टोलनाथ काफ्ले (Tolnath Kafle)प्रोख्रेल, कोषराज (Pokhrel, Koshraj)2026-03-172026-03-172016https://hdl.handle.net/20.500.14540/25949प्रस्तुत शोध अध्ययन शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिको भूमिकासँग सम्बन्धित रहेको छ । शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिको भूमिकाको विश्लेषण गर्नु यस अध्ययनको प्रमुख उद्देश्य रहेको छ । प्रस्तुत अनुसन्धानका लागि गुणात्मक र परिमाणात्मक अनुसन्धान ढाँचा अवलम्बन गरिएको छ । सुनसरी जिल्लाको भादगाउँ सिनुवारी, बलाहा र भुटाहा स्रोतकेन्द्र अन्तर्गतका ६ वटा सामुदायिक विद्यालयलाई नमुनाका रूपमा छनोट गरिएको छ । ती विद्यालयका प्रधानाध्यापक, शिक्षक, वि.व्य.स.अध्यक्ष र छनोटमा परेका स्रोतकेन्द्रका स्रोतव्यक्तिलाई जनसङ्ख्याका रूपमा लिइएको छ । जस अनुसार प्र.अ.हरू ६ जना, शिक्षकहरू ६ जना, वि.व्य.स.अध्यक्षहरू ६ जना र स्रोतव्यक्तिहरू ३ जना नमुनाका रूपमा लिइएको छ । तथ्याङ्क सङ्कलनका लागि प्राथमिक र द्वितीय दुवै स्रोतको उपयोग गरिएको छ । प्रश्नावली, विद्यालय सर्वेक्षण फारम, समूहगत छलफलका माध्यमबाट प्राथमिक तथ्याङ्कहरू सङ्कलन गरिएको छ । प्राप्त तथ्याङ्कका आधारमा स्रोतव्यक्तिबाट हुने शैक्षिक सुपरिवेक्षण अधिकतम वार्षिक ३ पटक मात्र हुने गरेको पाइएको छ । कतिपय विद्यालयमा वर्षमा एक पटक पनि स्रोतव्यक्तिबाट शैक्षिक सुपरिवेक्षण नभएको अध्ययनले देखाएको छ । न्यून शैक्षिक सुपरिवेक्षणकै कारण शैक्षिक सत्र ०६७ को तुलनामा ०६८ मा र ०६८, ०६९ को तुलनामा ०७१, ०७२ मा कक्षागत सिकाइ उपलब्धि कम हुँदै गएको छ । स्रोतव्यक्तिले गर्ने शैक्षिक सुपरिवेक्षण प्रभावकारी बन्न नसक्नुमा स्रोतव्यक्तिले वार्षिक कतिपटक विद्यालयमा अनिवार्य सुपरिवेक्षण गर्नु पर्ने हो, सोको किटान नहुनु, विद्यालयमा सुपरिवेक्षण भए/ नभएको अनुगमन नहुनु, राम्रो काम गर्ने स्रोतव्यक्तिलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्ने व्यवस्था नहुनु, राजनीतिक प्रभावका कारण स्रोतव्यक्तिले विद्यालयको यथार्थ स्थितिको चित्रण गरी प्रतिवेदन बुझाउन नसक्नु रहेका छन् । स्रोतव्यक्तिले शैक्षिक सुपरिवेक्षण उचित रूपले गर्न नसक्नुमा एकजना स्रोतव्यक्तिको तुलनामा अधिक विद्यालय सङ्ख्या र भौगोलिक क्षेत्र हुनु, स्रोतकेन्द्रमा थप स्टाफ र स्रोत सामग्री तथा सुविधा पर्याप्त नहुनु, स्रोतव्यक्तिले दिएका सल्लाह र सुझावहरूलाई विद्यालयहरूले आत्मसात नगर्नु, सुपरिवेक्षणलाई समन्वयात्मक रूपमा अघि बढाउन नसक्नु नै मुख्य समस्या रहेका छन् । उपर्युक्त समस्याहरूको निराकरण गर्न स्रोतव्यक्तिबाट नियमित र आवश्यकता अनुसार सुपरिवेक्षण कार्यलाई बढाउनु पर्ने, जिल्ला शिक्षा कार्यालयबाट स्रोतव्यक्तिले गर्ने शैक्षिक सुपरिवेक्षणको अनुगमन गरी प्रतिवेदन बुझाउने व्यवस्था गर्नुपर्ने, स्रोतव्यक्तिलाई नियमित पुनर्ताजगी तालिम प्रदान गर्नुपर्ने, सुपरिवेक्षणलाई आधुनिकीकरण गर्नुपर्ने, शैक्षिक सुपरिवेक्षण गर्दा स्रोतव्यक्तिले अन्य निकायहरूसँग समन्वय गर्नुपर्ने, शैक्षिक सुपरिवेक्षणसँग सम्बन्धित सरोकारवालाहरू सबैले आ–आÏनो काम, कर्तव्य र अधिकारलाई अक्षरशः पालना गर्नुपर्ने सुझावहरू दिइएको छ । साथै शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिलाई सम्बन्धित विद्यालयका प्र.अ., वि.व्य.स.अध्यक्ष, अन्य पदाधिकारीहरू तथा शिक्षकहरूले समेत प्रत्यक्ष सहयोग गर्नुपर्ने देखिन्छ । जसबाट स्रोतव्यक्तिले प्रभावकारी रूपमा शैक्षिक सुपरिवेक्षण गर्न सक्छन् । यसका लागि स्रोतव्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने देखिन्छ । यसरी शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिलाई सम्बन्धित सबै शिक्षकरू, प्र.अ.हरू, वि.व्य.स. अध्यक्षहरू तथा पदाधिकारीहरूले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेको खण्डमा मात्र शैक्षिक सुपरिवेक्षण प्रभावकारी हुन सक्छ ।neशैक्षिक सुपरिवेक्षण (Shaikshik suparibekshan)शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिको भूमिका {Shaikshik suparibekshanma srotbyaktiko bhumika}Thesis