गोम्देन Gomden, लक्ष्मीमाया Lakshmi Maya Gomden2022-01-172022-01-172008https://hdl.handle.net/20.500.14540/7446शोधशीर्षक प्रस्तुत शोधपत्रको शीर्षक “तामाङ र नेपाली भाषाको व्यतिरेकी अध्ययन”रहेको छ । शोधकार्यको उद्देश्यहरू १) तामाङ भाषाको परिचय दिनु,२) तामाङ र नेपाली भाषाको उच्चारण व्यवस्थाको व्यतिरेकी अध्ययन गर्नु,३) तामाङ र नेपाली भाषाको रूपव्यवस्थाको तुलना गर्नु,४) तामाङ र नेपाली भाषाका वाक्य व्यवस्थाको व्यतिरेकीमूलक अध्ययन गर्नु, अध्ययनको सीमा कुनै पनि योजना वा अनुसन्धान कार्य गर्दा निश्चित सीमाभित्र रहेर कार्य सफल बनाउनपर्ने हुन्छ । सीमाङ्कन गरिनु भनेको कुनै पनि योजना अध्ययन–अनुसन्धान कार्य गर्दा तोकिननिश्चित क्षेत्र हो । सीमाङ्कनका कारणले अध्ययन अनुसन्धानलाई सन्तुलित गरिएको हुन्छ । त्यसैलप्रस्तुत शोधपत्रलाई पनि निश्चित सीमाभित्र बा“धिएर तयार पारिएको छ ः १) प्रस्तुत शोधपत्रमा भाषाको परिचय सामान्य मात्र रहको छ ।२) तामाङ भाषाको खोज अनुसन्धान गर्दा पूर्वी नेपालको इलाम जिल्ला अन्तर्गतको जिर्मल र समालबुङ गा.वि.स.मा बसोबास गर्ने तामाङहरूस“ग मात्र सम्पर्क गरिने हु“दा योशोधपत्र नेपालका सम्पूर्ण तामाङहरूले पयोग गर्ने भाषिक सर्वेक्ष्ँणमा आधारित छैन ।त्यसैले उक्त गा.वि.सहरूलाई नै भौगोलिक सीमा र अध्ययनीय क्षेत्र बनाइएकोछ । ३) तामाङ भाषाको व्यतिरेकी अध्ययन गर्दा उच्चारण व्यवस्था, रूप व्यवस्था र वाक्यव्यवस्थाको संक्ष्ँिप्त रूपमा मात्र अध्ययन गरिएकोछ । ४) तामाङ मातृभाषीले नेपाली बोल्दा गर्ने सम्भावित त्रुटिहरूको पहिचान गरिएकोछ । अध्ययन सामग्री यस अध्ययन–अनुसन्धानको उद्देश्य पूरा गर्नका लागि प्राथमिक र गौण स्रोत सामग्रीकाप्रयोग गरिएको छ । यस अध्ययन अनुसन्धानमा विशेषतः इलाम जिल्लाका गा.वि.स.हरू जिर्मले रसमालबुङमा बसोबास गर्ने स्थानीय तामाङ भाषीहरूलाई प्राथमिक स्रोतका रूपमा लिइएको छ । ।त्यसैगरी पस्तुत अध्ययन ‘तामाङ र नेपाली भाषाको व्यतिरेकी अध्ययन’ शीर्षक भएकोले ‘तामाङ व्याकरण’ (२०५४), ‘तामाङ संस्कृति र संस्कार’ (२०५९), ‘तामाङ जाति’ (२०५१), ‘तामाङतामयीग लिपिको वंश अनि इतिहास ः एक लघ अध्ययन’ (२००५ई), भाषाविज्ञान(२०५५) आदिपुस्तकहरूलाई मुख्य गौण सोतका रूपमा लिइएकोछ । अन्य गौण स्रोतहरूमा विभिन्न लेख रचना,पत्रपत्रिकाहरू शोधपत्रहरू रहेको छ । नमुना जनसंख्या यस अध्ययन अनुसन्धानको उद्देश्य परिपूर्तिका लागि इलाम जिल्लाका जिर्मले र समालबुङगा.वि.स.का स्थानीय तामाङ भाषीहरू सो गा.वि.स.हरूमा रहेका मोतिराम र समालबुङ मा.वि.काशिक्षकहरूलाई अध्ययन प्रतिनिधिका रूपमा लिइएकोछ । जसमा ती दुई विद्यालयका ५÷५ गरीजम्मा १० शिक्षकहरू तथा स्थानीय १० महिला र १० पुरुष गरी जम्मा ३० जना तामाङभाषीहरूलाई उद्देश्यपूर्ण नमुना छनोट गरिएको छ भने २० विद्यार्थीहरूलाई सामान्य सम्भावनायुक्तनमुना छनोटका माध्यमबाट छनोट विधिको प्रयोग गरी छनोट गरिएको छ । निष्कष १. तामाङ भाषामा १० वटा स्वरवर्ण र ३७वटा व्यञ्जनवर्ण गरी जम्मा ४७ वटा वर्णहरूरहेको पाइन्छ । २. तामाङ भाषामा नेपाली भाषाका घ, झ, ढ, ञ, ध, क्ष, त्र, ज्ञजस्ता वर्णहरू पाईंदैन ।३. तामाङ भाषामा वर्णलाई श्वसनका आधारमा अर्थमा विभेद गर्दछ ।४. तामाङ भाषाको रूप निर्माणमा मध्यसर्ग भने लागेको भेटि“दैन ।५. इलामका मात्रै नभएर समग्र तामाङहरूले नै बढी ‘आ’स्वरवर्णको प्रयोग गरेको पाइन्छ ।६. इलाम जिल्लाको समालबुङ र जिर्मले गा.वि.स.का तामाङ जातिले प्रयोग गर्ने तामाङ भाषामा बढी नेपाली मिसाएर प्रयोग गरेको पाइन्छ । सुझावहरू १. तामाङ भाषी विद्यार्थीहरूका लागि शिक्षण गर्दा नेपाली र तामाङ दुवै भाषाबीचकाभिन्नताबारे राम्रो ज्ञान हुनुपर्दछ । २. तामाङ भाषाको पाठयसामग्री निर्माण गर्दा यी दुई भाषाबीचको विभेद र नेपाली भाषाकाविभिन्न व्याकरणिक पक्षको अध्ययन गरी निर्माण प्रक्रियामा ध्यान पु¥याउनु पर्दछ । ३. दोस्रो भाषीहरूलाई नेपाली भाषा सिकाइमा प्रभावकारिता ल्याउन उपयुक्त पाठयसामग्रीचयन गर्नुपर्दछ । ४. तामाङ भाषाको विकास र विस्तारका निम्ति शब्दकोश र व्याकरणको विकास हुनु पनिआवश्यक देखिन्छ । ५. तामाङ भाषा र नेपाली भाषाको बीच व्यतिरेकी विश्लेषणका साथै त्रुटि विश्लेषण पनिगरी नेपाली सिक्न सुगम तुल्याउनुपर्ने देखिन्छ । ६. तामाङ भाषाको छुट्टै व्याकरणको निर्माण गरी भाषा प्रयोगमा स्थायीत्व दिन सकिन्छ ।otherतामाङ भाषा Tamang languageनेपाली भाषा Nepali languageभाषा व्यतिरेकी Language Vyatirekiतामाङ र नेपाली भाषाको व्यतिरेकी अध्ययन {Contradictory Study of Tamang and Nepali Language}Thesis