सन्ध्या खनालबज्राचार्य सन्ध्या2026-04-272026-04-272081https://hdl.handle.net/20.500.14540/26466त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत नेपाली इतिहास, संस्कति तथा पुरातत्व केन्द्रीय विभागबाट स्नातकोत्तर उपाधि प्राप्तिका लागि तयार पारिएको यो शोधपत्रको शीर्षक “काठमाडौंमा प्रचलित यःसिं परम्पराको संस्कतिक अध्ययन” हा । यसमा काठमाडौंका विभिन्न स्थानमा प्रचलित विभिन्न जात्रापर्वहरूसँग जाडिएको यःसिं परम्पराको ऐतिहासिक पृष्ठभूमि, यःसिं उठाउनुका उद्देश्य तथा यस परम्परासँग सम्बन्धित विभिन्न जाति र गुठी प्रणालीका पक्षहरूको अध्ययन गरिएको छ । जात्रा पर्वहरूमा यःसिं उठाउनुको धार्मिक, सांस्कृतिक महत्वका बारेमा पनि यसमा चर्चा गरिएको छ । यो अनुसन्धान विशेषतः यःसिं परम्पराको ऐतिहासिकता के हो ? काठमाडौंका विभिन्न स्थानमा यःसिं उठाउँदा पालना गर्नुपर्ने विधिविधान के हो ? यःसिं परम्पराका लागि के कस्ता गुठी व्यवस्थाहरू गरिएका छन भन्ने खोजमा केन्द्रित रहेको छ । काठमाडौंमा मनाइने विभिन्न जात्रापर्वहरूका बारेमा थुप्रै पुस्तक लेखिएका छन भने फुटकर रचनाहरू पनि धेरै नै प्रकाशित छन । तर ती पर्वहरूसँगै उठाइने यःसिंका बारेमा भने चर्चा गरिएको पाइँदैन । यसबारे छुट्टै अध्ययन आजसम्म भएको छैन । काठमाडौंका जात्रापर्वहरूमा यःसिं उठाइँदा यःसिं उठाउने आफै पनि एक पर्वका रूपमा सम्पन्न गर्ने भएकोले यसको महत्वबारे छुट्ट अध्ययन हुनु आवश्यक महसुस गरी यो शोध गरिएको हा । यो शोध अनुसन्धान विश्लेषणात्मक ढंगले तयार गरिएको छ, जसमा अन्तर्वार्ता र अवलोकन विधिहरूको उपयोग गरिएको छ । शोधका क्रममा जात्रासँग सम्बन्धित सरोकारवाला व्यक्ति, सम्बन्धित गुठीका पदाधिकारी, यःसिंबारे जानकार प्रबुद्धवर्घ आदिसँग अन्तर्वार्ता गरिएको छ । द्वितीय सोतका रूपमा विभिन्न जात्रापर्वसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका, ऐतिहासिक दस्तावेज र सामाजिक सञ्जालमा विज्ञहरूद्वारा सम्प्रेषित सामग्रीहरूको अध्ययन गरिएको छ । काठमाडौंमा यःसिं उठाउने प्रशंग आउँदा धेरैले इन्द्रजात्रा ताका हनुमानढोका दरवार परिसरमा उठाइने यःसिंलाई मात्रै सम्झेका हन्छन । तर काठमाडौंमा यो भन्दा बाहेक अरू पनि धेरै जात्राहरूमा यःसिं उठाउने गरिन्छ । इन्द्रजात्राकै बेला पनि हनुमानढोका बाहक टेबहाल, भद्रकाली मन्दिर, पशुपति क्षेत्रमा पनि यःसिं उठाउने गरिन्छ । पाहांचः¥हे, गहना खोज्ने जात्रा, आदिका बेला पनि यःसिं उठाउने चलन रहेको छ । यःसिंका बारेमा विभिन्न पुराण, उपनिषद, आदिमा पनि प्रशस्तै वर्णन गरिएका छन । ठूला जात्राहरूको एक सहायक पक्ष मात्र भए पनि यःसि उठाउनका लागि पनि पहिले पहिले विभिन्न व्यवस्था गरिएको पाइन्छ । कतिपय क्षेत्रमा भने आर्थिक स्रोतको अभावका कारण यो पर्व हराउँदै गएको पनि पाइन्छ । शोधको निष्कर्षमा के भन्न सकिन्छ भने काठमाडौंमा मनाइने विशेष गरी ठूला जात्राहरूमा यःसिं उठाउने गरेको पाइन्छ । यःसिंल ती जात्राको गरिमा उजागर गर्दछ । यःसिं विशेष गरी ठूला जात्रामा स्वर्घ र अन्तरिक्षमा रहेका देवीदेवताहरूलाई समेत जात्रामा सहभागी हुन आह्वान गर्नका लागि उठाउने गरिन्छ । यो उपत्यकाका नेवार समुदायले मनाउने ठूला जात्रा पर्वको मौलिक सांस्कृतिक कर्म हा । केही ठाउँमा यःसिं उठाउने प्रचलन हराएर पनि गइसकेको छ । जात्राको मौलिकता र काठमाडौंको सांस्कृतिक पहिचान कायम गर्न यःसिं परम्परालाई जीवन्त राख्न आवश्यक छ । यसको लागि संघीय, प्रदेश र स्थानीय सरकार लगायत स्थानीय जनताको चासो रहनु जरूरी छ ।neसाँस्कृतिक अध्ययनकाठमाडौंमा प्रचलितकाठमाडौंमा प्रचलित यःसिं परम्पराको साँस्कृतिक अध्ययनThesis