भट्ट Bhatt, संगीता Sangeeta2022-06-072022-06-072012https://hdl.handle.net/20.500.14540/10902गोरखा जिल्लाको मसल गा.वि.स. मा सञ्चालित घ्याम्पेसाल बचत तथा ऋण सहकारीसंस्थामा संलग्न सदस्यहरुको आर्थिक स्थिति तथा उनीहरुका बालबालिकाको शैक्षिक क्षेत्रमापारेको प्रभाव शीर्षकमा गरिएको अध्ययनमा सहकारी संस्थाको परिचयउल्लेख गर्नु, बचततथा ऋण सहकारी संस्थामा आबद्धसदस्यहरुको आर्थिक अवस्थाको व्याख्या गनसहकारीमासंलग्नसदस्यका बालबालिकाको शैक्षिक अवस्थापत्तालगाउनु उद्देश्य रहेका छन । उक्त उद्देश्य प्राप्त गर्न वर्णनात्मक तथा विश्लषणात्मक ढाँचाको माध्यमबाटप्राथमिक र द्धितीय स्रोतबाट प्राप्त तथ्याङ्क लाई तालिका प्रयोग गरी विश्लषण गरिएको छ ।प्राथमिकतथ्याङ्क सकलन गर्न सहकारी संस्थामा आबद्ध १०० जना सदस्यहरुलाइ स्रोतकारुपमा लिइएको छ भने अनुसन्धानलाइ सार्थक बनाउनका लागि आवश्यक अन्यतथ्याङ्कहरुका लागि द्धितीय स्रोतको रुपमा जिल्ला विकास समितिको कार्यालय गोरखा,डिभिजन सहकारी, कार्यालय गोरखा मसेल गा.वि.स. को कार्यालय, कन्द्रीय तथ्याङ्क विभाग,केन्दीय सहकारी सघलाइ द्धितीय तथ्याङ्कको स्रोत बनाइएको छ । वि.स. २०६५÷०६÷१० गते ५५ जना शेयर सदस्यहरु भेला भइ छलफल गरी२०६५÷१०÷२५गते उदय भट्टको अध्यक्षतामा संचालन गरी कारोबार शुरु भएको थियो ।३५ जना शेयर सदस्यहरुबाटशुरु गरिएको यस संस्थामा हाल ३००भन्दा बढी घरपरिवारसदस्यहरु यस संस्थामा प्रत्यक्ष रुपमा संलग्न रहेका छन । यस संस्थाले स्थानीयसदस्यहरुलाई समूहमा आबद्ध गराइ सामूहिक धिता नराखीकन सरल र सस्तो व्याजदरमाऋण सुविधा उपलब्ध गराएको छ । जुन यस संस्थाको ठूलो उपलब्धि हो । संस्थाको वर्तमान आर्थिक क्रियाकलापको अध्ययन गर्दा संस्थाको जम्मा दायित्वतथा पूँजी आ.व२०७०÷७१मा १३,३६००३३.९रहेका थियो भने आ.व २०७१÷७२ मा बढेर२०३९७७७८४१पुगेको देखिन्छ । त्यसैगरी लगानीको क्षेत्रफललाई हेदा आ.व २०७०÷७१मा रु ९१७००५९.०० रकम शिक्षा, व्यापार, भवन निमाण, वैदेशिकरोजगार, लघु उद्यम रकृषि गरी विभिन्न शीर्षकमा लगानी गरेको पाइयो भने आ.व २०७१÷७२ मा रु१६७०२०४०.०० रकम यिनै शीर्षकहरुमा लगानी गरेको पाइयो । सहकारीमा आबद्ध१००परिवारको कुल वार्षिक आम्दानी आ.व २०७१÷७२ मा रु १५०१८७००.०० रहेको छ भन औषत प्रतिसदस्य वार्षिक आम्दानी रु १५०१८७.०० रहेका छ । त्यसैगरी नमूनाघरपरिवारको वार्षिक खर्च २०७२ मा रु ९५५०९७० रहेको छ भने औषत प्रतिसदस्यवार्षिक खर्चरु ९५५०९.७०रहेको छ । खर्च भन्दा आम्दानी बढी भएकोले जम्मा वार्षिकबचत र ५४६७७३०.०० रहेको पाइयो । घ्याम्पेसाल बचत तथा ऋण सहकारीका नमूना छनौटमा परेका सदस्यहरुको आर्थिकअवस्थासुधारोन्मुख रहेको पाइयो । आम्दानबिाट खर्च कटाई बाँकी रहेको बचतलाई सोहीसहकारीमा बचत गन गरेको पाइयो । बालबालिकाको शैक्षिकअवस्थालाई हदा अघिकांशबालबालिकाहरु सरकारी विद्यालयमा अध्ययन गरको पाइयो किनकी गाउँ गाउँमा निजीविद्यालय कम मात्रामा मात्र स्थापना हुनु यसको कारण देखिएको छ । यस सहकारीलसदस्यहरुलाई आर्थिक सकटपर्दा सजिल्यैसमस्या हल गरिदिने, वैदेशिक रोजगारीमा जान,व्यापार व्यवसाय गर्न, शिक्षाका लागि सुलभ व्याजदरमा सहज तरिकाले कर्जा उपलब्ध Œगराउने हुँदा आफ्नो आर्थिक तथा शैक्षिक स्तर उकास्न यस सहकराीले मह वपूर्ण भूमिकाखेलेको पाइन्छ । यस सहकारी सदस्यहरुको जीवनको एउटा सहयात्री बनेको कुरा यससहकारीका सदस्यहरुको भनाइबाट सुन्न सकिन्छ । सदस्यहरुल अपेक्षा गरे बमोजिम तालिम तथा परामर्श प्राप्त गर्न नसक्नु संस्थाकाप्रभावकारी निरीक्षण तथा अनुगमन हुनु नसक्दा ऋणको दरुप्रयोग हुन सक्न देखिन्छ जसकालागि समय–समयमा अनगमनतथा मूल्याङ्कन गर्ने र सरकारी स्तरबाटै विभिन्न किसिमकातालिमको व्यवस्थागर्नुपन जस्ता सुझावहरु यस अध्ययनमा प्रस्तुत गरिएको छ ।neसहकारी संस्था Sarkari Sasthaआर्थिक स्थिति Arthik Esthitiशैक्षिक क्षेत्र Saichik chetraसहकारी संस्थामा संलग्न सदस्यहरुको आर्थिक स्थितितथाउनीहरुकाबालबालिकाको शैक्षिक क्षेत्रमा पारेको प्रभाव :मसेल गा.वि.स.,गोरखा ।{The financial status of the members involved in the cooperatives and the impact on the educational sector of their children: Masel VDC, Gorkha.}Thesis