राम बहादुर भण्डारी Ram Bahadur Bhandariन्यौपाने,पुरुषोत्तम Neupane Purshottam2026-02-262026-02-262081https://hdl.handle.net/20.500.14540/25743प्रस्तुत अध्ययन संस्थागत विद्यालयको शैक्षिक व्यवस्थापन भन्ने शिर्षकमा तयार गरिएको हो । यस अध्ययनको प्रमुख उद्देश्य भने को संस्थागत विद्यालयको शैक्षिक विकास तथा व्यवस्थापनमा वि.व्य.स. अध्यक्ष तथा प्रधानाध्यापकको भूमिका के कस्तो रहेको छ भनि हेर्नु हो । यस अध्ययनको लागि आवश्यक पर्ने तथ्याङ्क प्राथमिक स्रोतबाट संकलन गरिएको छ जसको लागि प्रश्नावली , अन्र्तवार्ता र छलफल जस्ता स्रोतहरुबाट तथ्याङ्क संकलन गरिएको छ । यस अध्ययनको क्रममा विभिन्न प्रश्नावली तयार गरी विद्यार्थी , प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्षबाट तथ्याङ संकलन गरिएको छ । यस अध्ययनबाट विद्यालयको विकास तथा व्यवस्थापनमा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षको भुमिका खासै महत्वपूर्ण पाइएको छैन । विद्यालय भने को ज्ञान आर्जन गर्ने ठाउँ हो तर संस्थागत विद्यालय नाफामुखी भएको कारणले शिक्षा प्रदान गर्नु भन्दा नाफा आर्जन तर्फ संस्था अग्रसर भएको पाइयो । संस्थागत विद्यालयको शैक्षिक व्यवस्थापन तथा विकासमा आइपरेका समस्याहरु समाधान गर्नको लागि विभिन्न छलफल कार्यक्रम, तालिम कार्यक्रम सञ्चालन गर्दै आउने दिनमा अगाडी बढनु पर्ने देखिन्छ । अझै संस्थागत विद्यालयको व्यवस्थापन तथा विकासको लागि प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विभिन्न सरोकारवाला, अभिभावकहरुबिच दोहोरो सञ्चार कार्यक्रम संचालन आवश्यक देखियो । त्यस्तै विद्यालयको विकासको लागि विभिन्न समस्याहरु समाधान गर्दे अघि बढ्नु पर्दछ जसको लागि नीतिगत तह, अनुसन्धान तह र कार्यान्वयन तह गरि तीन किसिमबाट विभाजन गरि व्याख्या गरिएको छ ।neसंस्थागत विद्यालय (Sasthagata bidhayalay)शैक्षिक व्यवस्थापन ( saikshik bebasthapan)संस्थागत विद्यालयको शैक्षिक व्यवस्थापन { Sasthagta bidhayalayako saikshik bebasthapanThesis