थापा मगर Thapa Magar, खडगबहादुर Khadga Bahadur2022-02-072022-02-072011https://hdl.handle.net/20.500.14540/8104सामुदायिक माध्यमिक विद्यालयमा आन्तरिक दक्षता शीर्षकमा गरिएको यस अनुसन्धानको मुख्य उद्देश्य सामुदायिक माध्यमिक विद्यालयमा आन्तरिक दक्षताको अवस्था अध्ययन गर्नु रहेको छ । विद्यालयको शिक्षा गुणस्तरीय हुनका लागि अन्य तत्वका अलावा विशेष रुपमा विद्यालयका आन्तरिक दक्षता पनि राम्रो हुनु पर्दछ । त्यसले विद्यालयको स्तर वृद्धि र विकासका लागि आन्तरिक दक्षताको अध्ययन गर्न आवश्यक ठानी यो शोधकार्य गरिएको हो जसको मुख्य उद्देश्य विद्यालयका आन्तरिक दक्षताको अवस्था अध्ययन गर्नु रहने छ । यसमा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यस अध्ययनमा सहभागीहरुका छनोट उद्देश्यमुलक नमुना छनोट विधिको आधारमा गरिएको छ । तथ्याङ्क तथा सूचना संकलनको लागि प्रश्नावली, अन्तरवार्ता, अवलोकन तथा सर्वेक्षण फारम साधनहरुलाई प्रयोगमा ल्याइएको छ । प्राप्त सूचनाका आधारमा विगत तीन वर्षको स्थितिलाई हेर्दा नयाँ भर्ना प्रा.वि.तहमा औषत३४.६ प्रतिशत, नि.मा.वि.तहमा औषत २६.३ प्रतिशत र मा.वि. तहमा औषत १८.४ प्रतिशत रहेका देखिन्छ । यी तीन तहको विगत तीन वर्षको औषत नयाँ भर्ना दर २७.३ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी औषत विद्यार्थी उत्तीर्ण प्रा.वि., नि.मा.वि. र मा.वि. तहमा क्रमशः ९०.७, ८३,८८.९प्रतिशत भएको पाइन्छ । त्यसैगरी कक्षा छाडने विद्यार्थी संख्या औषतमा प्रा.वि., नि.मा.वि. र मा.वि.तहमा क्रमशः ६.९३, ४.४३ र ६.२ प्रतिशत रहेको देखिन्छ । समग्रमा कक्षा छाडने दर ७.३ पतिशत हुन आउछ । त्यसैगरी कक्षा दोहो¥याउने विद्यार्थी संख्या प्रा.वि., नि.मा.वि. र मा.वि. तहमा औषतक्रमशः ८,१६ र ७ प्रतिशत रहेको देखिन्छ। समग्रमा कक्षा दोहो¥याउने दर १०.५ प्रतिशत रहेको देखिन्छ। त्यसैगरी विद्यालयको प्रवेशिका परीक्षा परिणाम विवरण सम्वन्धि विगत तीन वर्षको स्थितिलाई अध्ययन गर्दा परीक्षामा सहभागी विद्यार्थी संख्या ६०.२ प्रतिशत आषत उत्तीर्ण दर देखिन्छ । विद्याथी शिक्षक अनुपातको स्थितिलाई हेर्दा प्रा.वि., नि.मा.वि. र मा.वि. तहमा क्रमशः १ः२४, १ः४०, १ः२४ रऔषतमा १ः२८ रहेको छ । त्यसैगरी तहगत शिक्षकको उपस्थिति दरको अध्ययन गर्दा औषत उपस्थिति दर प्रा.वि., नि.मा.वि. र मा.वि. तहमा क्रमशः ९५.४५,९६.१ र ९५.२ प्रतिशत तथा समग्रमा ९५.४९प्रतिशत रहेको देखिन्छ । विद्यालयको आन्तरिक दक्षताको लेखाजोखा गर्न आवश्यक पर्ने कुराहरु विद्यार्थी भर्नाको आधारर समय, विद्यार्थी उत्तीर्ण गराउने आधार, कक्षा छाडने तथा दोहो¥याउने कारण, विद्यार्थी अनुशासनतथा पुरस्कार सम्वन्धि व्यवस्था, विद्यालयको अनुगमन तथा निरीक्षण र त्यसका समयको वारेमा गहनअध्ययन गरिएको छ । जसले वर्षौदेखि शैक्षिक क्षेत्रमा विशेष गरी सामुदायिक विद्यालयको गुणस्तर रत्यसमा आन्तरिक दक्षताको भूमिका सम्वन्धमा उब्जिएका सम्पूर्ण जिज्ञासा, समस्या र समाधानहरुकाप्रयासहरुको वारेमा जानकारी प्राप्त हुने देखिन्छ । त्यसैगरी विद्यालयको आन्तरिक दक्षता व्यवस्थापनका कठिनाइहरुको अध्ययन गर्दा न्यून तथा कमजोर आर्थिक स्थिति भएका, दलित, सकुम्वासी, किसान तथा शिक्षाप्रति कम चेतना भएका परिवारका वालवालिकाहरु वढी हुनु । यी समस्याहरुको समाधान गर्न नेपाल सरकारले निःशुल्क शिक्षातथा विशेष छात्रवृत्तिको व्यवस्था गर्नु पर्ने, विद्यालयलाई आर्थिक तथा भौतिक रुपले सम्पन्न वनाउन समुदाय तथा अभिभावकको संलग्नता बढाउनु पर्ने, विद्यालयलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने कुरालाई सुझावको रुपमा प्रश्तुत गरिएको छ ।neसामुदायिक माध्यमिक विद्यालय Community secondary schoolआन्तरिक दक्षता Internal efficiencyसामुदायिक माध्यमिक विद्यालयमा आन्तरिक दक्षता {Internal proficiency in community secondary school}Thesis