सुब्बा Subba, जनक Janak2022-03-302022-03-302019https://hdl.handle.net/20.500.14540/9592यस शोधपत्र दुर्गम समुदायको महिलाहरुको किशोर अवस्थामा गर्भधारणका कारण प्रजननस्वास्थ्यमा पारेको प्रभाव शिर्षकमा गरिएको छ । यस अध्ययनमा किशोरीहरुमा गर्भ धारणकाकारणहरु पहिचान गर्ने, किशोर अवस्थामा गर्भधारणका कारण प्रजननस्वास्थ्यमा परेकाप्रभावहरु पहिचान गर्ने साथै किशोरीहरुमा गर्भधारणका कारणले पर्ने स्वास्थ्य समस्यासमाधानका लागि सुझाव प्रस्तुत गरिएको छ । यस अध्ययनको अनुसन्धान ढाँचा परिमाणात्मक पद्दतिमा अधारीत छ । अनुसन्धानकाक्रममा कम उमेरमा गर्भधारणका कारण प्रजननस्वास्थ्यमा देखिएका प्रभावहरु, ती प्रभावहरूकम गर्ने उपायहरुलाई गुणात्मक रुपमा प्रस्तुत गरिएको छ । नमूना छनोटमा परेका कतिमहिलाहरुमा कुनकुन समस्या छनभन्ने जानकारी परिमाणात्मक रुपमा प्रस्तुत गरिएको छ । मोरङ जिल्ला कानेपोखरीगाउँपालीका५, ६ र ७आइतबारेका१३९५ घर धुरीमा वसोवासगर्ने १३–४९ वर्षका विवाह गरेका ११७९ जना महिलाहरुलाई कुल जनसंख्याको रुपमा लिएकाछ र त्यस मध्ये उद्देश्यमलकनमूना छनोट विधिद्वारा ३७७ जनालाई नमूना जनसंख्याको रुपमालिएको छ । शोध अध्ययनको चौथो खण्डमा प्राथामिक र द्वितिय स्रोतवाट प्राप्त भएका तथ्यांङ्क रविवरणको विश्लेषण तथा विवेचना गरिएको छ । दुवै स्रोतवाट प्राप्त भएका तथ्यांङ्कलाइविश्लेषण गर्र्न तथ्यांङ्कको विवरणको विशेषताको आधारमा गुणात्मक र परिमाणात्मक रुपमातथ्यांङ्कलाई प्रस्तुत गरिएको छ । अध्ययनलाई निष्कषमा पु¥याउन आवश्यकता अनुसारसान्दभिक सिद्धान्तको आधारमा लिएको छ । तथ्याङ्कलाई व्याख्या विश्लेषण गर्ने क्रममा नमूनाछनोटमा परेका महिलाहरुसँग अन्तरवार्ता विधिवाट आवश्यक तथ्याङ्क सकलन गरी त्यसैकाआधारमा प्रस्तूत गरिएको छ । साथै कतिपय तथ्यांकलाई द्वितीय स्रोतका रुपमा लिएको छ । तथ्यांक प्राप्तिकोलागि प्रयाग गरिएका अनुसन्धानका साधनको विशषता अनुसार विवरणर तथ्याकं विश्लेषण गरिएको छ । प्राप्त तथ्याङ्कलाई तालिकीकरण गरी प्रस्तुत गरिएको छ । किशोर अवस्थामा गर्भधारणका कारण अशिक्षा, गरीबी, सामाजिक पछौटेपन परम्परागतमूल्य र मान्यता, अन्धविश्वास, धार्मिक विश्वास, रहेको पाइयो । महिलाहरुमा यौन तथा प्रजननस्वास्थ्य सम्वन्धी ज्ञानको कमिले गर्दा चाँडै विवाह हुने तथा गर्भधारण हुने गरेको पाइयो । त्यसलाई न्यूनिकरण गर्न पजननस्वास्थ्य शिक्षाको आवश्यकता पर्ने दखियो । विवाहलाइपरिवारमा औपचारिकता पूरा गर्न चाडै सन्तानको मुख हेर्ने तथा अज्ञानताका कारण गरीबी,अशिक्षा साथै यौन लाई हेर्ने गलत दृष्टिकोणका कारणले शारिरीक रुपमा विभिन्न रोगहरु लाग्नेगरेको पाइयो ।neकिशोरावस्था Kisorswasthaगर्भधारण Garvdharanशिशु स्वास्थ्य Shisu Swasthya शिशु स्वास्थ्य Shisu Swasthyaकिशोरावस्थाको गर्भधारणले आमा र शिशु स्वास्थ्यमा पारेको प्रभाव{The effects of adolescent pregnancy on maternal and infant health}Thesis