाई जनसङ्ख्या मानी ७ वटा विद्यालयलाई नमूना छनोट गरी अध्ययन अनुसन्धान गरिएको छ । अध्ययनका लागि शोधकर्ता स्वयम उपस्थित भएर नमूना छनोटमा परेका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक तथा प्रधानाध्यापक, विद्यार्थी र स्रोतव्यक्तिसँग प्रश्नावली, अन्तर्वार्ताको माध्यमबाट यो अध्ययन अनुसन्धान गरिएको छ । यस अध्ययनको तथ्याङ्क सङ्कलनको क्रममा प्रश्नावली प्रयोग गरियो भने केही द्वितीय तथ्याङ्कहरू विभिन्न लेख, रचना, पत्रपत्रिका विद्यालय अभिलेख, स्मारिका आदिबाट सङ्कलन गरियो । भौतिक साधन सुविधाको व्यवस्थाहुनु, वि.व्य.स.लाई विद्यालय प्रतिको भूमिकाको पहिचान हुनु, विद्यालयप्रति जिम्मेवारी र दायित्व थपिनु, सुधारात्मक कदम चाल्न सक्रियता र चासो बढ्नु, सरकारको मुखताक्ने प्रवृत्ति घट्नु, विद्यालय र समुदायबीचको सुमधुर सम्वन्ध बढ्नु, विद्यालयको आर्थिक कारोवार र निर्णय प्रक्रियामा स्पष्ट र पारदर्शी हुनु, वि.व्य.स.ले प्रशासनिक काम कार्वाहीमा दबाव दिनु, अस्थायी शिक्षक नियुक्तिमा नातावाद कृपावादको प्रभावकारिता वढ्नु, टाठाबाठाले वि.व्य.स.मा प्रभुत्व जमाउनु रहेको पाइयो । यस अध्ययनबाट प्राप्त नतिजाको आधारमा विद्यालय व्यवस्थापन समितिलाई समय समयमा कार्यक्रम तथा तालिमको व्यवस्था हुनुपर्ने, पुरस्कार र दण्डको नीति अपनाउनु पर्ने, व्यवसायिक तथा रोजगारमूलक शिक्षामा सरकारले जोड दिनुपर्ने, सरोकारवालासँग छलफलको व्यवस्थापन गर्नुपर्ने, विद्यालय व्यवस्थापन समितिलाई काम, कर्तव्य र अधिकारको बोध गराउने, आदिका लागि शिक्षक, प्रधानाध्यापक, जिल्ला शिक्षा कार्यालय देखि लिएर शिक्षा मन्त्रालयसम्मका लागि आवश्यक सुझावहरू प्रस्तुत गरिएको छ । neभौतिक सुधार Physical improvementमाध्यमिक विद्यालय Secondary schoolमाध्यमिक विद्यालयको भौतिक सुधारमा व्यवस्थापन समितिको योगदान {Management in the Physical Improvement of Secondary Schools Contribution of the Committee}Thesis