सन्तोषकुमार बराल (Santoshkumar Baral)घिमिरे, मेदिनी (Ghimire, Madeni)2026-02-232026-02-232014https://hdl.handle.net/20.500.14540/25669मानव एक सामाजिक प्राणी हो, शिक्षा उसको अभिन्न अंग हो । यो बिना मानव जीवनको उद्देश्य पूरा हुन सक्तैन । आजको २१ औं सताब्दीमा विद्यालयमा प्रदान गरिने शिक्षा गुणस्तरीय र व्यवहारिक हुनुपर्छ भन्ने जनगुनासो आइरहेको बेलामा सामुदायिक विद्यालयहरुको शैक्षिक व्यवस्थापनमा प्र.अ.को भूमिका महत्वपूर्ण हुने भएकोले यस प्रकारको शोध शीर्षक राखी शोध अध्ययनलाई अन्तिम रुप दिने प्रयास गरिएको छ । यस शोध अनुसन्धानका प्रमुख उद्देश्यहरुमा सामुदायिक विद्यालयहरुको शैक्षिक व्यवस्थापनमा प्र.अ.को भूमिकाको अध्ययन गर्नु, सामुदायिक विद्यालयको आर्थिक, भौतिक र मानव संसाधन व्यवस्थापनमा प्र.अ.को प्रभावको विश्लेषण गर्नु, शैक्षिक व्यवस्थापनका समस्याहरु समाधानमा प्र.अ.को भूमिका खोजी गर्नु र शैक्षिक व्यवस्थापनको लागि प्र.अ.को भूमिकालाई प्रभावकारी बनाउने उपायहरु खोजी गर्नु रहेको छ । यी उद्देश्यहरुलाई पूरा गर्ने सिसिलामा सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदवारी नगरपालिका क्षेत्रलाई समेटी सञ्चालित खाँदवारी अगुवा स्रोतकेन्द्रका २ वटा उ.मा.वि., २ वटा मा.वि. र २ वटा प्रा.वि.लाई छनौट गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ । यस अध्ययन कार्यलाई पूरा गर्न ५ वटा परिच्छेदमा शोध पत्रलाई विभाजन गरिएको छ । उक्त शोध कार्य सम्पन्न गर्न प्र.अ., शिक्षक, वि.व्य.स. का अध्यक्ष, शि.अ.सं.का अध्यक्ष, अभिभावकहरु र विद्यार्थीहरुलाई प्रश्नावली गराइएको थियो । नमूना छनौट एगचउयकभाग,ि ऋगिकतभच, च्बलमयm क्बmउष्लिन मा आधारित खालको छ । प्रश्नावलीबाट प्राप्त भएका विभिन्न धारणा र तथ्याङ्कहरुलाई तालिका बनाई वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक रुपमा मिश्रित ढाँचाबाट प्रस्तुत गरिएको छ । अध्ययनको क्रममा विधिको रुपमा नमुना छनौट विधि, स्थलगत अध्ययन, अन्तरवार्ता, छलफल, अवलोकन आदिको प्रयोग गरी प्राथमिक र सहायक दुवै स्रोतबाट सङ्कलन गरिएको सूचनाको गुणात्मक विधिबाट व्याख्या विश्लेषण गरिएको छ । सिद्धान्तगत रुपमा हेनरी फेयलको प्रशासकिय व्यवस्थापनको सिद्धान्तलाई अवलम्बन गरिएको छ । विभिन्न तथ्य तथ्याङ्क र विश्लेषणको आधारमा शैक्षिक व्यवस्थापनमा प्र.अ.को भूमिका महत्वपूर्ण हुने देखिएको छ । विद्यालयमा प्राप्त आर्थिक तथा भौतिक स्रोत र साधनको परिचालन गर्नु, उपलब्ध मानव संशाधनको व्यवस्थापन, उत्तरदायित्व र पारदर्शिताको प्रत्याभूति व्यवस्थापन, विद्यालय सञ्चालन प्रकृया तथा विद्यालपले प्राप्त गरेको उपलब्धिको व्यवस्थापन गर्दै योजना निर्माण, कार्यान्वयन र मूल्यांकनलाई प्रभावकारी बनाउनु नै कुशल व्यवस्थापनमा प्र.अ.को जिम्मेवारीको क्षेत्र रहने यस शोध पत्रको निष्कर्ष रहेको छ । त्यसकारण विद्यालयको शैक्षिक, आर्थिक र भौतिक विकास गर्न प्र.अ. शिक्षक, विद्यार्थी, वि.व्य.स.,शि.अ.सं, अभिभावक, समाजसेवी, बुद्धिजिवी, राजनीतिकर्मी सरोकारवाला सबैको दायित्व हुनुपर्ने देखिन्छ र खासगरी राज्यको तर्फबाट नियमित अनुगमन, सुपरीवेक्षण, लगानि, सेवा सुविधा उपलब्ध गराई सो कार्यमा स्थानीय निकायहरुलाई योजनावद्ध कार्यक्रम बनाई सहयोग गर्न प्रोत्साहित गर्दै गुणात्मक शिक्षा प्रदान गर्न सहयोग गर्नुपर्ने देखिन्छ ।   मानव एक सामाजिक प्राणी हो, शिक्षा उसको अभिन्न अंग हो । यो बिना मानव जीवनको उद्देश्य पूरा हुन सक्तैन । आजको २१ औं सताब्दीमा विद्यालयमा प्रदान गरिने शिक्षा गुणस्तरीय र व्यवहारिक हुनुपर्छ भन्ने जनगुनासो आइरहेको बेलामा सामुदायिक विद्यालयहरुको शैक्षिक व्यवस्थापनमा प्र.अ.को भूमिका महत्वपूर्ण हुने भएकोले यस प्रकारको शोध शीर्षक राखी शोध अध्ययनलाई अन्तिम रुप दिने प्रयास गरिएको छ । यस शोध अनुसन्धानका प्रमुख उद्देश्यहरुमा सामुदायिक विद्यालयहरुको शैक्षिक व्यवस्थापनमा प्र.अ.को भूमिकाको अध्ययन गर्नु, सामुदायिक विद्यालयको आर्थिक, भौतिक र मानव संसाधन व्यवस्थापनमा प्र.अ.को प्रभावको विश्लेषण गर्नु, शैक्षिक व्यवस्थापनका समस्याहरु समाधानमा प्र.अ.को भूमिका खोजी गर्नु र शैक्षिक व्यवस्थापनको लागि प्र.अ.को भूमिकालाई प्रभावकारी बनाउने उपायहरु खोजी गर्नु रहेको छ । यी उद्देश्यहरुलाई पूरा गर्ने सिसिलामा सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदवारी नगरपालिका क्षेत्रलाई समेटी सञ्चालित खाँदवारी अगुवा स्रोतकेन्द्रका २ वटा उ.मा.वि., २ वटा मा.वि. र २ वटा प्रा.वि.लाई छनौट गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ । यस अध्ययन कार्यलाई पूरा गर्न ५ वटा परिच्छेदमा शोध पत्रलाई विभाजन गरिएको छ । उक्त शोध कार्य सम्पन्न गर्न प्र.अ., शिक्षक, वि.व्य.स. का अध्यक्ष, शि.अ.सं.का अध्यक्ष, अभिभावकहरु र विद्यार्थीहरुलाई प्रश्नावली गराइएको थियो । नमूना छनौट Purposeful, Cluster, Random Sampling मा आधारित खालको छ । प्रश्नावलीबाट प्राप्त भएका विभिन्न धारणा र तथ्याङ्कहरुलाई तालिका बनाई वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक रुपमा मिश्रित ढाँचाबाट प्रस्तुत गरिएको छ । अध्ययनको क्रममा विधिको रुपमा नमुना छनौट विधि, स्थलगत अध्ययन, अन्तरवार्ता, छलफल, अवलोकन आदिको प्रयोग गरी प्राथमिक र सहायक दुवै स्रोतबाट सङ्कलन गरिएको सूचनाको गुणात्मक विधिबाट व्याख्या विश्लेषण गरिएको छ । सिद्धान्तगत रुपमा हेनरी फेयलको प्रशासकिय व्यवस्थापनको सिद्धान्तलाई अवलम्बन गरिएको छ । विभिन्न तथ्य तथ्याङ्क र विश्लेषणको आधारमा शैक्षिक व्यवस्थापनमा प्र.अ.को भूमिका महत्वपूर्ण हुने देखिएको छ । विद्यालयमा प्राप्त आर्थिक तथा भौतिक स्रोत र साधनको परिचालन गर्नु, उपलब्ध मानव संशाधनको व्यवस्थापन, उत्तरदायित्व र पारदर्शिताको प्रत्याभूति व्यवस्थापन, विद्यालय सञ्चालन प्रकृया तथा विद्यालपले प्राप्त गरेको उपलब्धिको व्यवस्थापन गर्दै योजना निर्माण, कार्यान्वयन र मूल्यांकनलाई प्रभावकारी बनाउनु नै कुशल व्यवस्थापनमा प्र.अ.को जिम्मेवारीको क्षेत्र रहने यस शोध पत्रको निष्कर्ष रहेको छ । त्यसकारण विद्यालयको शैक्षिक, आर्थिक र भौतिक विकास गर्न प्र.अ. शिक्षक, विद्यार्थी, वि.व्य.स.,शि.अ.सं, अभिभावक, समाजसेवी, बुद्धिजिवी, राजनीतिकर्मी सरोकारवाला सबैको दायित्व हुनुपर्ने देखिन्छ र खासगरी राज्यको तर्फबाट नियमित अनुगमन, सुपरीवेक्षण, लगानि, सेवा सुविधा उपलब्ध गराई सो कार्यमा स्थानीय निकायहरुलाई योजनावद्ध कार्यक्रम बनाई सहयोग गर्न प्रोत्साहित गर्दै गुणात्मक शिक्षा प्रदान गर्न सहयोग गर्नुपर्ने देखिन्छ ।neशैक्षिक व्यवस्थापन (Saikshik byabasthapan)प्रधानध्यापकको भूमिका (Pradhandyapakko bhumika)विद्यालयकाे शैक्षिक व्यवस्थापनमा प्रधानाध्यापककाे भूमिका { Bidhyalayako saikshik byabasthapanma pradhandyapakko bhumika}Thesis