तामाङ Tamang, पदम बहादुर Padam Bahadur2022-03-142022-03-142010https://hdl.handle.net/20.500.14540/9062सरकारी विद्यालयहरू विगत ५÷६ वर्ष यता वि.व्य.स.सँग नै सम्झौता गरी धमाधमसमुदायमा हस्तान्तरण गरिरहेका छन । यस्ता विद्यालयहरूलाई समदायद्वारा व्यवस्थितविद्यालयको रूपमा लिइन्छ । यी विद्यालयहरूको आर्थिक व्यवस्थापन कस्तो छ भनी हेनअभिप्रायले समुदायद्वारा व्यवस्थित विद्यालयको स्रोत संकलनको स्थिति पत्ता लगाउने, स्रोतउपयोगको लेखाजोखा गराउने आर्थिक व्यवस्थापनमा देखा परेका समस्याहरू पहिचान गर्ने रसमाधानको उपाय सुझाउने उद्देश्य राखी शोत्रपत्र तयार पारिएको छ । विकन्दिकरण र जनसहभागिता सिद्धान्तलाई आधार बनाएर गुणात्मक तथा परिमाणात्मक दुवैकामिश्रित अनुसन्धान ढाँचा यसमा प्रयोग गरिएको छ । उदयपुर जिल्ला भलायडाँडा स्रोत केन्दअन्तर्गतको पाँच वटा विद्यालयहरूका प्र.अ., शिक्षक, वि.व्य.स., पि.टि.ए., अभिभावक तथाविद्यार्थीहरूलाई जनसख्या मानी एक गा.वि.स.बाट एक विद्यालय पर्ने गरी उद्देश्यको आधारमातीन विद्यालय नमूना छनौट गरिएको छ । प्रश्नावली र अन्तरवार्ता सूची बनाइ प्राथमिकतथ्याङक रसर्वेक्षण फारामबाट द्वितीय तथ्याङक संकलन गरी तालिका, वृत चित्र, स्तम्भचित्रमा देखाइ व्याख्यातथा विश्लेषण गरिएको छ । विश्लेषणबाट ७९% भन्दा वढि सरकारी अनुदान समुदायद्वारा व्यवस्थित विद्यालयहरूले पाउनेगरेका छन । समुदायले एक पटक भन्दा वढी आर्थिक सहयोग गर्न रूचाउदैनन यीविद्यालयहरूले कुनै दातृ निकायहरूसँग सम्पर्क सम्झौता गरी आय स्रोत वढाएका छैनन । नयाआर्थिक स्रोतको पहिचान पनि गरेको छैन । त्यस्तै शिक्षक वा विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्नकुनै नयाँ कार्यक्रम बनाएका छैनन भन्ने कुरा प्राप्त भयो । विद्यालयहरूको स्पष्ट र भरभर्दो योजना नवनाई लहैलहैमा मात्र समुदायले व्यवस्थापन लिएकाहो । अभिभावकहरू विद्यालय व्यवस्थापन सुधार गर्ने ज्ञान, सीप, क्षमता, दक्षताबाट विमुख छन। शिक्षकहरूलाई कावुमा ल्याउने अधिकार पाएको आदि अधिकारको मात्र व्याख्या गर्दछ भन्नेनिष्कर्ष आयो ।neआर्थिक व्यवस्थापन Arthik byebasthapanसरकारी विद्यालय Sarkari bidhyalayeसमुदायद्वारा व्यवस्थित विद्यालयहरूका आर्थिक व्यवस्थापन {Financial Management of Community Managed Schools}Thesis