संग्रौला Sangraula, देवीप्रसाद Deviprasad2024-02-042024-02-042010https://hdl.handle.net/20.500.14540/21661यो अध्ययन विद्यालय ‘सुधार योजना निर्माणमा प्रधानाध्यापकको व्यवस्थापकीय शैलीको प्रभाव’ शीर्षक अन्तर्गत रहेर गरिएको छ । यसका प्रमुख उद्देश्यहरुमा विद्यालय सुधार योजना निर्माण प्रक्रियाको वर्तमान अवस्थाको पहिचान गर्ने, विद्यालय सुधार योजना निर्माणमा प्रधानाध्यापकको व्यवस्थापकीय शैलीको लेखाजोखा गर्ने, व्यवस्थापकीय प्रभावको विश्लेषण गर्ने र विद्यालय सुधार योजनालाई प्रभावकारी बनाउने उपायहरु प्रस्तुत गर्ने रहेका छन् । यस अध्ययनका लागि उद्देश्यमूलक विधि अपनाइएको छ । गुणात्मक ढाँचामा गरिएको यो अध्ययनको जनसंख्यामा तेह्रथुम जिल्लाको आठराई क्षेत्रः हवाकु, इवा, छातेढुंङ्गा, चुहानडाँडा, थोक्लुङ्ग, सक्रान्ति बजार र खाम्लालुङ्ग गा.वि.स.मा सञ्चालित ९ वटा सामुदायिक उच्च मा.वि.का प्र.अ.हरु, मा.वि. तहका शिक्षक, वि.व्य.सका पदाधिकारीहरु, अभिभावकहरु तथा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु रहेका छन् । उक्त ९ वटा उ. मा.वि.हरु मध्ये उद्देश्यमूलक रुपमा छनौट भएका ५ वटा मा.वि.हरुका प्र.अ.हरु प्रति विद्यालय २÷२ जनाका दरले १० जना वि.व्य.स. पदाधिकारीहरु, २÷२ जनाका दरले १० जना अभिभावकहरु, २÷२ जनाका दरले १० जना शिक्षकहरु र २÷२ जनाका दरले १० जना विद्यार्थीहरुलाई नमूना जनसंख्याको रुपमा लिई यो अध्ययन गरिएको छ । अध्ययनको क्रममा प्रश्नावली, सरोकारवालासंगको छलफल, अन्तर्वार्ता, विद्यालय सुधार योजनासंग सम्वन्धित विभिन्न लेख रचनाहरु र विशेषगरी सम्वन्धित विद्यालयद्वारा निर्मित विद्यालय सुधार योजनालाई साधनको रुपमा लिई तथ्यांङ्क संकलन गरिएको छ । यस अध्ययनका मुख्य प्राप्तिहरुमा प्र.अ.ले विद्यालय सुधार योजना निर्माण गर्दा सहयोगी पुस्तिकाको सहयोग कम लिने गरेको, निर्माण समिति गठन नगरेको,प्रायःजसो शिक्षकको सहायताले मात्र विद्यालय सुधार योजना निर्माण गर्ने गरेको, तोकिएको ढाँचा पूरै अवलम्वन नभएको, सरोकारवालाको सहभागिता कम गराइएको, योजना निर्माण गर्दा शैक्षिक पक्षलाई भन्दा भौतिक पक्षलाई बढी जोड दिइएको, विद्यालय सुधार योजना ५ वर्षका लागि बनाई प्रत्येक वर्ष सोही अनुसारको कार्ययोजना बनाएर लागू गर्नुपर्नेमा उक्त अनुरुप कार्य कम भएको पाइयो । विद्यालय सुधार योजना निर्माण गर्दा प्रध्यानाध्यापकले सहयोगी पुस्तिकाले तोकेबमोजिमको ढाँचामा निर्माण गर्नुपर्दछ । सरोकारवालाहरुको भेला बोलाई विद्यालयको स्थिति प्रतिवेदन सार्वजनिक गरी भावी योजना निर्माणका लागि निर्माण समितिको गठन गर्नुपर्दछ । शिक्षकको सहायताले मात्र नभई निर्माण समितिद्वारा योजना निर्माण गर्नुपर्छ । सरोकारवालाहरुको राय सल्लाह र सुझावको आधारमा वस्तुनिष्ठ योजना निर्माण गर्नुपर्छ । निर्माण गरिएको विद्यालय सुधार योजनाको मस्यौदालाई लेखाजोखा समितिबाट मूल्याङ्कन गराई विद्यालय व्यवस्थापन समितिको स्वीकृतिपछि अन्तमा विद्यालय सुधार योजना निर्माण गरी लागू गर्नुपर्छ ।neविद्यालय सुधार योजना Vidyalay sudhar yojanaव्यवस्थापकीय शैली Vyasthapakiy shailiविद्यालय सुधार याेजना निर्माणमा प्रधानाध्यापककाे व्यवस्थापकीय शैलीकाे प्रभाव {vidyalay sudhar yojana nirmanma pradhanadhyapakko vyabasthapakiya shailiko prabhaw}Thesis