गणेश Ganesh, सूर्यप्रसाद Suryaprasad2022-03-042022-03-042012https://hdl.handle.net/20.500.14540/8702यो शोधपत्र “गन्गाई जातिका बालबालिकाहरूको प्राथमिक शिक्षामा पहुँच” शीर्षक सँग सम्बन्धित रहेको छ । यो अध्ययन त्रि.वि. शिक्षा शास्त्र संकाय शैक्षिक योजना तथा व्यवस्थापन विभाग, सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, अन्तर्गत स्नातकोत्तर तह दोश्रो वर्षको आंशिक आवश्यकता पूर्तिका लागि तयार गरिएको छ । यस अध्ययनका उद्देश्यहरु, गन्गाई जातिका बालबालकाहरुको वर्तमान शैक्षिक अवस्था पहिचान गर्नु, प्राथमिक शिक्षामा पहुँचको स्थिती विश्लेषण गर्नु र गन्गाई बालबालिकाहरुको शैक्षिक अवस्था देखा परेका समस्याहरु पहिचान गरी समाधानका उपायहरु सिफारिस गर्नु रहेको छ । यस अध्ययनका लागि परिमाणात्मक र गुणात्मक दुवै अध्ययन ढाँचा अवलम्बन गरिएको छ । यस अध्ययनका लागि प्राथमिक र द्वितीय श्रोतका तथ्याङ्कहरुलाई आधार बनाइएको छ । तथ्याङ्कलाई विश्लेषण गर्ने क्रममा विभिन्न चित्र, तालिका, प्रतिशतमा प्रस्तुत गरिएको छ । यस अध्ययनका लागि झापा जिल्ला टाघनडुब्बा श्रोतकेन्द्र अन्तर्गत सञ्चालित २० सामुदायिक विद्यालय मध्ये ६ विद्यालयका प्रधानाध्यापकहरु ६, जना श्रोतव्यक्ति १ जना, शिक्षकहरु १२ जना, विद्यार्थीहरु २४ र अभिभावकहरु २४ जनालाई उपलब्धताको आधारमा यादृच्छिक नमूना छनौट विधी ९च्बलमयm क्बmउष्लिन ःभतजयम० को प्रयोग गरिएको छ । यो अध्ययनका लागि सर्वेक्षण फारम, प्रश्नावली, सामुदायिक छलफल र अन्तरवार्ता विधीबाट तथ्याङ्क संकलन गरिएको छ । विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्कहरूको विश्लेषण गर्दा विद्यार्थीहरू शैक्षिक सत्रको शुरूमा छात्रवृत्तिका कारण विद्यालयमा उल्लेख्य रूपमा भर्ना भए तापनि ती बालबालिकाहरू नियमित नहुनुका साथै शैक्षिक सत्र नै पूरा नगरी धेरै सङ्ख्यामा बीचैमा विद्यलाय छाड्ने गरेको पाइयो । गन्गाई विद्यार्थीहरू विद्यालयमा नियमित नभएका कारण उनीहरूको शैक्षिक उपलब्धि दर न्यून रहेको देखिन्छ । गरिबी, अशिक्षा र चेतनाको कमीले गन्गाई अभिभावकहरू आफ्ना छोराछोरीको शिक्षाप्रति चासो नदेखाउनु र गाउँघरमा समेत उपयुक्त शैक्षिक वातावरणको अभावका कारण गाउँघर नजिक रहेका विद्यालयहरूबाट निःशुल्क प्राथमिक शिक्षा हासिल गर्ने अवसरबाट गन्गाई बालबालिकाहरू अझै बञ्चित रहेका देखिन्छन् । राज्यको ठोस नीतिको अभाव र घरेलु समस्याका कारण धेरै बालबालिकाहरू प्राथमिक शिक्षाको पहुँचबाट टाढा रहेका छन् । बालबालिकाहरूको शैक्षिक अवस्था सुधार गर्न तथा यिनीहरूको प्राथमिक शिक्षामा पहुँच बढाउन अभिभावकहरूको आर्थिक अवस्था सुधार गर्न आयमूलक कार्यव्रmम तथा उनीहरूको शिक्षा प्रतिको आकर्षण बढाउने चेतनामूलक कार्यव्रmमहरू सञ्चालन गर्नु पर्ने, राज्यले नै एउटा ठोस नीति बनाई यस्ता बालबालिकाहरूको शैक्षिक विकासको लागि आवश्यक शैक्षिक कार्यव्रmम सञ्चालन गर्नु पर्ने, विद्यालयमा ती बालबालिकाहरूलाई विशेष प्राथमिकता दिनु पर्ने र यिनीहरूको मनोवल बढाउन शिक्षित युवाहरूलाई शिक्षण पेसामा अवसर दिई रोजगारको सुनिश्चितता दिनु पर्ने जस्ता आवश्यकताहरू रहेका छन् ।neगन्गाई जाति Gangai casteप्राथमिक शिक्षा Primary educationगन्गाई जातिका बालबालिकाहरुको प्राथमिक शिक्षामा पहुँच {Access to Primary Education for Gangai Children}Thesis