धर्मराज सिंह Dharmaraj Singhयादव, श्याम कुमार Yadav, Shyam Kumar2024-11-192024-11-192014https://hdl.handle.net/20.500.14540/23205प्रस्तुत शोधपत्रविद्यालय व्यवस्थापन समितिबाट गरिने सुपरिवेक्षण सेवा विषयमागरिएका हो । यस अध्ययनको मुख्य उद्देश्य विद्यालय सुपरिवेक्षणको अवस्था खोजि गनरहेका छ । यो अध्ययन गुणात्मक अनुसन्धनात्मक ढाँचामा तयार गरिएको छ । यस अध्ययनमा प्रश्नावली, अन्तरवाता अनुसूची अवलोकन फारम जस्ता साधनहरुको प्रयोग गरिएकाछ । प्राथमिक श्रोतको रुपमा प्रश्नावली, अन्तरवाता अनुसूची र अवलोकन फारमलाइप्रयोगमा ल्याइएको छ भने द्वितिय श्रोतको रुपमा विभिन्न पाठयपुस्तक र सामग्रीका प्रयोग गरिएको छ । शिक्षक,प्रधानाध्यापक, विद्यालय निरीक्षकलाई प्रश्नावली वितरण गरी त्यसलाई सङ्कलनगरेर तथ्याङ्क सङ्कलन गरियो । श्रोतव्यक्ति, प्रधानाध्यापक र विद्यालय व्यवस्थापनसमितिका अध्यक्षलाई अन्तरवार्ता गरी ल्याएको टिपोट गरेर तथ्याङ्क सङ्कलन गरियो ।अवलोकन फारमको प्रयाग गरी कक्षा सम्बन्धी गतिविधिको तथ्याङ्कसङ्कलन गरियो ।प्राप्त तथ्याङ्कलाई तालिकाकिकरण, व्यख्याका आधारमा विश्लेषण गरिएको छ । प्रधानाध्यापकले कक्षा सञ्चालन, प्रशासनिक कायका साथै राजनिति र जिल्ला शिक्षाकार्यलयमा दौडि राख्नभएकोले अवलोकन नियमित गर्न नसकि औपचारिकताका लागि मात्र गर्ने गरेको पाइयो । अधिकाँश प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले सुपरिवेक्षणलाई निरीक्षण योजना र प्रक्रियागत हुन नसक्दा सुपरिवेक्षण गरि दिएको प्रतिवेदन पूर्ण रुपले कारवाही नहुने भएकोले सुपरिवेक्षण प्रति नैराश्यता उत्पन्न हुन गएको पाइयो । सुपरिवेक्षकको रुपमा काम गर्ने जिल्ला शिक्षाअधिकारी, शाखा अधिकृत, विद्यालय निरीक्षक र श्रोतव्यक्तिको दरबन्दी भएपनि दरबन्दीको कर्मचारीको अभाव देखियो । अर्को तर्फ भएका कर्मचारीहरु पनि सुपरिवेक्षण काम भन्दा पनि बढी प्रशासनिक काम तिर ध्यान दिने गरेको पाइयो ।भएको सुपरिवेक्षक, विद्यालय र शिक्षक वीचको त्रिकोणात्मक सम्बन्धको कमी गहिया। ग्रामिण क्षेत्रको विद्यालय र शहरी क्षेत्रको विद्यालयको शिक्षक र विद्यार्थीका उपस्थिति, स्कुल लिभिङ्ग सटिफिकेटको परिणाममा पनि फरक पाइयो । ग्रामिण क्षेत्रको अभिभावकभन्दा शहरी क्षेत्रको अभिभावक आफ्ना सन्तान प्रति सजग देखिएतापनि सन्तानहरुलाइ विद्यालय पठाई मात्र आफ्नो दायित्व पुरा गरेको पाइयो । अभिभावकको सहभागिता विद्यालयमा राजनैतिक गतिविधि गनपाइयो । शिक्षकको उपस्थिति दर राम्रा भएपनि विद्यालयहरुमा विषयगत शिक्षकको साह्रै कमि भएको पाइयो । कतिपय विद्यालयमा विषयगत शिक्षक न्यून थियो भने कतिपय विद्यालयमा एउटै विषयको २ वटासम्म शिक्षकहरु थिए । तर अरु विषयको शिक्षक उपलब्ध नभएर भएकै शिक्षकबाट अरुविषयहरुका अध्ययन अध्यापन गराएको पाइयो । कतिपय विद्यालयमा स्थायी शिक्षककासटटामा खेताला शिक्षकको भर्ना गरी अध्ययन अध्यापन गराएको स्थिति देखाप¥यो । यस अध्ययनका सुझावहरुमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरी विद्यालयलाई शुद्धपठन पाठनको रुपमा विकसित गर्नुपर्दछ । सुपरिवेक्षणको क्रममा प्राप्त भएका प्रतिवेदन माथि कार्यान्वयनको प्रक्रिया अगाडि बढाई सुपरिवेक्षकलाई हौसला प्रदानगर्नुपर्छ । विद्यालय निरीक्षक, श्रोतव्यक्ति, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापनसमितिका सदस्यहरुलाई समेत समय समयमा सुपरिवेक्षण सम्बन्धि तालिमको व्यवस्था गरी दक्ष बनाउनमा जोड दिनुपदछ । सुपरिवेक्षण गर्ने सबैले आफ्नो कार्यशौली, नेतृत्व,व्यवहार आदिमा विकास गरी शिक्षा क्षेत्रलाई माथि उठाउन मार्ग निर्देशकका रुपमा भूमिका निर्वाह गर्नुपर्दछ ।neविद्यालय व्यवस्थापन Bidyalay byabsthapanसुपरिवेक्षण सेवा Suparivekshan sewaविद्यालय व्यवस्थापन समितिबाट गरिने सुपरिवेक्षण सेवा {Bidyalay byabsthapan samitibata garine suparibekshan sewa}Thesis