खनाल, कुमार Khanal, Kumar2022-05-172022-05-172020https://hdl.handle.net/20.500.14540/10339उद्धारकक्षोन्नतीको उपादेयता शीर्षकमा तयार पारिएको यो शाधपत्रको मुख्य उद्देश्य उद्धारकक्षोन्नतीको उपादेयताको अवस्था अध्ययन गर्नु रहेको छ । यस अध्ययनलाई मार्गदर्शन गर्नका लागि शोध शीर्षकसँग सम्बन्धित शोधपत्रहरु र अन्य साहित्यहरुलाई सम्वन्धित साहित्यको रुपमा पुनरावलोकन गरिएको छ । यस अध्ययनको लागि गुणात्मक र परिमाणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । नमुना विद्यालयहरू, शिक्षक, अभिभावक, विद्यार्थी छनोट गर्न उद्देश्यमलक नमुना छनोट विधिको प्रयोग गरिएको छ । यस अध्ययनको लागि दि.रु.म.न.पा. ७, ८ र ९ का सामुदायीक विद्यालयहरू मध्ये ३ वटा छनोट गरी नमुनाको आकार भित्र २÷२ जना शिक्षक गरी ६ जना, २÷२ जना विद्यार्थी गरी ६ जना १÷१ प्र.अ. गरी ३ जना, अध्ययनरत विद्यार्थीको अभिभावक मध्ये १÷१ जना गरी ३ जना र छनोटमा परेका क्षेत्रका नगर शिक्षा प्रमुखलाई लिइएको छ । त्यसैगरी तथ्याङक संकलनको लागि नगर शिक्षा शाखा प्रमुख, प्र.अ. तथा शिक्षकलाई प्रश्नावली, अभिभावकलाई छलफल निर्देशिका, विद्यार्थीलाई अन्तरवार्ता निर्देशिकाको प्रयोग गरी तथ्यांक संकलन गरिएको छ । तथ्याङकको पकृति अनसार तालिकासँगै वर्णनात्मक रूपमा तथ्याङक विश्लषण गरिएको छ । उद्धारकक्षोन्नतीको मुख्य आधार कार्यसञ्चिकाको प्रयोग प्रभावकारीता कम भएको पाइयो । पहिलो त्रैमासिकमा विशिष्ट क्षमता देखाउनेलाई कक्षा उकास्ने र कमजोरलाई अभिभावकसँग परामर्श कसैले पनि नगरेको पाइयो । शिक्षक विद्यार्थी अनुपात सामान्यतयाः भन्दा कम भए पनि सिकाइ उपलब्धि प्रभावकारी देखिदैन । शिक्षक तालिम प्राप्त भए पनि व्यवहारमा प्रभावकारी प्रयोग नभएको पाइयो । सम्बन्धित निकायले उपयुक्त अनुगमन गरेको पाइदैन । साथै उद्धारकक्षोन्नतीमा अनुत्तीर्ण होइन कक्षा चढाउनु पर्छ भन्ने शिक्षकहरुको मानसिकता रहेको पाइयो । उपादेयतामा देखिएका समस्यालाई समाधान गर्न अनुगमन तथा मूल्याङक प्रणालीमा सुधार, शैक्षिक तथा भौतिक वातावरण चुस्त राख्नु पर्ने, तालिमलाई समय समयमा पुनताजकि गर्नु पर्ने, राम्रो कामलाई पुरस्कार र गलत कामलाई सुधार गर्न पृष्ठपोषण प्रदान गर्नुका साथै सम्बन्धित निकायले विद्यालय व्यवस्थापन समिति र अभिभावकलाई जिम्मेवारी बोध गराउनु पर्ने सुझावहरू दिएका छन ।neविद्यालय व्यवस्थापन Bidyalaya byabsthapanमूल्यांकन प्रणाली Mulyankan pranaliउद्धारकक्षोन्नतीको उपादेयता Udharkakshonnatiko upadeyataThesis