योञ्जन Yonjan, लक्की Lucky2023-12-072023-12-072023https://hdl.handle.net/20.500.14540/20863“सानागाउँको ऐतिहासिकता र संस्कृतिको अध्ययन” शीर्षक रहेको यस अध्ययनमा सानागाउँ नामन याँप्रचलनमा आएको नाम देखिन्छ साथै अर्को ‘सिद्धिपुर’ नाम पनि ने.सं. १००० को हाराहारी देखि मात्र प्रचलनमा आएको कुरा अभिलेखहरूले बताउँछ । यसको पुरानो नामथसि रहेको अभिलेखहरू प्रशस्त पाइएको हुनाले पहिले थसि नामले नै चिनिने गरेको प्रस्ट हुन्छ । यहाँ रहेका गणेश मन्दिर, महाकालको मन्दिर र कौमारीको मन्दिर धेरै पुराना देखिन्छन् भने महाकाललाई पछिल्लो समयमा भैरव भनीपूजा गर्ने गरेको देखिन्छ । गणेश मन्दिर यथावत् देखिन्छ भने कौमारी मन्दिरलाई नासद्यः कारूपमा पनि लिइने गरेको देखिन्छ । सबैभन्दा बढी शिलापत्र र ताम्रपत्र महाकालको देखिन्छ भने तत्कालीन समयका राजा योगनरेन्द्र मल्लको पालामा जीर्णोद्धार गरेको पाइन्छ । भारोहरू र भावोहरू दुवैले मन्दिरको जीर्णोद्धारमा भागलिएको देखिन्छ भने बालकुमारी जात्राका लागि गुठीको व्यवस्था गरेको देखिन्छ । यो जात्रा अहिलेसम्म पनि निरन्तर अघि बढेको देखिन्छ । यहाँको पुरानो चैत्य कुनहो भन्ने प्रष्ट नभएपनितधःननि टोलको चैत्य र पिननी टोलको चैत्य पुरानो देखिन्छ । शिलापत्रमा उल्लेख भए अनुसार खवाहर विहारको समीपमा चैत्य बनाइएको भन्ने उल्लेख हुनुले खवाहर विहार थसिमा थियो भन्ने ऐतिहासिक तथ्य प्राप्त भएको छ । तर अहिले खवाह र विहारको अस्तित्व देखिँदैन । प्रशस्त चैत्यहरू निर्माण हुनुमा मानिसहरूको धर्मप्रतिको अनुराग मान्नु पर्दछ । यहाँ कुनै पनि व्यक्तिले कुनै राम्रो कार्य गरेपछि चैत्य निर्माण गर्ने संस्कार बसेको देखिन्छ । तत्कालीन समयको पानीको अभावपूर्तिका लागि यहाँ इनार खन्ने र पानीप्राप्त गर्ने गरेको देखिन्छ । सानागाउँ पाटीपौवामा पनि धनी देखिन्छ । अहिले यी पाटीहरू भजन खलःमा परिणत भएको देखिन्छ । सानागाउँको चार ढोकाको अस्तित्व प्रायःलोप भइसकेको छ । नेवारहरूको बस्ती सानागाउँमा महर्जन, नेमकुल थरीका मानिसको बाक्लो उपस्थिति देखिन्छ भने उनीहरू पाटनबाट आई बसोबास गरेको विभिन्न अभिलेखहरूले प्रस्ट पार्छ । करिब ४ सय ५० वर्षअघिको इतिहास बोकेको सानागाउँलाई आदिनाथसँग पनि जोडेर हेरेमा अत्यन्तै प्राचीन बस्तीका रूपमालिन सकिन्छ तर अझै पुरानो इतिहास पत्ता लगाउन त्यहाँका वैद्यख्यः, क्वाठ आदि स्थानहरूमा उत्खनन् गरेमा ठोस प्रमाणहरू पाउन सकिने देखिन्छ । सांस्कृतिक नगरका रूपमा दाबी गरिने सानागाउँको परालबाट उत्पादित वस्तुहरूको उचित बजार व्यवस्थापन र यहाँको जात्रा र संस्कृतिलाई जगेर्ना गर्न सकेमा पर्यटकीय क्षेत्र बनाउन सकिने देखिन्छ ।neनेवार समुदाय Newar communityनेपाल भाषा Nepal languageललितपुर सानागाउँको ऐतिहासिक तथा सांस्कृतिक अध्ययन {Historical and cultural study of Lalitpur Sanagaon}Thesis