तामाङ Tamang, शेर बहादुर Sher Bahadur2022-02-272022-02-272010https://hdl.handle.net/20.500.14540/8565यस शोध अध्ययन ‘प्राथमिक तहमा स्थानीय पाठ्यक्रम निर्माण र प्रयोगको व्यवस्थापन’ सम्बन्धमा गरिएको छ । ‘थिङक ग्लोवल्ली एक्ट लोकल्ली’ भन्ने विश्वव्यापी नाराले अहिले अन्तराष्ट्रिय, राष्ट्रिय र स्थानीय विषयवस्तुलाई विद्यालय स्तरको पाठ््यक्रममा समावेश गरिनु पर्छ भन्ने मान्यतालाई स्वीकार गर्दै पाठ्यक्रममा केही निश्चित अंश स्थानीय आवश्यकता, स्थानीय विषय क्षेत्र, स्थानीय परिवेशलाई समेट्ने सैद्वान्तिक मान्यतामा सहमति गर्दै शैक्षिक विकेन्द्रीकरणको अवधारणा पाठ्यक्रम सुधार पद्वति अनुसार स्थानीय आवश्यकतालाई समेट्ने गरी स्थानीय निकायहरुलाई नै स्थानीय पाठ्यक्रम बनाउन दिइ शिक्षामा सुधार गर्न नेपालको सामुदायिक प्राथमिक विद्यालयहरुमा स्थानीय पाठ्यक्रमको व्यवस्था गरेको छ । तथापी स्थानीय पाठ्यक्रमको व्यवस्थापन कसरी गरिएको छ भनी कतै पनि अध्ययन भएको पाइदैन । यस अध्ययनले स्थानीय पाठ्यक्रमको निर्माण, प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन तथा विश्लेषण गरी सम्बन्धित पक्षलाई सुझाउ प्रस्तुत गर्ने रहेको छ । प्रस्तुत शोधपत्र तयार गर्न सङ्ख्यात्मक र विवरणात्मक ढाँचालाई अंगालिएको छ भने प्र.अ., शिक्षक, विद्यार्थी, वि.व्य.स., अभिभवक, स्रोत व्यतिm, स्थानीय पाठ्यक्रम विज्ञ तथा स्थानीय निकायका पदाधिकारीहरुबाट प्राप्त तथ्याङ्कलाई व्याख्या र विश्लेषण गरिएको छ । नमुना छनोटमा परेका विद्यालयहरु मध्ये ३ वटा विद्यालयहरुले स्थानीय पाठ्यक्रम निर्माण गरेको भएतापनि हाल उर्गेन छयोइलिङ प्राथमिक विद्यालयले मात्र स्थानीय पाठ्यक्रम कार्यान्वयन गरिरहेको पाइयो । सिद्वदेवी प्राथमिक विद्यालयले भने लिम्वु भाषामा स्थानीय पाठ्यक्रम निर्माण गरेर केही बर्ष कार्यान्वयन गरेको भएतापनि विभिन्न समस्याहरुका कारण हाल कार्यान्वयन नगरेको पाइयो । मेची प्राथमिक विद्यालयले आलु खेतीको पाठ्यक्रम निर्माण गरेको भएतापनि विविध प्राविधिक कठिनाइका कारण कार्यान्वयन नगरेको पाइयो । अन्य ५ विद्यालयहरुले स्थानीय पाठ्यक्रमको रुपमा अतिरिक्त अङ्ग्रेजी भाषालाई कार्यान्वयन गरेको पाइयो । स्थानीय पाठ्यक्रमको कार्यान्वयन पक्ष ज्यादै फितलो देखिएकाले स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गर्न स्थानीय स्तरमा स्थानीय पाठ्यक्रम निर्माण संयन्त्र गठन गरिनु पर्ने, स्थानीय आवश्यकता अनुसारको विषयवस्तु छनोट गर्न पाउने भनेर स्थानीय पाठ्यक्रमलाई परिभाषा गरिदिंदा धेरै जसो विद्यालयहरुले विद्यालय तथा स्थानीय आवश्यकता भनी अतिरिक्त अङ्ग्रेजी विषयलाई प्रयोग गर्दा स्थानीय पाठ्यक्रमको परिभाषामा नीतिगत अन्यौलता देखिन्छ जसले गर्दा स्थानीय पाठ्यक्रमको गलत अर्थ र प्रयोग भएकाले यस्ता नीतिगत अस्पष्टता हटाउनु पर्छ । सरोकारवालाहरुलाई सम्बन्धित निकायबाट क्षमता अभिवृद्विका कार्यक्रमहरु आयोजना गर्ने व्यवस्था गर्नु पर्ने । विद्यालयहरुले निर्माण गर्ने स्थानीय पाठ्यक्रम निर्माण, विकास र कार्यान्वयनका लाागि स्रोत केन्द्रले समन्वयकारी भूमिका खेल्नु पर्ने । एउटा स्रोत केन्द्र भरी विषय र आवश्यकता मिलेमा एउटै पाठ्यक्रम निर्माण गर्न स्रोत केन्द्रले पहल गर्नु पर्छ । स्थानीय पाठ्यक्रम निर्माण र प्रयोग भए नभएको हेर्ने अनुगमन समिति गठन गरिनु पर्दछ ।neस्थानीय पाठ्यक्रम Sthaniya paṭhyakramaसाहित्य पुनरावलोकन Sahitya punarawolokanप्राथमिक तहमा स्थानीय पाठ्यक्रम निर्माण र प्रयोगको व्यवस्थापन {Prathamika tahama sthaniya paṭhyakrama nirmaṇa ra prayogako byavasthapana}Thesis