खपांगी Khapangi, किशोरकुमार Kishorkumar2021-04-042021-07-232021-04-042021-07-232073https://hdl.handle.net/20.500.14540/3180‘माध्यमिक विद्यालय तहका शिक्षकको पेशागत अनुशासनको अवस्था’ शीर्षकमा प्रस्तुत अनुसन्धान कार्य केन्द्रित छ । माध्यमिक तहका शिक्षकहरुको पेशागत अनुशासनको अवस्था पत्ता लगाउनु, पेशागत अनुशासनमा प्रभावपार्ने तत्वहरुको खोजी गर्नु, पेशागत अनुशासनमा समस्या उत्पन्नहुने कारणहरुको खोजीगर्नु र यसमाभोग्नु परेका समस्याहरुको समाधानका उपायहरुको खोजीगर्नु अनुसन्धानको मुख्य उद्देश्यहो । प्रस्तुत अनुसन्धान गुणात्मक ढाँचामा आधारित छ । झापा जिल्लाको शनिश्चर े , बुधबारे र अनारमनी स्रोतकेन्द अन्तर्गतका ३० वटा सामुदायिक विद्यालयहरुबाट गोलाप्रथा गरी छ वटा विद्यालयहरु छनोट गरी उक्त विद्यालयहरुबाट फेरी गोलाप्रथा प्रक्रियाबाट नै प्रत्येक विद्यालयबाट कम्तिमाएकजना र बढीमा तीनजनासम्म पर्ने गरी जम्मा १५ जनाशिक्षकहरुलाई नमुना जनसंख्याको रुपमा छनोट गरिएको छ । तथ्यांकको प्राथमिक स्रोतको रुपमा प्रधानअध्यापक, शिक्षक, विद्यार्थी, वि.व्य.स. र पि.टि.ए.काअध्यक्षहरुको र तथ्यांकको द्धितीय स्रोतको रुपमा विद्यालयमा उपलब्ध दस्तावेजहरुको प्रयोग गरिएको छ । तथ्यांक संकलनको साधनको रुपमाप्रश्नावली, कक्षाकोठा अवलोकन, अन्तर्वार्ता, रुजुसुची र दस्तावेज अध्ययनको प्रयोग गरिएको छ । तथ्यांक संकलनप्रक्रियाको रुपमाप्र.अ., शिक्षक, वि.व्य.स. र पि.टि.ए.का अध्यक्षहरुलाई निश्चित समयावधी प्रदान गरी पूर्व निर्धारित प्रश्नावलीको ढाँचाको प्रयोग गरी उनीहरुबाट लिखित प्रतिक्रियाहरुका रुपमा तथ्यांकको संकलन गरिएको छ । प्रत्येक विद्यालयमा सहभागि शिक्षकहरुसँग बसेर सामुहिक अन्तर्वार्ता सम्पन्नगरिएको छ । निजहरुले कक्षाकोठाभित्र अध्यापनगरिरहेको समयमाअनुसन्धानकर्ता निष्क्रिय अवलोकनकर्ताको रुपमा कक्षाकोठाको अवलोकन गरिएको छ । प्रत्येक विद्यालयका सम्बन्धित पक्षहरुबाट पाँचजना विद्याँर्थीहरु माथि रुजुसूचीको प्रयोग गरिएको छ । विद्यालयमा उपलब्ध दस्तावेज अध्ययनका लागि निश्चित ढाँचाका फारामहरु तयार गरी फाराममा उल्लेखित तथ्यांकहरु संकलन गरिएको छ । तथ्यांक विश्लेषणका रुपमा गुणात्मक रुपमासंकलिततथ्यांकलाई अति राम्रा े , राम्रो , सामान्य र नराम्रो जस्ता चारवटा रेटिङ् स्केलको मापदण्ड तयार गरी तथ्यांकको विश्लेषण गरिएको छ । अध्ययन, अनुसन्धानबाट माध्यमिक विद्यालय तहका शिक्षकको पेशागत अनुशासनको अवस्था राम्रो नै देखिएको छ । थोरै कमि, कमजोरीहरु पाइएको छ । प्रस्तुत अनुसन्धानले उनीहरुलाई आफुमा निहित कमिकमजोरीहरुको पहिचान गर्न मद्दत पु¥याएको पाइयो । यस दिशातर्फ उनीहरुलाई थप सचेत बनाएको पाइयो साथै थप प्रगति र सुधारको दिशातर्फ उनीहरुलाई मार्गदर्शन गरेको पाइएको छ । अन्तमा, नीति–निर्माण तह कार्यान्वयन तह र अनुसन्धान तहमा आवश्यक सुझावहरु दिई अनुसन्धानकार्य समाप्त गरिएको छ । थपअ नुसन्धानगर्न सकिने केही शोध शीर्षकहरु पनि नयाँ अनुसन्धानकर्ताहरुका लागि सुझाव गरिएको छ ।Employee Disiplineपेशागत अनुशासनSecondary levelमाध्यमिक विद्यालय तहका शिक्षकका पेशागत अनुशासनको अवस्था Madhyamik Biddhyalaya tahaka Shikshakka Peshagat Anushasanko AwasthaThesis