दवाडी, सरोजरेग्मी, गीता2026-07-062026-07-062025https://hdl.handle.net/20.500.14540/27160साहित्यकार रामलाल जोशीद्वारा लिखित बाआमा कथासङ्ग्रह फरक शैलीको प्रयोग गरिएको यथार्थवादी कथा हो । उक्त कृतिअन्तर्गतको बाबाको माया, आमाको काख र भेटिएकी देवी आदि कथालाई विश्लेषणको लागि लिइएको छ । उक्त तिनवटै कथाहरू पूर्वदीप्ति शैलीमा लेखिएकाले पठन र अध्ययनका दृष्टिले पनि मार्मिक र सरल रहेका छन । बाआमा कृतिका कथाहरूको विश्लेषण गर्दा कथानकगत रूपमा बाबाको माया कथामा म पात्रको घरमा ऊ र उसकी आमा मात्र हुन । बाबु प्रजातन्त्र प्राप्तिको लागि सङघर्ष गर्दा जेल जीवनमा रहनु भूमिगत हुनु कथानकको आरम्भको रूपमा आएका छन । यसैगरी म पात्रको बाबु घर आउनु, केही समय बसेर फेरि जानु र गएको तिन महिनामा घर आउनु, देशमा प्रजातन्त्र आउनु गाउँमा चुनाव आउनु, म पात्रको बाबुले टिकट नपाउनु तिन पटकसम्म पनि टिकट नपाएपछि म पात्रको बाबुले राजनीति त्यागेको घोषणा गर्नु र पूर्ण रूपमा कृषक भन्नु यस कथाको सङ्घर्ष विकासको रूपमा आएका छन । त्यस्तै एक रात घरमा माओवादीको प्रवेश हुनु, बाबुलाई सुराकीको आरोप लगाउनु र छोरा र बुढीलाई खापामा बाँधी उनीहरूकै अगाडि बाबुलाई परालको खाटले पुरेर आगो लगाई भयानक हत्या गर्नु चरमका रूपमा आएका छन । त्यसपछि बाबुको हत्या देखेको म पात्र र उसकी आमा मानसिक रूपमा विक्षिप्त हुनुले कथाको सङघर्षह्राषको अवस्थालाई बुझाएको छ । त्यसैगरी सोझो सिधा मान्छेमाथि सबै अत्याचार हुने सन्देश म पात्रले बुझ्नु कथाको उपसंहारको रूपमा आएको छ । त्यसैगरी आमाको काख कथामा म पात्र र उसकी आमाले एकल तथा गाउँले जीवन बिताउनु आफ्नी आमाको विधवा स्वरूप म पात्रले नरुचाउनु, म पात्रको नन्नी बालसखा हुनु, रिस उठेको बेलामा म पात्रकी आमाले उसले नन्नीको गु खाएको कुरा गर्नु, आमालाई सहयोग गर्ने ध्येयले म पात्र पढन छोडेर गोठालो जानु, आरम्भको रूपमा आएका छन । त्यसैगरी हैजा फैलन, हैजाबाट बच्न म पात्र र उसकी आमा ओढारमा गएर बस्नु, म पात्रकी आमाले छोरालाई पढाउन बालुवा र ढुङगा बोक्नु, म पात्र उच्च शिक्षा हासिल गर्न सहर जानु, कथानकको सङ्घर्ष विकासको रूपमा आएका छन । मैले पढेर घर घडेरी किन्नु विवाह गर्नु, सन्तान हुनु गाउँमा आमाको अवस्था उस्तै हुनु, म पात्रले आमालाई सहर लैजानु, केही दिनपछि आमा गाउँ फर्कन, सहर जान नमान्नु, अचानक आमा बिरामी हुनु, आमालाई सहर लैजानु, आमाको मानसिक स्मृति गुम्नु, आमाप्रति म पात्र र उसको परिवार चिढिनु, म पात्र लेख्न घरबाहिर गएको अवस्थामा आमा कहिल्यै नफर्कने गरेर घर छोडेर जानु, चरमको रूपमा आएका छन । जति नै प्रयास गरे तापनि आमालाई नभेटनु, म पात्रलाई आमाको झझल्को आउनु, सबैकुरा भए तापनि आमा नहुँदा रित्तो भएको अनुभव गर्नु, कथाको सङघर्षह्रासका रूपमा आएका छन । त्यसपछि म पात्रले आमाको महŒव बुझ्नु कथाको फलप्राप्तिको रूपमा आएर उपसंहारका रूपमा आएको छ । भेटिएकी देवी कथा म पात्र र देवी बाल्यकालका साथी हुन । म पात्र र देवीले भवानीलाई भाकल दिने, बली दिने खेल खेल्नु, जसमा देवीले एक वर्ष छाउ भएको अर्को वर्ष ऊ गर्भवती भएको, अर्को वर्ष सुत्केरी भएको र अन्तिममा विधवा भएको नाटक गर्नु, कथानकको आरम्भका रूपमा आएका छन । देवीलाई उसका बाआमाले देउकीको लागि बेच्नु र देवी देउकी बन्नु सङ्घर्ष विकासको रूपमा आएका छन । मन्दिरमा पुजारीलगायत अन्य पुरुषले देवीमाथि शारीरिक शोषण गर्नु, कलिलै उमेरमा देवीले बच्चा पाउनु, पाँच छोरी र चार छोरा कि आमा देवीले छोरीलाई मन्दिरमै छोडेर छोरालाई लिएर भाग्नु, नदीकिनारमा कुटी बनाई बस्नु, मजदुरी गरेर छोराहरू पढाउनु छोराहरूले आफू बाबु बिनाको सन्तान भन्ने थाहा पाएपछि घर छोडेर भाग्नु, तिन वर्ष पुग्दा पनि घर फर्कनु, चरमको रूपमा आएका छन । छोराहरूले आफूलाई किन छोडेर गए भन्ने प्रश्नमा देवी रुमलिन, अरुले गरेको अपराध र समाजको धार्मिक व्यवस्थाको शिकार आफू र छोराहरू भएकोमा देवी विक्षिप्त हुनु, सङघर्षह्रासको रूपमा आएका छन । त्यसगरी देवीको अवस्था देखेर म पात्र गहिरो सोचाइमा पर्नु, महिलालाई पूज्य मान्दै देवी हो भने तापनि धार्मिक विकृति जस्तो देउकी प्रथाले महिलालाई जिउँदै नरकमा पु¥याउने तथा महिलाहरू समाजमा अझै पनि हरेक पक्षबाट शोषणमा परेको फलागमसँगै कथा अन्त्य भएको छ । यसरी प्रस्तुत तिन वटै कथाहरू कथानक संरचनाको आधारमा उत्कृष्ट रहेका छन । कथाको पात्रगत संरचनालाई मध्यनजर गर्दा बाबाको माया कथाको पात्रविधानमा प्रमुख पात्रको रूपमा म पात्र उसको बाबु र आमा रहेका सहायक पात्रमा राईला मामा तथा गौण पात्रको रूपमा कान्छा बराजु, दले आदि रहेका छन । यी पात्रहरूमध्ये म, बाबु, आमा, दले अनुकूल र राईला मामा, कान्छा बराजु आदि प्रतिकूल पात्र हुन । म पात्र बाबुआमा राईला मामा र कान्छा बराजु मञ्चीय पात्रको रूपमा आएका छन भने नेपथ्य पात्रको रूपमा दले राइँला मामाको छोरा आएका छन । त्यसैगरी म, बाबु, आमा, राइँला मामा बद्ध पात्र हुन भने कान्छा बराजु, दले, राइला मामाको छोरा मुक्त पात्र हुन । त्यसैगरी आमाको काख कथाको पात्र विधानलाई हेर्दा म पात्र, आमा र नौनी रहेका छन, जसमा म र आमा प्रमुख पात्र हुन भने नौनी एउटा पात्र हो । म कथामा गतिशील बनेको पाइन्छ । आमा र नन्नी स्थिर मात्र हो । यी तीनवटै पात्रहरू अनुकूल प्रवृत्तिका रहेका छन भने म, आमा र नन्नी मञ्चीय पात्र हुन । म पात्र र आमा बद्ध पात्र हुन भने नन्नी मुक्त पात्र हो । त्यसैगरी भेटिएकी देवी कथामा प्रमुख पात्रका रूपमा म पात्र देवी बोहोरा रहेकी छन भने सहायक पात्रको रूपमा बुढो मान्छे पजारी र टिकेश्वरी आमै रहेका छन तथा राजासाहेब यस कथाको गौण पात्र हो । देवी र म पात्र गतिशील पात्र हुन भने बुढो मान्छे, पुजारी र राजासाहेब स्थिर पात्र हुन । देवी र म पात्र अनुकूल चरित्रका छन भने बूढो मान्छे, पूजारी र राजासाहेब प्रतिकूल चरित्रका पात्रहरू हुन । त्यसैगरी देवी, म पात्र, बूढो मान्छे, पुजारी टिकेश्वरी बद्ध पात्र हुन भने राजासाहेब मुक्त पात्र हुन । यसरी पात्रविधानका आधारमा माथि प्रस्तुत गरिएका तिन वटै कथा उत्कष्ट रहेका छन । भाषिक संरचनालाई केलाउँदा प्रस्तुत तिनवटै कथामा शब्द चयनमा नाम, सर्वनाम, विशेषण, क्रियापद, क्रियाविशेषण, संयोजक, नामयोगी, निपात, अनुकरणात्मक, विस्मयादिबोधक, तत्सम, तदभव र आगन्तुक शब्दहरूको चयन रहेको छ भने कोशीय व्याकरणिक, ध्वनि प्रक्रियात्मक, लेख्य प्रक्रियात्मक, भाषिक र प्रयाुक्तिगत विचलनहरूको प्रयोगले भाषालाई आकर्षक बनाइएको छ । त्यसैगरी आन्तरिक र बाह्य समानान्तरतााको प्रयोगबाट अभिव्यक्तिमा सुन्दरता कायम गरिएको छ । यसरी चयन, विचलन र समानान्तरताको आधारमा गरिएको भाषिक विश्लेषणको आधारमा कथाहरू उत्कृष्ठ रहेको पाइन्छ । अतः यस बाआमा कथासङग्रहको शैलीवैज्ञानिक कथानक संरचना, पात्रविधान तथा भाषा संरचनाको आधारमा विश्लेषण गर्दा कृति उत्कृष्ट रहेको कुरा यस शोधपत्रमा साक्ष्यसहित विश्लेषण गरिएको छ ।neकथासङ्ग्रहभाषा संरचनाबाआमा कथासङ्ग्रहको शैलीवैज्ञानिक अध्ययनThesis