राजकुमार पोखरेलहमला, सीता2026-03-312026-03-312081https://hdl.handle.net/20.500.14540/26133जातीय संरचनामा दलित जातिमा पन चमारको अर्थ र उनीहरूको बारेमा उल्लेख गर्नुभन्दा पहिले कसरी चमारहरू शद्र वर्णमा परे र कसरी दलितमा गणना गरिए भन्ने कुरा प्रस्तुत शोधसारमा छोटकरीमा उल्लेख गर्न सान्दर्भिक हुन्छ । हिन्दु समाजमा फरक–फरक पेशा व्यवसाय र क्षमताका आधारमा जातिको उत्पत्ति भएको देखिनछ । नेपालमा दलित समुदायका मानिसहरूको ऐतिहासिक विकासको सन्दर्भ भारतमा वैदिक कालतिरै विकसित भएको वर्ण व्यवस्थासँग जोडिएको देखिन्छ । ईशा पूर्व १००० भन्दा अघि नै आर्यहरूले प्राकृतिक नियमका आधारमा ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्रगरी चार वर्णहरू बनेका थिए । उत्तर वैदिक कालभन्दा पछाडिदेखि नै केही तल्लोस्तरका का मगर्ने शूद्र वर्णका मानिसहरू माथि छुवाछुतको व्यवहार गर्न थालिएको थियो । ती शूद्र वर्णका मानिसहरू लामो समयसम्म सेवाधारी वर्गका रूपमा रही रहँदा दलित बन्न पुगेका थिए । प्रस्तुत शोधप्रबन्धको विषयवस्तु दलितअन्र्तगत पर्ने नेपालका चमार भएको हुनाले चमारको शाब्दिक अथ पनि बुझनुपर्ने हुन्छ । चमार जातिलाइ नेपाली बृहत शब्दकोशमा चर्मकारको अर्थ दिँदै छालाको काम गर्ने मानिसलाई चमार सार्की भनी लेखिएको छ । संस्कृत भाषाको चर्मकारबाट चमार बनेको हो । नेपालमा जयस्थिति मल्लको शासनकालमा शुद्र वर्णका मानिसहरू माथि सामाजिक रूपले विभेद गर्न थालिएको र राणा प्रधानमन्त्री जंग बहादुरको समयमा बनेको वि.सं. १९१० को मुलुकी ऐनमा कानुनीरूपमा छुवाछुतलाई अन्त्य गरिएको थियो तर व्यवहारमा भने पूर्णरूपले अन्त्य नभइ जातीय विभेद कायमै रहयो । नेपालको तराई क्षेत्रमा त्यही बेलादेखि नै छुवाछुतजन्य विभेद शुरु भएको देखिन्छ । कमजोर आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, जनचेतनाको कमिले पछाडी रहनु, सीमान्तकृत अवस्थामा जीवन निर्वाह गर्नु यस समुदायको पहिचान बन्न पुगेको छ । यस अध्ययनको क्षेत्रभित्र पर्ने चमार जाति तराईको दलित जातिभित्र पर्ने एक जाति हो । चमार जाति के हो ? उनीहरूको सामाजिक जीवनमा आएका परिवर्तन के हो ? भन्ने विषय अध्ययन गर्नु आजको आवस्यक्ता बन्न गएको छ । चमार जातिको पेशागत अवस्था, शैक्षिक अवस्थाको बारेमा स्नातकोत्तरको शोधग्रन्थहरूमा अध्ययन भर्एतापनि चमार जातिको सामाजिक जीवनमा अएका परिवर्तनहरूको इतिहास लेखनमा कतै कलम चलेको नपाइएको रिक्तताको आधारमा प्रस्तुत अध्ययनबाट उनीहरूको उदभव, सामाजिक अवस्था र सामाजिक जीवनमाा आइरहेको परिवर्तको इतिहासलाई उत्खनन गरिएको छ । अध्ययनका उद्देश्यहरू क) नेपालका चमार जातिको उदभव र सामाजिक परम्पराको अध्ययन गर्ने । ख) नेपालका चमार जातिको सामाजिक स्थितिमा आएको परिवतनका कारणहरूको विवेचना गर्ने । ग) चमार जातिको सामाजिक जीवनमा आएका परिवर्तनको अवस्थाको विश्लेषण गर्ने । ३. अध्ययनको क्षेत्र र सीमा पस्तुत अध्ययन दुई जिल्ला सप्तरी र पर्साभित्र बसोबास गर्ने चमारहरूमा मात्र सीमित छ । चमार जातिको सामाजिक अवस्था कस्तो छ र उनीहरूको सामाजिक र सांस्कृतिक परिवर्तनहरू कसरी भए भन्ने कुराको विविध पक्षहरूको अध्ययन गर्ने यसको क्षेत्र हो । ४. अनुसन्धान विधि एउटा जाति विशेषको सामाजिक परिवश र एतिहासिक रूपमा आएको फेरबदललाई विश्लेषणात्मक र विवरणात्मक ढाँचामा तयार पारिएको छ । यसमा गुणात्मक सचनाहरूको संकलन र विश्लेषणलाई विशेष जोड दिएको छ । त्यसैले यो गुणात्मक विधिसँग मेल खान्छ । अनुसन्धानको ढाँचा पहिले नै तयार गरी अनुसन्धानको क्रममा संकलन गरिएको तथ्यलाई विश्लेषण गर्ने भन्ने आधार पारिएकाले यो अनुसन्धान व्याख्यात्मक र विश्लेषणात्मक हुनगएको छ । ५. सैद्धान्तिक अवधारणा पस्तुत अध्ययन अनुसन्धान गर्दा विभिन्न सिद्धान्तहरूको पयोग गरिएको छ । पहिलो कार्यवादी सिद्धान्त ९ँगलअतष्यलबष्कित त्जभयचथ० जसअनुसार समाज संचालनका विभिन्न तŒवहरूले एकअर्काका समस्याहरूलाई समुदायमा उपस्थित मानिसहरूले समाधान गर्ने भूमिकाहरू लिएर बसेका हुन्छन र सबैको आआफनो भमिकाले सिंगो समाजको दैनिकी चलेको हुन्छ भन्ने यसको सोचलाई चमार समुदायले पनि समाजको एउटा तŒवको रूपमा काम गरेर समाज संचालनमा महŒवपूर्ण भूमिका खेलिरहेको पाइएको छ । त्यस्तै अर्को पविधि शास्त्रीय सिद्धान्त ९त्भअजलययिनथ त्जभयचथ० यसअनुसार पविधिको पवेशले मानिसहरूको जीवनमा केही अवसरहरू पाप्त हुन्छ र त्यसलाई सदुपयोग गर्ने क्रममा मानिसहरूको जीवन पद्धतिमा परिवर्तन भइरहेको हुन्छ । यसै सिद्धान्तअनुसार चमार जातिमा पनि पविधिको विकासले पार्ने पभावको अध्ययन गरिएको छ । अर्को सिद्धान्त ९ब्मबउतष्यल त्जभयचथ० अनुसार मानिसले आङ्खनो चाहनालाई सामाजिक वातावरणअनुसार परिवर्तन गरी आफ बसेको ठाँउमा जेजस्तो सुविधा छ त्यसलाई अंगाल्ने कोसिस गर्दछ । यसले पुरानो जीवनपद्धतिमा परिवर्तन ल्याउछ भन्ने व्याख्या गरको छ; जसअनुसार चमार जातिको सामाजिक जीवनमा आएको परिवर्तनको अध्ययन गरिएको छ । चमार जातिको उदभवबारेमा खोजबिन गर्दा तीन कारणले उनीहरूको उत्पत्ति भएको पाइन्छ । पहिलो त हिन्दुधर्म संस्कारमा समाज सञ्चालनका लागि बनाइएको विभिन्न वर्ण र जात विभाजनमा शूद्र वर्णमा चमार जातिको रूपमा उनीहरूको कामको विभाजनका आधारमा आएको पाइन्छ । तर शूद्र कसरी भए भन्ने इतिहास खोज्दैजाँदा धार्मिक, राजनीतिक र सामाजिक कारणले कमजोर, युद्ध हारेका र समाजले गलत ठानेको कुनै काम गरेको आरोप लगाएर छालाको काम गर्न बाध्य पारिएको र उनीहरूलाई चर्मकार भनेर बिस्तारै त्यसबाटै चमार भनेर नामकरण गरिएको देखिन्छ । भारतमा हिन्दूहरूको राज्यमा मुस्लिमहरूले आक्रमण गरेर विजय प्राप्त गर्दा हारेका हिन्दूका राजा र रैती सबैलाई इस्लाम धर्म अवलम्बन गर्न दबाब दिने तर नमान्दा उनीहरूलाई कठिन काम, घृणित काम गर्न बाध्य बनाइने प्रचलन थियो । सोही आधारमा पहिले क्षत्रीय वंशका रहेका मानिसलाई मुस्लिम राजाहरूले छालाको काम गर्न लगाएपछि उनीहरूलाई कामको आधारमा चर्मकार भन्नथालियो र पछि अंग्रेजहरूले भारतमा उपनिवेश कायम गरेपछि छालाको काम गर्नेहरूलाई चमरा, चमडेका काम गर्नेवाला भनेर सम्वोधन गर्दा चमार भन्न थालिएको हो । चमार जातिका मानिसहरू नेपालमा कहिले प्रवेश गरे भन्ने सन्दर्भमा अध्ययन गर्दा मलाया क्षेत्रबाट भारतमा आउने जातिहरू मुण्ड संस्कृतिलाई अँगाल्ने जातिसँगै यस जातिको पनि आगमन भएको कुरा उल्लेख गरिएको छ । भारतका विविध क्षेत्रहरूमा खासगरी उत्तरतर्पmका बिहार, उत्तर प्रदेश र हिमाञ्चल क्षेत्रवरपरका बस्तीहरूमा यिनीहरूले घुमन्तेफिरन्ते जीवनयापन गरेको वर्णन पाइन्छ । जे.एच. हडसनले चमार जातिका मानिसलाई बिहार र उत्तर पदेशमा बसोबास गर्ने एवं भारतबाट नेपालको तराई पदेश हुँदै विभिन्न ठाँउमा बसोबास गरेको बताएका छन । नेपालका चमार जातिको प्रवेस, विकास र परम्पराको इतिहासको अध्ययन गर्दा नेपालको तराई भूभाग नेपालमा एकीकरण हुनुभन्दा अघिदेखि नै मिथिला, भोजपुरी र अवधी भाषीहरू बसोबास गर्ने क्षेत्रमा छालाको काम गरेर बस्दैआएका थिए । तराईमा बस्ती विकासको प्रारम्भसँगै प्रत्येक समुदायमा मरेको सिनो फाल्न, सुडेनी काम गर्न र विभिन्न उत्सवहरूमा ढोल, पिपिही बजाउने र छालाको सामग्रीहरू बनाउनका लागि चमार समुदायको आवश्यकता पर्न थालेपछि एकीकरणपश्चात पनि भारततर्फबाट वा नेपालकै विभिन्न भूभागबाट एकदुई परिवार कुनै बस्तीका जमिन्दारहरूले दिएको गाउँदेखि परको जग्गामा छुटटै घर बनाएर बस्ने र टोलभरिमा वार्षिक अन्न लिएर छालाको काम, बाजा बजाउने काम र महिलाहरूले सुत्केरी स्याहार्ने सुडेनीको काम गरिरहेका थिए । यसले गर्दा कोही नेपालमा गाउँबस्तीको विकाससँगसँगै बसिरहका थिए भने कोही पछि भारतबाट आएका थिए । त्यसैले उनीहरू सबै नेपालका आदिवासी नभएर केही भारतबाट कामको खोजीमा बसाइ सरेर नेपाल आएको देखिन्छ । हाल पर्सा र सप्तरी जिल्लामा वसोवास गर्ने चमार समुदायको सामाजिक एवं सांस्कृतिक गतिविधिहरू अध्ययन गर्दा अहिलेका युवाहरूले चौतर्फी विकास गरिरहेका छन । परम्परागत रूपमा अपनाउँदै आएका पेसाहरूलाई वैज्ञानिक रूपानतरण गरेका छन, मरेका जनावरको छाला काडन छोडी तयारी अवस्थाको छालालाइ विभिन्न सामग्री बनाइ बेच्ने, ढोल पिपही आदि बजाएर गुजारा गर्ने यी चमार जातिले अंग्रेजी ब्याण्ड बाजा पार्टी खोलेर संस्थागतरूपमा अगाडी बढदैछन । सुँडेनी पेसामा पनि आधुनिकरूपमा परिवर्तन आएको छ । सरसफाई, शिक्षा, रोजगारी आदिका विकल्पहरू छान्ने अवसर पाउनुका साथै वैदेसिक रोजगारमा जान थालेका छन (थपलिया, अर्जुन, २०८० भदौ १९) । चमार समुदायबाट पनि जनप्रतिनिधिको रूपमा विजयी भएका घटनाहरूले उनीहरू दिनप्रतिदिन राजनैतिक रूपले सचेत हुदँै शैक्षिक चेतनामा अभिवृद्धि भएको छ । जन्मदेखि मृत्युसम्मका परम्परागत संस्कार, चाडपर्व, उत्सव, भेषभुषा, खानपान, पूजापाठ, समुदायको कार्यमा संलग्न हुने आदि विधि प्रक्रियामा पनि परिवर्तन देखिएको छ । कानुनी रूपमा छुवाछुतलाइ अपराध मानिसकेपछि (जातीय भेदभाव तथा छुवाछुत नियमावली, २०७४) मानव अधिकारलागि चमारहरूले धेरै पटक संघर्ष गरेर शिक्षा, आर्थिक अवस्था, मानिसको सोच एवं व्यवहारमा आएका सकारात्मक परिवर्तनले छुवाछुत घटेको र यस समुदायको पुरानो जीवन पद्धतिमा परिवर्तन ल्याएको पाइएको छ । प्रस्तुत अध्ययनबाट चमार जातिको सामाजिक जीवनको सबै पक्षमा परिवर्तन आएको देखिएको छ ।neचमार जातिसामाजिक अवस्थानेपालका चमारहरूको सामाजिक जीवनमा आएका परिवर्तनको इतिहासThesis