गुरुङ Gurung, सुमन Suman2022-02-012022-02-012017https://hdl.handle.net/20.500.14540/7991यो शोधपत्र “छात्रावृत्तिले छात्राहरूको शिक्षामा पारेको प्रभाव” शीर्षक अन्तर्गत एक समाजशास्त्रीय अध्ययन हो । यो तनहुँ जिल्लाको शुक्लागण्डकी–४, दुलेगौडामा अवस्थित श्री पञ्चमुनिदेव मा.वि. मा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका माध्यमबाट America Himalayan Foundation को सहयोगमा छात्रवृत्ति प्राप्त छात्राहरूलाइ उत्तरदाताका रूपमा छनौट गरिएको छ । यस विद्यालयमा कक्षा (१–१०) सम्मका छात्राहरू ९९५ जना छन जसमध्ये रेष्टबाट छात्रावृत्ति पाएका जम्मा ७८ जना छात्राहरूलाई मात्र अध्ययनमा समेटिएको छ । आर्थिक अवस्था कमजोर भएको कारण छात्राहरू रेष्टको छात्रावृत्ति छनौटमा परेको पाइयो । यो अध्ययन वणनात्मक र विश्लेषणात्मक दुवै प्रकारको अनुसन्धान ढाँचामा आधारित छ । प्राथमिक र द्वितीय दुवै स्रोत प्रयोग गरिए तापनि प्राथमिक स्रोतलाई मुख्य जोड दिइएको छ । प्राथमिक स्रोतहरूमा छात्रावृत्ति प्राप्त छात्राहरू मुख्य हुन भने अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक वर्गहरूसँग प्रत्यक्ष भेट गरी सामूहिक छलफल, अवलोकन, अन्र्तवार्ता अनुसूचीको माध्यमबाट तथ्याङक संकलन गरिएको छ । द्वितीय स्रोतहरूमा शीर्षकसँग सम्बनिधत लेख, रचना, पुस्तकहरू, रेष्टबाट प्रकाशित पुस्तकहरू, विभिन्न वेबसाइटहरू, पत्रपत्रिका, सोसँग सम्बन्धित शोधपत्रहरूबाट पनि तथ्याङक संकलन गरिएको छ । प्राप्त तथ्याङकहरूलाई तालिकीकरण गरी आवश्यकताअनुसार व्याख्या गरिएको छ । समग्रमा छात्रावृत्तिको प्रभाव सकारात्मक देखिन्छ । छात्रावृत्ति पाउने छात्राहरू धेरै जनजाति रहेका छन । उनीहरूको पारिवारिक अवस्था कमजोर देखिएको कारण उनीहरू रेष्टको छात्रावृत्ति छनोटमा परेका हुन । छात्रावृत्तिले छात्राहरूलाई विद्यालय पढन अवसर प्रदान गर्नुका साथै उनीहरूलाई शिक्षाप्रति सचेत गरी उज्वल भविष्यतर्फ डोहो¥याउन सहयोग गरेको पाइयो । छात्राहरू आफनो पढाइमा मात्र सचेत नभई दैनिक बानीव्यवहार, क्रियाकलाप, स्वास्थ्य, सरसफाई, पोषण लगायत बालविवाह, हिंसा, नियम कानून, बेचविखन सम्बन्धी कुराहरूमा समेत सचेत भएको पाइयो ।neछात्रावृत्ति Scholarshipशैक्षिक अवस्था Educational statusमहिला सशक्तिकरण Women empowermentछात्रावृत्तिले छात्राहरूको शिक्षामा पारेको प्रभाव (Impact of Scholarships on Girls' Education)Thesis