विश्वास Bishwas, शान्ति कुमारी Shanti Kumari2022-07-142022-07-142022https://hdl.handle.net/20.500.14540/11724यो अध्ययन मुसहर समुदायका विवाहित महिलाहरुको सामाजिक, आर्थिक र शैक्षिक अवस्थाले प्रजनन स्वास्थ्यमा पारेका प्रभाव शीर्षकमा गरिएको छ । यस अध्ययनले मुसहर समुदायका महिलाहरुको आर्थिक अबस्थाले प्रजनन स्वास्थ्यमा पारेका प्रभाब पत्ता लगाउनु, मुसहर समुदायका महिलाहरुको सामाजिक अबस्थाले प्रजननमा पारेको प्रभाबको पहिचान गर्नु, मुसहर समुदायका महिलाहरुको शैक्षिक अबस्थाले प्रजनन स्वास्थ्यमा पारेको प्रभाब पत्ता लगाउनु यस अध्ययनका मुख्य उद्देश्यको रूपमा राखिएको छ । यस अध्ययनमा वर्णनात्मक ढाँचामा आधारित रहेकाले अध्ययन क्षत्रका १५ देखि ४९ वर्षका विवाहित २७० महिलाहरूलाई नमुनाको रुपमा छनोट गरिएको छ । यसका लागि जनगणना विधिको प्रयोग गरीएको छ । छनोटमा परेका उत्तरदाताबाट अन्तर्वार्ता सुची मार्फत र द्धितिय स्रोत मार्फत तथ्याङकहरू सङकलन गर्ने काम गरिएको छ । सुनसरी जिल्लाको गढाी गाउँपालिका वाड नं. २ को मसहर समदायका महिलाहरुमा सामाजिक, आर्थिक,शैक्षिक पक्षका कारण प्रजननमा देखा परेका समस्या वा प्रभावको अध्ययन तथा अनुसन्धान गर्ने क्रममा गरिएको सर्वेक्षणअनुसार यस स्थानका महिलाको प्रजनन स्वास्थ्य स्थिति त्यति राम्रो नभएको स्थलगत सवेक्षणले देखाएको छ । मुसहर समुदायमा बढी संयुक्त परिवारको चाहना रहेको छ । आर्थिक रुपमा उनीहरु बच्चालाई नै कतिपयले भनेका पनि छन धेरबच्चा भयो भने सबैले कमाएर ल्याउँदा घरपरिवार राम्ररी गुजारा गर्न सकिन्छ । मुसहर समुदायका महिलाहरु अघिकांश आशिक्षित भएकाकारण उनीहरु गृहणी जीवनमा बढी व्यवस्त रहेका छन । उनीहरु प्राय निरक्षर नै रहेका छन । १५–१९वर्ष उमेरमा ६३% ले मुसहर समदायका महिलाहरु विवाह गरेको पाइएको छ ।१५–४९ वर्ष उमेरका बच्चा भएका मुसहर महिलाको प्रजनन कार्यमा सामाजिक आर्थिक तथा शैक्षिक पक्षले के कस्ता प्रभाव परेका छ भनी गरिएको अध्ययन तथा अनुसन्धान कार्यमा यहाँका महिलाको प्रजननमा उल्लेख्य समस्याहरु रहेका सर्वेक्षणले जनाएको छ । यसका साथै बेरोजगारी, अशिक्षा रुढीवादी परम्परा धार्मिक विश्वासका कारण नै हो । यस अध्ययनले महिलाको प्रजनन क्षमता तथा उनीहरुका लागि उपयुक्त उमेरको आवश्यकता पनि महत्वपूर्ण रहेको उल्लेख छ। तसर्थ समग्रमा गढी गाउँपालिका वडा नं. २ का वैवाहिक मुसहर महिलाको प्रजनन कार्यमा सामाजिक, आर्थिक तथा शैक्षिक पक्षले प्रत्यक्ष रुपमा प्रभाव पारेको देखाएको छ ।neमुसहर समुदाय Musahara samudāyaप्रजनन स्वास्थ्य Prajann Swasthyशैक्षिक अवस्था Saikshika avasthaविवाहित महिला Bibahit mhilaमुसहर समुदायका विवाहित महिलाहरुको सामाजिक आर्थिक र शैक्षिक अवस्थाले प्रजनन स्वास्थमा परेको प्रभाव {Musahar Community's Impact on Married Women, Socio-economic and educational Status, Reproductive Health}Thesis